काठमाडौँ । गृह मन्त्रालयले कोरोना संक्रमण नि यन्त्रण र रोकथाममा खटिने स्वास्थ्यकर्मी, कर्मचारी, संक्रमित र तिनको परिवारमाथि अभद्र व्यवहार गर्नेलाई का रबाहीको दायरामा ल्याउन मातहतका निकायलाई निर्देशन दिएको छ ।
कोरोना नि यन्त्रण गर्न खटिने कर्मचारी र स्वास्थ्यकर्मीलाई सम्मानपूर्वक उत्प्रेरणा गर्नुपर्नेमा काठमाडौं, चितवन, मोरङलगायत स्थानमा उच्छृंखल व्यक्ति/समूहले धम्की दिएको, घरमा जान अवरोध गरेको र दु व्र्यवहार गरेको भन्दै गृह मन्त्रालयले निर्देशन जारी गरेको हो ।
‘यस्ता गैरकानुनी गतिविधि गर्नेलाई कानुनबमोजिम तत्काल कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिइसकेको छ,’ मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कुनै प्रकारका घटना हुन सक्ने देखिए वा भए मन्त्रालयको टोल फ्री नम्बर ११४९ र प्रहरीको १०० मा फोन गरी जानकार गराउन हुन अनुरोध गरिन्छ । उजुरीकर्ताको विवरण गोप्य रहेछ ।’
जिल्ला प्रशासन कार्यालय भक्तपुरले भदौ ८ मा जारी गरेको सूचनामा संक्रमित र उसको परिवार उच्छृंखल व्यक्तिहरूबाट गैरकानुनी, अमानवीय एवं अ पमानजनक व्यवहार गरे सं क्रमण रोग ऐन २०२०, स्थानीय प्रशासन ऐन २०२८ अनुसार का रबाही गर्न सकिने उल्लेख छ । नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले मुलुकी अपराध संहितामा व्यवस्थाअनुसार पनि का रबाही गर्न सकिने बताए ।
मुलुकी अ पराध संहिताको दफा ११८ को स्वास्थ्यकर्मी तथा संक्रमित र उसको परिवारलाई अभद्र व्यवहार गर्नेलाई एक वर्षसम्म कै द र १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै जरिवाना हुन सक्ने व्यवस्था छ ।
त्यस्तै संक्रमण ऐनअनुसार अधिकार प्राप्त अधिकारीले दिएको आदेश अपहेलना गरे १ महिनासम्म कैद र १ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ । त्यस्तै रोग रोकथाम, नि यन्त्रण, पहिचान र उपचारमा संंलग्न व्यक्तिलाई अवरोध पुर्याउनेलाई ६ महिनासम्म कै द वा ६ महिनासम्म जरिवाना वा दुवै स जाय हुन सक्ने व्यवस्था छ ।