भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको नि’धन

एजेन्सी । भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको नि’धन भएको छ । दिल्लीस्थित सेनाको अस्पतालमा उपचाररत उनको सोमबार नि’धन भएको हो ।

८४ वर्षीय पूर्वराष्ट्रपति मुखर्जीको निधन भएको उनका छोरा अभिजितिले ट्वीटरमार्फत जानकारी दिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । सोमबार अस्पतालले दिएको जानकारीअनुसार उनको फोक्सोको सं’क्रमणका कारण उनलाई सेप्टिक सक भएसँगै अवस्था गम्भिर बन्दै गएको थियो ।

सेप्टिक सक सं’क्रमणका कारण निम्तिने गर्छ । यसले शरीरमा अत्यधिक परिवर्तन निम्त्याउँछ । रक्तचापमा अत्यधिक गिरावट आएपछि सेप्टिक सक हुने गर्छ ।

मुखर्जीको नि’धनको जानकारी दिँदै उनका छोरा अभिजीत मुखर्जीले गरेका ट्वीटमा भनेका छन् : गह्रौं हृदयका साथ यो सूचित गर्दछु कि आरआर अस्पतालका डाक्टरहरुको अधिकतम प्रयास तथा भारतभरिका जनताका प्रार्थना र शुभेच्छाका बाबजूद मेरा बुबा श्री प्रणब मुखर्जीको नि’धन भएको छ ।

केही दिनअघि नै पनि मुखर्जीको निधन भएको खबर फैलिएको थियो । तर सो खबर गलत रहेको कुरा उनको छोराले नै ट्वीटमार्फत् बताएका थिए ।

हालसालै मात्र मस्तिष्कको अप्रेसन गरिएका मुखर्जी कोरोना भाइरस पोजेटिभ फेला परेका थिए ।

सन् २०१२ मा भारतका राष्ट्रपति बनेको मु’खर्जी २०१७ सालसम्म आफ्नो पूर्णकाल राष्ट्रपति रहेका थिए । उनलाई सन् २०१९ सालमा भारत रत्नले सम्मानित गरिएको थियो ।

उनको जन्म सन् १९३५, ११ डिसेम्बरमा पश्चिम बंगालको मिराती गाउँमा भएको थियो । कलकत्ता विश्वविद्यालयबाट राजनीति शास्त्र र इतिहासमा एमए गरेका उनी १९६३ मा कोलकोत्तामा विद्यानगर कलेजमा राजनीति शास्त्रको प्रध्यापक समेत भएका थिए ।

१९६९ देखि राजनीतिक यात्रा सुरु गरेका उनलाई इन्दिरा गान्धीले भारतीय काँग्रेसमा प्रवेश गराएकी थिइन् । उनी १९६९ समा राज्यसभामा निर्वाचित भएका थिए । त्यसपछि १९७५, १९८१, १९८३ र १९९९मा राज्यसभामा लगातार निर्वाचित भएका थिए । त्यसपछि उनी लगातार विदेश, वित्त, रक्षामन्त्री समेत भए ।

 

भर्खरै प्रकाशित

अचम्मका ट्रम्प : गृहराज्य फ्लोरिडामा स्थापना गरे ‘पूर्वराष्ट्रपतिको कार्यालय’

अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले गृहराज्य फ्लोरिडामा ‘पूर्वराष्ट्रपतिको कार्यालय’ स्थापना गरेका छन् । फ्लोरिडाको पाल्म बिचमा सोमबार उनले कार्यालय स्थापना गरेको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका…

लुम्बिनी प्रदेशको राजधानी भालुवाङलाई स्वर्गको ‘नन्दन वन’ जस्तै बासनादार बनाउँछौ…

प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङ क्षेत्रलाई ‘स्वर्गको नन्दन बन’ जस्तै सुन्दर बनाउने बताएका छन्। सोमबार दाङको लालमटियामा आयोजित सभालाई सम्बोधन गर्दै…

‘हिन्दूराष्ट्र पूनःस्थापना र संघीयता खारेज’ प्रधानमन्त्री ओलीको अबको चुनावी एजेण्डा…

काठमाडौं, १३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको निर्वाचनमा आफू नेतृत्वको नेकपाको एक्लै बहुमत आउने दाबी गरेका छन् । प्रतिनिधिसभा विघटन गरेर ओलीले वैशाख…

नेपालमा ‘जुम’ प्रविधिको विकाश मैले बसाएको हुँ : केपी ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अहिले विकासको लहर चलिरहेको बताएका छन्। कोभिड-१९ ले देश विकासको अभियानमा अघि बढ्न केही प्रतिकुलता थपे पनि प्रतिकुलतालाइ चिरेर…

जापानमा भेटियो १२० वर्ष पुरानो कण्डम

टोकियो । जापानलाई प्लम पो’इजनबाट जोगाउने क’न्ड’म फेला परेको छ । इशिकावा प्रिफेक्चरका शिकामाची शहरमा रहेको एक कोमिनाका (सांस्कृति जापानी लोक घर)का मालिकले सो क’न्ड’म…