प्रस्तावित व्यक्ति सम्धी विवादमा मुछिएपछि राष्ट्रिय वाणिज्य बैंक अध्यक्षको नियुक्ति अन्योलमा !

काठमाडौं । प्रस्तावित व्यक्ति तीव्र विवादमा मुछिएपछि राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष नियुक्ति प्रक्रिया लम्बिएको छ । सरकारले डा. उपेन्द्र कोइरालालाई बैंकको अध्यक्ष बनाउने गरी सञ्चालक समिति सदस्यमा नियुक्त गरेको थियो ।

नातावादका आधारमा नियुक्ति गरिएको भनेर व्यापक विरोध भएपछि कोइरालाका सम्धी उपप्रधानमन्त्री ईश्वर पोखरेलले नै केही दिन नियुक्त रोक्न आग्रह गरेको अर्थमन्त्रालय श्रोतले बतायो ।

सञ्चालक समितिको बैठकबाट एक जना सदस्यलाई अध्यक्ष चयन गर्नुपर्ने प्रावधान छ । डा. कोइरालालाई अध्यक्ष चयन गर्न गत बुधबार बैंकको सञ्चालक समिति भर्चुअल बैठक डाकिएको थियो । तर, भर्चुअल बैठकले अध्यक्ष छान्न नमिल्ने कुरा उठेपछि बिहीबार साँझलाई बैठक सारियो ।

बिहीबार बसेको सञ्चालक समिति बैठकमा कोइराला उपस्थित भएनन् । आफू अध्यक्ष चयन नहुने थाहा पाएपछि उनी बैठकमा नगएको बैंक सञ्चालक समिति स्रोतले बताएको छ । बैंकको सञ्चालक चयन भइसकेकाले उनी अध्यक्ष नभए पनि सञ्चालकको हैसियतमा बैठकमा सहभागी हुनुपर्ने थियो ।

बैंकका एक सञ्चालकका अनुसार कोइरालालाई बैठकमा उपस्थित हुनका लागि इमेल र टेलिफोनमार्फत जानकारी पनि गराइएको थियो । तर उनले बैंकका केहि सञ्चालकलाई आफू अध्यक्ष हुने पक्का नभई नआउने बताएका थिए ।

‘म धेरै ठाउँमा ठूला-ठूला नियुक्ति खाइसकेको मान्छे, अब एउटा बैंकको सञ्चालक मात्रै बनेर आउँदिन, बरु नियुक्ति नै चाहिँदैन भनेर खबर पठाउनु भएको रहेछ,’ एक सञ्चालकले भने ।

कोइराला नआएपछि बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) लगायतका केही समसामायिक विषयमा छलफल भएको उनले जानकारी दिए ।

स्रोतका अनुसार अर्थमन्त्री डा. युवराज खतिवडाले सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको भनेर तत्कालै नियुक्ति नगर्न बैंकमा खबर पठाएका थिए । बिहीबार साझ बसेको बैठकमा अध्यक्ष नियुक्ति नभए पनि ज्येष्ठ सदस्य भएकाले कोइरालालाई नै बैठकको अध्यक्षता गराउने तयारी गरिएको थियो ।

कोइराला उपस्थित नभएपछि धनीराम शर्माले बैठकको अध्यक्षता गरेका थिए । धनीराम शर्मा अर्थमन्त्रालयका सहसचिव हुन् । उनी अर्थमन्त्रालयको प्रतिनिधित्व गर्दै बैंकको सञ्चालक समिति सदस्य रहेका छन् ।

कोइरालाले योभन्दा अगाडि थुप्रै राजनीतिक नियुक्ती खाइसकेका छन् । २०५१ सालमा तत्कालिन नेकपा एमालेको सरकार हुँदा उनी खाद्य संस्थानको महाप्रवन्ध नियुक्त भएका थिए । खाद्य संस्थानपछि उनले महेन्द्र मोरङ क्याम्पसका क्याम्पस प्रमुखको नियुक्ति पाए ।

