सन्दीपको चमत्कारी बलिङ्ग कायमै : जमैकाको जितमा सन्दीपको २ विकेट

ट्रिनीडाड । क्याराबिन प्रिमियर लिग(सपीएल)मा नेपालका लेग स्पीनर सन्दीप लामिछाने आवद्ध जमैका ताल्लवाजले जित हात पारेको छ। शनिबार राति भएको खेलमा जमैकाले सेन्ट किट्स एन्ड नेभिज प्याट्रियट्समाथि ३७ रनको जित निकालेको हो।

यस खेलमा सन्दीपले २ विकेट लिन सफल भए। ४ ओभर बलिङ गरेको उनले २७ रन दिएर २ विकट लिएका हुन्। क्वीन्स पार्क ओभलमा भएको खेलमा जमैकाले टस जितेरपहिले ब्याटिङ रोजेको थियो।

२० ओभरमा जमैकाले ६ विकेट गुमाएर १४७ रन बनाएको थियो। जमैकाका लागि ओपनर ग्लेन फिलिप्स ७९ रन बनाए। ६१ बलमा ६ छक्का र २ चौका प्रहार गरेका उनी अन्तिमसम्म क्रिजमै रहे। त्यसपछि ब्लाकवुडले २७, बोनरले १६ र आसिफ अलीले १४ रनको योगदान गरे।

१४८ रनको लक्ष्य पछ्याएको सेन्ट किट्सले १९.४ ओभरमा ११० रन बनाउँदै सबै विकेट गुमायो। जमैकालाई जित दिलाउने क्रममा कार्लोस ब्रेथवेटले सबैभन्दा उत्कृष्ट बलिङ गरे। ३.४ ओभर बलिङ गरेको उनले १ ओभर मेडनसहित ३ विकेट लिएर जम्मा ११ रन दिए। अघिल्ला खेलमा उत्कृष्ट बलिङ गरेका मुजिव रहमानले यस खेलमा पनि धेरै राम्रो बलिङ गरे। ४ ओभरमा जम्मा १२ रन दिएर १ विकेट लिए।

विरासामी परमलले २, फिडेल इडवार्डले २ र सन्दीपले २ विकेट लिए।

१२औं ओभरमा मात्रै बलिङमा आएका सन्दीपले यस ओभरमा ७ रन र १४औं ओभरमा १० रन दिए। १६औ ओभरमा सन्दीपले १६ बलमा २१ रन बनाएर खेलिरहेका इभिन लुइसलाई रोभमान पावेलबाट क्याच गराइ यस पेभिलिएन पठाए। यस ओभरमा २ रन मात्रै दिए। १८औं ओभरको पहलिो बलमै सन्दीपको बलमा छक्का प्रहार गरेका न्युजिल्याण्डका इश सोधीलाई लगतै अर्काे बलमा सन्दीपले बोल्ड गरिदिए। यस ओभरमा ८ रन दिए।

जमैकाले सीपीएलमा ६ खेलखेल्दा ३ मा जित र ३ मा हार व्यहोरेको छ। अकं तालिकामा तेस्रो स्थानमा उक्लिएको छ।

भर्खरै प्रकाशित

संक्रमण बढेपछि पशुपतिनाथमा भक्तजनलाई प्रवेश निषेध

काठमाडौं: कोरोना संक्रमणको दोस्रो चरण फैलिन थालेपछि पशुपति क्षेत्र विकास कोषले वैशाख १० गतेदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनलाई प्रवेश निषेध गर्ने भएको छ । अर्को व्यवस्था…

ओलीलाई घनश्याम भुसालको स्पष्टीकरण : शक्तिशाली हैसियतको विवेकपूर्ण प्रयोग होस्

९ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी र संसदीय दलको विधान विपरीत कुनै काम नगरेको सष्टीकरण दिएका छन् । साथै उनले पार्टी…

नासालाई मंगल ग्रहमा दोस्रो सफलता : मंगल ग्रहमा पहिलो पटक…

एजेन्सी, ९ बैशाख । अमेरिकी अन्तरिक्ष निकाय नासालाई मंगल ग्रहमा दोस्रो सफलता हात परेको छ । नासाले मंगल ग्रहमा पठाएको पर्सिभेरेन्स नामक यानमा रहेको एक…

चौबीस घण्टामा ९ वर्षमुनिका ५१ बालबालिका संक्रमित

काठमाडौं । पछिल्लो चौबीस घण्टामा ९ वर्षमुनिका ५१ जना बालबालिका र १९ वर्षसम्मका १८८ किशोर किशोरी संक्रमित भएका छन् । थपिएका संक्रमितमध्ये २० देखि २९…

अर्को व्यवस्था नभएसम्मका लागि पशुपति दर्शनमा रोक

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ । कोरोना भाइरस फैलिन नदिन उक्त निर्णय गरेको…