चीनले किन सीमामा ठूलो संख्या सेना तैनाथ गरेको छ, बुझ्न सकिरहेका छैनौँ : जयशंकर

भारतीय विदेशमन्त्री एस जयशंकरले भारत र चीनलाई वास्तविक नियन्त्रण रेखा (एलएसी) मा शान्ति चाहिएको हो भने पछिल्ला सम्झौताहरुलाई पलना गर्नुपर्नेमा जोड दिएका छन् ।

हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा जयशंकरलाई ‘पूर्वी लद्दाखमा तनावको स्थिति कस्तो छ ?’ भनेर प्रश्न गरिएको थियो । जवाफमा जयशंकरले भने, ‘हामी कूटनीतिक र सैन्य माध्यमबाट चीनसँग सम्पर्कमा रहेका छौँ । हाम्रो दृष्टिकोणमा दुई कुरा अनिवार्यरुपमा शामेल छ ।

एक, सन् १९९३ देखि हामीले समय–समयमा चीनसँग केही सम्झौता गर्दै आएका छौँ जसअनुसार वास्तविक नियन्त्रण रेखामा दुवै पक्षले न्यूनतम बल तैनाथ राख्नुपर्छ । अहिले यो स्थिति छैन । किनभने चीनले ठूलो संख्यामा एलएसीमा सैना तैनाथ गरेको छ । हामीले बुझ्न सकिरहेका छैनौँ कि किन यस्तो भइरहेको छ ? स्पष्टरुपमा यदि हामी सीमामा शान्ति चाहन्छौँ भने हामीले ती सम्झौताहरुलाई पालना गर्नैपर्छ ।’

‘दोस्रो, म मान्छु कि एलएसीलाई लिएर हाम्रो धारणामा केही अन्तर छ । तर, फेरि पनि दुई देशमा कुनै एक देशले एकतर्फीरुपमा यथास्थितिलाई बदल्ने प्रयास गर्न सक्दैन । यो ती सम्झौताको कारणले हो । स्वभाविकरुपमा यदि तपाईंले शान्तिलाई प्राथमिकता दिनुभएन भने यस्ता मुद्दा उठ्छन् ।’

‘दुई देशमध्ये कसले स्थितिलाई सही ढंगले बुझ्न सकेको छैन ?,’ भन्ने प्रश्नमा जयशंकरले भने, ‘यहाँ कयौँ कुरालाई बुझ्नुपर्छ जसले ‘बिग पिक्चर’ लाई स्पष्ट गर्दछ ।

जस्तो चीनको उदय कसरी भयो र उसले विश्वलाई कुन नजरले हेर्दछ ? भारतको विकास कसरी भयो र आज हामी कहाँ छौँ ? साथै, अमेरिका जसको स्थान पछिल्लो दशकमा बदलिएको जसको भारत–चीन लगायत पूरा विश्वमा असर परेको छ ।

चीनले यो समयमा आफूलाई पूरै बदलेको छ भने भारतले धेरै उन्नति गरेको छ । चीनजस्तै भारतका पनि आफ्नै महत्वकांक्षाहरु छन् । त्यसैले हामीले मध्यमार्गीको बाटो पहिचान गर्न आवश्यक छ । हामीले एक अर्काको ध्यान राख्नुपर्छ र एक अर्काको लागि स्थान बनाउनुपर्छ । तर, हालमा जे भएको छ, त्यसलाई हेर्दा यो त्यति सजिलो छैन ।’

भर्खरै प्रकाशित

आन्दोलनमा आक्रमक हुन युवालाई प्रचण्डको निर्देशन डोनाल्ड ट्रम्पको जस्तो :…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवेग र आक्रोशसहित आन्दोलनमा सक्रिय हुन युवाहरुलाई निर्देशन दिएपछि लुम्बिनी प्रदेशका मुख्य…

कोरोनाको खोप लगाउँदा नर्वेमा २९ जनाको ज्यान गयो

काठमाडौं । नर्वेमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लिएका २९ जनाको मृ’त्यु भएको छ । समाचार संस्था ब्लूमवर्गका अनुसार फाइजरले बायोएनटेकसँग मिलेर बनाएको कोरोना खोप…

केपी ओलीले फ्याट्टै केन्द्रीय सदस्य बनाइदिहाल्छन् कि भनेर मानिसहरु बालुवाटारतिर…

दाङ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली समूहको पार्टी मेला मात्रै नभएर झमेला भइसकेको बताएका छन् । कार्यकर्ता भेला सम्बोधन गर्न दाङ…

ओली गन्हाएर बालुवाटार गइसक्नु छैन : भीम रावल

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका नेता भीम रावलले प्रधानमन्त्री केपी ओली गन्हाएर बालुवाटार गइनसक्नुभएको बताएका छन् । प्रचण्ड–माधव नेपाल पक्षको अनेरास्ववियू उपत्यका स्तरीय भेलालाई सम्बोधन…

प्रचण्डको आक्रोश : प्रतिगमनविरुद्ध बरु मर्न तयार छु तर झुक्दिनँ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा पुर्नस्थापनाका लागि कुनै हालतमा नझुक्ने बताएका छन् । प्रतिगमनविरुद्ध संघर्षका लागि आफू मर्न तयार…