भारत र चीनका सैनिकबीच लद्दाखमा फेरि झ”डप भएको छ।
बीबीसी हिन्दीका अनुसार आइतबार राति सीमा क्षेत्र पूर्वी लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच झ”डप भएको हो।
चिनियाँ सेनाले सहमति उल्लंघन गरेको भारतले आ’रोप लगाएको छ।
चिनियाँ सेनाले सीमामा यथास्थितीको अवस्था बदल्न खोज्दा भारतीय सेनाले त्यसको प्रतिकार गरेको भारतको दाबी छ।
भारतीय सेनाले विज्ञप्ति जारी गर्दै भनेको छ– ‘प्याङगोङ त्सो लेकमा चिनियाँ सैनिकको उत्तेजक व्यवहारलाई भारतीय सैनिकले रोकदिएको छ। भारतीय सेना संवादबाट शान्ति स्थापना गर्न चाहन्छ । तर आफ्नो क्षेत्रको अखण्डताको सुरक्षाका लागि पनि प्रतिबद्ध छ । विवादका विषयमा बिग्रेड कमान्डरस्तरमा बैठक बसिरहेको छ ।’
भारतले चिनियाँ सेनासँग झ’डप भएको बताए पनि चिनियाँ पक्षले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।
झ’ड’पमा के कति क्षति भयो भन्ने जानकारी पनि प्राप्त भइसकेको छैन ।
यसअघि गत जुन १५ मा पनि भारतीय र चिनियाँ से’नाबीच हिं’सा’त्मक झ’डप भएको थियो भने त्यसबेला भारतर्फ २० सै’निकको मृ’त्यु भएको भारत सरकारले पुष्टि गरेको थियो । तर चीनतर्फ के कति क्षति भयो भन्ने विषयमा अहिलेसम्म कुनै आधिकारिक पुष्टि हुन सकेको छैन ।