कतारले तोक्यो श्रमिकको न्यूनतम पारिश्रमिक, अब न्यूनतम १८ सय कतारी रियाल पाउने

काठमाण्डौ । कतारले श्रमिकको न्यूनतम ज्याला तोकेको छ । आइतबार कतारको श्रम तथा सामाजिक विकास मन्त्रालयले श्रमिकको न्यूनतम ज्याला कम्तिमा एक हजार कतारी रियाल तोकेको अलजजिराले खबरमा उल्लेख गरेको छ । मन्त्रालयले न्यूनतम पारिश्रमिकसँगै ५ सय कतारी रियाल बस्नका लागि र ३ सय रियाल खानका लागि तोकेको छ ।

यो नियम यसअघि करार सम्झौतामा उल्लेख गरे पनि दिने गरिएको थिएन । तर अब भने कतार जाने श्रमिकले खान, बस्न र मासिक तलबसहित न्यूनतम १८ सय कतारी रियाल पाउनेछन् ।

यस्तै कतार सरकारले श्रमिकले काम परिवर्तन गर्दा रोजगारदाताको अनुमति लिनुपर्ने नियम पनि खारेज गरेको छ । अब श्रमिकले चाहेमा सूचना दिएर करार अवधिभन्दा अघि नै पनि बिना अवरोध रोजगारदाता परिवर्तन गर्न सक्नेछन् । श्रमिकले आफूले काम गरेको अवधि अनुसार एक महिना वा दुई महिनाको पूर्व जानकारी दिनु पर्छ ।

कतार सरकारले जारी गरेको न्यूनतम पारिश्रमको नियम कतारको राजपत्रमा प्रकाशित भएको ६ महिनापछि कार्यान्वयनमा आउनेछ । कतार सरकारको यो निर्णयको अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओले पनि स्वागत गरेको छ । आइएलओले कतार सरकारको यो निर्णय श्रमिकहरुका लागि कोशेढुङ्गा सावित हुने बताएको छ ।

खाडीको देश कतार नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य देशमध्ये एक हो । कतारले सन् २०२२ को विश्वकप आयोजना गर्ने निश्चित भएसँगै आप्रवासी श्रमिकमाथि लगाएका विभिन्न नियमहरु परिवर्तन गरिरहेको छ । कतार सरकारको पछिल्लो यो निर्णयले कतारमा कार्यरत नेपाली श्रमिकलाई पनि फाइदा पुग्नेछ ।

यसअघि कफाला नियमले श्रमिकलाई श्रम शोषणमा पारेको थियो । तर कतारले पछिल्लाे समय गरेकाे यी निर्णयले कफाला प्रणालीलाई कमजोर बनाउदै लैजाने विश्वास लिइएको छ ।

कतारबाट श्रमिकले चाहेमा कतारको श्रम कानुन अनुसार श्रमिकहरु रोजगारदाताको अनुमति बिना नै स्वदेश फर्कन सक्छन् । कतार सरकारको यो निर्णयले श्रमिक र रोजगारदाता दुवैलाई फाइदा पुग्ने विश्वास लिइएको छ ।

श्रमिकले रोजगारदाता परिवर्तन गर्न पाउँदा रोजगारदाताले पनि आफ्नो काममा उपयुक्त श्रमिक छान्ने पाउनेछन् । यसले दुवै पक्षलाई फाइदा पुग्छ ।

भर्खरै प्रकाशित

केपी ओलीले फ्याट्टै केन्द्रीय सदस्य बनाइदिहाल्छन् कि भनेर मानिसहरु बालुवाटारतिर…

दाङ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली समूहको पार्टी मेला मात्रै नभएर झमेला भइसकेको बताएका छन् । कार्यकर्ता भेला सम्बोधन गर्न दाङ…

ओली गन्हाएर बालुवाटार गइसक्नु छैन : भीम रावल

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका नेता भीम रावलले प्रधानमन्त्री केपी ओली गन्हाएर बालुवाटार गइनसक्नुभएको बताएका छन् । प्रचण्ड–माधव नेपाल पक्षको अनेरास्ववियू उपत्यका स्तरीय भेलालाई सम्बोधन…

प्रचण्डको आक्रोश : प्रतिगमनविरुद्ध बरु मर्न तयार छु तर झुक्दिनँ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा पुर्नस्थापनाका लागि कुनै हालतमा नझुक्ने बताएका छन् । प्रतिगमनविरुद्ध संघर्षका लागि आफू मर्न तयार…

भट्टराईको आक्रोश : केपी ओलीभन्दा बढी भोट ल्याएर जितेको हुँ,…

रामेछाप । नेकपा (प्रचण्ड-नेपाल) समूहका नेता योगेश भट्टराईले आफू केपी ओलीभन्दा बढी मत ल्याएर जितेको सांसद भन्दै केटो भनेर नहेप्‍न चेतावनी दिएका छन् । ‘म…

अर्नब गोस्वामीको गोप्य च्याट लिकः पाकिस्तानमा गरिएको एयरस्ट्राइकबारे पूर्व जानकारी

बालकोट एयरस्ट्राइकको बारेमा रिपब्लिक टिभीका एडिटर इन चीफ अर्नब गोस्वामीलाई पहिलेदेखि नै थाहा थियो । यो दाबी अल्ट न्यूजका कोफाउन्डर प्रतीक सिन्हाले गरेका हुन् ।…