सिड्नी : अष्ट्रेलियाको सरकारी मिडिया सिजिटिएनका एक पत्रकारलाई ची’नले पक्राउ गरेको छ ।
अष्ट्रेलियन परराष्ट्र मन्त्रालयका अनुसार अंग्रेजी समाचार प्रस्तोता चेङ ली बेइजिङमा प’क्राउ परेकी हुन् । यससँगै दुई देशबीचको सम्बन्ध थप बिग्रनसक्ने अपेक्षा गरिएको छ । अष्ट्रेलियन परराष्ट्रमन्त्री मारिस प्यानेले बेइजिङका अधिकारीहरुले पत्रकार चेङलाई प’क्राउ गरेको आफ्नो सरकारलाई जानकारी गराइसेका छन् ।
अष्ट्रेलियन कन्सुलर अधिकारीका अनुसार अगस्ट २७ मा भिडियोमार्फत उनीहरुको चेङको परिवारसँग कुराकानी भएको थियो । तर यसबारे विस्तृतमा बताइएको छैन ।
सिजिटीएन वेबसाइटको पेजमा भने चेङले सञ्चालन गर्ने कार्यक्रम पनि उनको प’क्राउसँगै वेबसाइटमा उपलब्ध छैन । चेङ कार्यरत मिडियाले भने उनको परिवारको विज्ञप्ति प्रकाशन गरेको छ ।
यसअघि लेखक याङ हेङजुन पनि २०१९ को जनवरीमा बेइजिङमा प’क्राउ परेका थिए । चेङ भने बेइजिङमा प’क्राउ पर्ने दोस्रो हाइ प्रोफाइल अष्ट्रेलियन नागरिक हुन् । अष्ट्रेलियाले यस वर्षको सुरुतिर चीन भ्रमणमा जाने आफ्ना नागरिकलाई प’क्राउ पर्नसक्ने जोखिम रहेको भन्दै सचेत गराएको थियो ।