काठमाण्डौका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना सङ्क्रमण

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

ग्राण्डी अस्पतालमा गरेको पीसीआर परीक्षणमा कोरोनाको सङ्क्रमण देखिएको मेयर शाक्यले उज्यालोलाई जानकारी दिनुभयो । अहिले आफू होम आइसोलेशनमा बसेको र अवस्था सामान्य रहेकाले घरबाटै काम गर्दै आएको उहाँले बताउनुभएको छ ।

उहाँले सङ्क्रमण हुँदैमा लुकाउन र डराउन नपर्ने समेत बताउनुभएको छ । साथै अरु सङ्क्रमितलाई पनि कोही कसैले दुर्व्यवहार गर्न नहुनेमा उहाँले जोड दिनुभएको छ ।

काठमाडौं उपत्यकामा २९८ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २९८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २९८जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

उनका अनुसार काठमाडौंका १९० जना, भक्तपुरका ४१ जना र ललितपुरका ६७ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो। हिजो काठमाडौंका ३७२ जना, भक्तपुरका ४५ जना र ललितपुरका १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।

२४ घण्टामा ८९९ जनामा काेराेना सङ्क्रमण, ५८८ जना डिस्चार्ज

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३९ हजार चार सय ६० पुगेकाे छ । गएको २४ घण्टामा आठ सय ९९ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लाे २४ घण्टामा ११ हजार एक सय १९ जनाको पीसीआर विधिमार्फत काेराेना परीक्षण गर्दा आठ सय ९९ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा पाँच सय ८८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या २१ हजार चार सय १० पुगेको छ ।

अब नेपालमा १७ हजार आठ सय २२ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै सात हजार तीन सय ३७ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा सात जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई सय २८ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

भर्खरै प्रकाशित

नेकपा घोराही अध्यक्षमा बस्नेत, लमहीमा घिमिरे, बबइमा पुन र दंगीशरणमा…

नेपाल कम्युनिष्ट पार्टी (नेकपा, प्रचण्ड–नेपाल पक्ष) दाङले रिक्त रहेका स्थानीय तहका पदाधिकारी मनोनित गरेको छ । पार्टी विभाजनसँगै ओली पक्षमा लागेर रिक्त रहेका पदाधिकारीमा मनोनित…

न्युज २४ ले भन्यो-‘सिधा कुरा जनतासँग’ कार्यक्रम नछोड्ने, रविसंग कानूनी…

११ माघ, काठमाडौं । ‘न्युज २४’ले ‘सिधा कुरा जनतासँग’ कार्यक्रम नियमित रुपमै प्रसारण जारी राख्ने बताएको छ । रवि लामिछाने टेलिभिजनबाट बाहिरिएसँगै टेलिभिजनले वैकिल्पक प्रस्तोतामार्फत…

भाबाङलाई पर्यटकीय केन्द्र बनाउन युवाहरुको अभियान शुरु

भाबाङ । रोल्पा जिल्लाको माडी गाउँपालिका वडा नं ५ भाबाङ स्थित सिद्धपुजे मन्दिरलाई पर्यटनको केन्द्र बनाउन युवाहरु सक्रिय भएका छन् । सिद्धपुजे परोपकारी समाज मार्फत…

न्यूज २४ र रवि लामिछानेबीच ‘सिधा कुरा’ कपिराइट विवादबाट द्वन्द्व…

काठमाडौं । लोकप्रिय टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’ लाई लिएर न्यूज २४ टेलिभिजन र सञ्चारकर्मी रवि लामिछानेबीच संघर्ष सुरु भएको छ । रविले बिहीबार न्यूज…

जनगणना २०७८ का लागि ३९ हजार गणक र ८ हजार…

काठमाडौं। राष्ट्रिय जनगणना २०७८ का लागि केन्द्रीय तथ्यांक विभागले गणक तथा सुपरिपेक्षक पदमा दरखास्त आह्वान गरेको छ। गणनामा खटाउन विभागले करारमा गणक र सुपरिवेक्षक राख्ने…