त्यसपछि पनि उनी खाली बस्नु परेन । एमाले सरकार बन्ने वित्तिकै उनले नियुक्ति पाइहाल्थे । पोखरेल वाणिज्य तथा आपुर्ति मन्त्री बनेका बेला कोइराला नेपाल आयल निगमको कार्यकारी अध्यक्ष नियुक्त भए । २०६२/६३ पछि कोइराला उच्च माध्यमिक शिक्षा परिषद्को उपाध्यक्षमा नियुक्त भए । त्यसबेला उनी निकै विवादित भएका थिए । गुणस्तरहीन उत्तर पुस्तिका खरिद गरेर भ्रष्टाचार गरेको भनेर विवाद उत्पन्न भएको थियो । यो विषयमा सार्वजनिक लेखा समितिले छानविन गरेपछि उनले राजीनामा दिएका थिए ।

विवादमा मुछिए पनि कोइरालाले नियुक्ति भने पाइरहे । मध्यपश्चिमाञ्चल विश्व विद्यालयको उपकुलपति हुँदा उनीविरुद्ध आर्थिक अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्‍यो । विश्वविद्यालयमा उनीविरुद्ध आन्दोलन नै भएको थियो । अनियमितता भएको भन्दै विश्वविद्यालयमा विद्यार्थीहरुले २ महिनासम्म तालाबन्दी गरेका थिए ।

अब के हुन्छ ?

यसअघि बैंकका अध्यक्ष निर्मलहरी अधिकारी थिए । उनलाई सरकारले राजश्व बोर्डको सदस्यमा नियुक्त गरेपछि बैंकको अध्यक्ष पद रिक्त छ । सोही रिक्त ठाउँमा खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै कोइरालालाई सञ्चालक नियुक्त गरेका हुन् ।

स्रोतका अनुसार सञ्चालक नियुक्त गरेपछि अर्थमन्त्री खतिवडाले बैंकका सीईओ तथा सञ्चालकहरुलाई कोइरालालाई नै अध्यक्ष चयन गर्न मौखिक निर्देशन दिएको श्रोत बताउँछ । सोहीअनुसार तयारी भए पनि अर्थमन्त्रालयकै एक अधिकारीले यो कुरा बाहिर ल्याएका थिए ।

अर्थमन्त्रालय श्रोतका अनुसार तत्कालै कोइरालालाई अध्यक्ष चयन नगरिने भएको छ । तर विवाद केही मत्थर भएमा वा राष्ट्रिय बहसको विषय अन्तै मोडिएको बेला सुटुक्क कोइरालालाई अध्यक्ष चयन गर्न अर्थमन्त्री खतिवडाले बैंकका सञ्चालकहरुलाई भनेका छन् ।

भर्खरै प्रकाशित

भोलिदेखि नेपालमा कोरोनाविरुद्धको खोप लगाइने, कुनै समस्या देखाए पनि क्षतिपूर्ति…

काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान बुधबार विहान १० बजे सुरु हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल रुपमा एकै पटक काठमाडौंका ११…

अचम्मका ट्रम्प : गृहराज्य फ्लोरिडामा स्थापना गरे ‘पूर्वराष्ट्रपतिको कार्यालय’

अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले गृहराज्य फ्लोरिडामा ‘पूर्वराष्ट्रपतिको कार्यालय’ स्थापना गरेका छन् । फ्लोरिडाको पाल्म बिचमा सोमबार उनले कार्यालय स्थापना गरेको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका…

लुम्बिनी प्रदेशको राजधानी भालुवाङलाई स्वर्गको ‘नन्दन वन’ जस्तै बासनादार बनाउँछौ…

प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङ क्षेत्रलाई ‘स्वर्गको नन्दन बन’ जस्तै सुन्दर बनाउने बताएका छन्। सोमबार दाङको लालमटियामा आयोजित सभालाई सम्बोधन गर्दै…

‘हिन्दूराष्ट्र पूनःस्थापना र संघीयता खारेज’ प्रधानमन्त्री ओलीको अबको चुनावी एजेण्डा…

काठमाडौं, १३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको निर्वाचनमा आफू नेतृत्वको नेकपाको एक्लै बहुमत आउने दाबी गरेका छन् । प्रतिनिधिसभा विघटन गरेर ओलीले वैशाख…

नेपालमा ‘जुम’ प्रविधिको विकाश मैले बसाएको हुँ : केपी ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अहिले विकासको लहर चलिरहेको बताएका छन्। कोभिड-१९ ले देश विकासको अभियानमा अघि बढ्न केही प्रतिकुलता थपे पनि प्रतिकुलतालाइ चिरेर…