अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बिहीवार रिपब्लिकन पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा चीनमाथि आ क्रमण गरेका छन् । संसारभरि कोरोनाभाइरस फैलाउन चीन जिम्मेवार रहेको र जो बाइडनलाई चीनले आफ्नो इशारामा नचाउने उनले बताए ।
कोरोनाको कुरा झिक्दा उनले लगातार चाइना भाइरस भनिरहे । ह्वाइट हाउसबाट गरेको एक घन्टा लामो सम्बोधनमा उनले चीनको प्रसंग कोट्ट्याइरहे ।
प्र तिद्वन्द्वी बाइडनले व्यापार कानूनको समर्थन गरेर अमेरिकाको रोजगारी खोसेको आ रोप पनि उनले लगाए ।
‘हालैका महिनामा हाम्रो देशमा अनि संसारभरि एक शताब्दीमा एकपटक आउने महामारीले असर पारिरहेको छ । चीनले यसलाई संसारभरि फैलाएको हो,’ ट्रम्पले भने ।
उनले समर्थकहरूलाई बताए, ‘हामी चीनलाई बसिखान दिँदैनौं । उनीहरूमाथि एक रत्ति पनि निर्भर हुँदैनौं ।’
बाइडनको एजेन्डा मेड इन चाइना भएको अनि आफ्नो चाहिँ मेड इन अमेरिका भएको उनले बताए ।
उनले आफ्नो सम्बोधनका क्रममा १५ पटक चीनको नाम लिए ।
चीनले बाइडन जितेको हेर्न चाहेको ट्रम्पले बताए । अमेरिकाको गुप्तचर निकायले गरेको आकलनले पनि चीन राष्ट्रपति ट्रम्प पुनः निर्वाचित नहोऊन् भन्ने चाहेको देखिन्छ भन्यो ।
अनि रुसले चाहिँ बाइडनलाई ध्व स्त पार्न सक्रिय प्रयास गरिरहेको आकलन गुप्तचर निकायको छ ।
‘जो बाइडनले चुनाव जिते भने अमेरिका चीनको कब्जामा पुग्छ,’ ट्रम्पले भने ।