इजरायलले तीन महिना भित्रमा ५ सय नेपाली कामदार लैजाने, मासिक तलब डेढ लाख

काठमाडौं। इजरायलले फेरि नर्सिङ क्षेत्रमा नेपालीलाई रोजगारीको लागि बाटो खुला गरेको छ। कोभिड –१९ को कहरले विभिन्न देशमा कार्यरत नेपाली रोजगारी गुमाएर स्वदेश फर्किन बाध्य भएको अवस्थामा इजरायलले थोरै भए पनि रोजगारीको अवसर दिन लागेकाे हाे।

इजरायल सरकारले केयर गिभर र नर्स गरेर ५ सय जना नेपालीलाई लैजाने प्रस्ताव अघि बढेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवको पहलमा यो प्रस्ताव अघि बढेको हो।

निरन्तरको पहलपछि इजराय नेपाली कामदार लैजान सहमत भएकाे हाे। इजरायलको नर्सिङ क्षेत्र (हस्पिटल, नर्सिङ होम, डे केयर सेन्टर) मा नेपालीका लागि रोजगारीको अवसर खुलेको हो। यो प्रक्रिया आगामी वर्षमा पनि निरन्तर चलिरहने बताइएको छ।

‘जी टु जी’ (सरकार – सरकारबीचको सम्झौता) अनुरुप नेपाली कामदार इजरायल जान पाउने छन्। कम्तिमा एसएलसी पास केयर गिभर र नर्सिङ पढाई पुरा गरेका युवाले यो अवसर पाउनेछन्।

उमेरको हकमा ४५ बर्ष नकाटेको हुनुपर्नेछ। बढीमा पाँच वर्ष त्यहाँ काम गर्न पाउने प्रावधान राखिनेछ। आतेजाते खर्च, बिमा, स्वास्थ जाँचलगायतको खर्च जाने कामदार स्वयमले ब्यहोर्नु पर्नेछ।

‘सबै कुरा सोचे जस्तो भयो भने आगामी तीन महिना भित्रमा नेपाली युवा इजरायल पुगिसक्नेछन,’ श्रममन्त्री यादवले डिसी नेपालसँग भने, ‘उल्लेखित काममा जाने युवाले महिनाको १ लाखदेखि १ लाख ५० हजर नेपाली रुपैयाँ तलब बापत प्राप्त गर्नेछन्।’

यसअघि नेपालबाट यो क्षेत्रमा काम गर्न थुप्रै नेपाली इजरायल पुगेका थिए। तर, विभिन्न कारणले गर्दा लामो समयदेखि नेपालीहरु नर्सिङ क्षेत्रमा कामको लागि इजरायल जान पाएका थिएनन्। लामो समयदेखि बन्द रहेको यो क्षेत्र श्रममन्त्रालयको विशेष पहलमा पुनः सुचारु भएको हो।

नेपालीहरुको इमान्दारिता र कामप्रतिको लगनशीलताबाट प्रभावित भएका इजरायलीहरु पुनः नेपाली कामदार लैजान सकरात्मक भएका हुन्। इजरायल नेपालीको रोजाइमा पर्ने एक आकर्षक गन्तव्य मुलुकमा रुपमा पर्छ।

भर्खरै प्रकाशित

चिनियाँ कम्पनीले निर्माण गरेको कोरोनाको खोप ब्राजिलमा परीक्षण गर्दा सुरक्षित…

काठमाडौं । चिनियाँ कम्पनी सिनोभ्याकले निर्माण गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ब्राजिलमा परीक्षणको क्रममा सुरक्षित देखिएको छ । सोमबार सार्वजनिक गरिएको अन्तिम चरणको क्लिनिकल…

यस्तो रहेछ फेसबुकले ‘म्यासेञ्जर एप’ रंगीविरंगी बनाउनुको कारण

काठमाडौं । यदि तपाईंले भर्खरै फेसबुक म्यासेञ्जर एप अपडेट गर्नु भएको छ भने पक्कै पनि केही न केही परिवर्तन भएको अवश्य महसुस गर्नु भएकै होला…

बाँस्कोटाको ७० करोड रुपैयाँ घुस प्रकरणको मुद्दा तामेलीमा राख्ने अख्तियारको…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन पर्याप्त प्रमाण नभेटिएको…

उपचार गर्न नसक्ने संक्रमितको सरकारले गर्ने भनेकै छ त, भ्रम…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमितले उपचार खर्च आफैं व्यहोर्नुपर्ने निर्णयबारे भ्रम फैलाइएको बताएका छन् । सरकारले हालै मात्र आर्थिकरुपमा विपन्न, अशक्त, असहाय,…

पत्रकारलाई खाममा पैसा बाँड्ने कांग्रेस महामन्त्रीको अनौठो धन्दा !

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पत्रकारहरुलाई ‘दसैं खर्च’ भन्दै खाममा हालेर १५ हजार रुपैयाँ बाँड्दै हिँडेको पाइएको छ । कोइरालाका स्वकीय सचिव भरत…