बामदेव राष्ट्रिय सभामा नजाने, युवराज खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिने पक्षमा ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली डा युवराज खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिने पक्षमा देखिएका छन् । शनिबार राति पत्रकार ऋषि धमलासँगको विशेष अन्तर्वार्तामा ओलीले खतिवडाले राम्रो काम गरेको भन्दै उनलाई नै निरन्तरता दिने संकेत गरेका हुन् ।

ओलीले खतिवडाबारे २–४ दिनमा निर्णय हुने भन्दै उनले राम्रो काम गरिरहेको स्पस्ट पारे । उनले भने, ‘२–४ दिन हेरौँ न, २० गते त आउन लागिहाल्यो । अहिले भविष्यबाणी गर्नु त्यति उचित हुँदैन ।’

अर्थमन्त्री खतिवडाले राम्रो काम गर्नुभएको छ भन्ने प्रश्नमा ओलीले भने, ‘राम्रो काम गर्नुभएको छ !’ उहाँको कार्यशैलीलाई लिएर बाहिर असन्तुष्टिहरु पनि बाहिर आइरहेको छ नि भन्ने धमलाको प्रतिप्रश्नमा उनले भने, ‘कार्यशैली त कसको कसलाई मन पर्दैन त्यो कसरी भन्न सकिन्छ र ! केहीले मन पराउँछन् कसैले मन पराउँदैनन्, कसैलाई बेसी पनि मनपर्छ । सत्य जे हो, त्यही अनुसार चल्नुपर्छ ।’

युवराज खतिवडाले भन्दा अर्को अर्थमन्त्रीले राम्रो गर्ला भन्ने आफूलाई लागेमा फेर्न सक्ने भएपनि अहिलेसम्म उनको कार्यसम्पादन सन्तोषजनक भएको ओलीले बताए । तर, मुख्यरुपमा प्रधानमन्त्रीले आफ्नो कामलाई सफल बनाउनका लागि मन्त्रिपरिषद्को हिसावमा, अन्य पक्षहरु पनि केलाएर समग्रता हेरेर निष्कर्ष निकाल्ने बताए ।

फागुन २० गते दोस्रो पटक मन्त्रीको रूपमा शपथ लिएका खतिवडाले सङ्घीय संसदको सदस्य नरहे अब भदौ २० सम्ममात्रै काम गर्न पाउँछन् । संविधानको धारा ७८ ले सङ्घीय संसदको सदस्य नरहेको व्यक्तिलाई मन्त्री पदमा नियुक्त गरेमा त्यसको ६ महिनाभित्र सङ्घीय संसदको सदस्यता लिनुपर्ने व्यवस्था गरेको छ ।

सो व्यवस्था अनुसार उनलाई निरन्तरता दिने या नदिने भन्नेमा अन्योलता रहेकै बेला ओलीले यस्तो बताएका हुन् । उनलाई मन्त्रीमा निरन्तरता दिन राष्ट्रिय सभाको रिक्त रहेको सदस्यमा मन्त्रिपरिषद्ले सिफारिस गर्नुपर्नेछ । यसबारे सचिवालयको भदौ १८ गतेको बैठकबाट निष्कर्ष निष्किने विश्वास लिइएको छ ।

यद्यपी ओलीले उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभामा नजाने निश्चित भएकाले खतिवडा नै जानसक्ने सभावनालाई बल पुग्नेगरी अभिव्यक्ति दिएका छन् । उपाध्यक्ष बामदेव गौतमलाई विशेष जिम्मेवारी दिँदै हुनुहुन्छ भन्ने चर्चा छ नि भन्ने प्रश्नमा उनले पार्टीले यस्तो कुनै निर्णय नगरेको बताए ।

ओलीले बामदेव राष्ट्रियसभामा नजाने बताउँदै भने, ‘एक पटक राष्ट्रिय सभामा लैजाने निर्णय सचिवालयले गरेको थियो । तर उहाँलाई प्रतिनिधिसभाको चुनाव लडाउने भनेपछि त्यो निर्णय समाप्त भयो । र, उहाँ त्यसरी नजाने भनेपछि त्यो निर्णय उतिबेलै समाप्त भयो ।’

ओलीले मन्त्रिपरिषद् पुनर्गठन आश्वयकताले गरिने भन्दै त्यसबारे आफूले विचार गरिरहेको बताए । त्यसको अधिकार प्रधानमन्त्रीमा हुने भएकाले सोही अनुसार समीक्षा गरेर निष्कर्षमा पुग्न सकिने उनको भनाइ छ । तर उनले प्रदेशका मुख्यमन्त्री भने नफेरिने दावी गरे । तत्काल मुख्यमन्त्री परिवर्तन गरिनु भनेको अस्थिरता ल्याउनु भएको ओलीले तर्क गरे ।

अर्को प्रसंगमा ओलीले पार्टीभित्र केही समस्या रहेपनि पार्टी नफुट्ने समेत स्पष्ट पारे । ‘पार्टी एकता एकछिनको लागि होइन । परिवर्तन ल्याउनका लागि नै हो । यस देशमा अग्रगामी परिवर्तनको गतिलाई निरन्तरता दिन हो ।

सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न र विकास निर्माणका प्रक्रियालाई अघि बढाउन हो । त्यसका लागि स्थयित्व चाहिन्छ । पार्टी फुट्दैन’, उनले भने ।

उनले पार्टीभित्रैबाट पनि सरकारलाई सहयोग नभएको समेत गुनासो गरे । पार्टीभित्रैबाट सरकारको समर्थनमा नबोल्ने बरु भित्रभित्रै विरोध चर्काउने कार्य भएको उनले आरोप लगाए ।

उनले आफू सरकारको भूमिकामा रहेको र प्रचण्ड कार्यकारी अध्यक्षको भूमिकामा रहेको भन्दै दुबैबीचमा आपसी छलफलको आधारमा पार्टी र सरकार चलाउने बताए ।

तर सरकारको कामकारबाहीमा बढी आफू र पार्टीको कामकारबाहीमा प्रचण्ड केन्द्रीत हुने उनको भनाइ छ । उनले महाधिवेशनबाट सहमतिकै आधारमा नेतृत्व चयन हुने पनि बताए ।

यस्तै प्रधानमन्त्री ओलीले पार्टीको निर्णय आफूबाट उलंघन नभएको र आगामी दिनमा पनि नहुने समेत बताए । तर उनले पार्टीले के निर्णय गर्ने र के नगर्ने भन्नेमा चाहिँ विचार पुर्याइनुपर्नेमा बताए ।

उनले भने, ‘कार्यदलले बुझाएको प्रतिवेदनमा मैले पार्टी पद्धति उलंघन गरेको कुरा आएको छैन । अहिले पद्धतिको कुरा गर्ने हो भने वातावरण जसरी अघि बढाउन खोजिएको छ, त्यसलाई सहयोग नपुग्न सक्छ । पार्टी विधिसम्मत ढंगले अघि बढ्नुपर्छ । विचारका आधारमा पार्टी संगठन चल्नुपर्छ । अनुशासनहीनता, अराजकता हुनु भएन ।’ उनले सरकार ठीक ढंगले अघि बढेको पनि अन्तर्वार्तामा बताए ।

भर्खरै प्रकाशित

चिनियाँ कम्पनीले निर्माण गरेको कोरोनाको खोप ब्राजिलमा परीक्षण गर्दा सुरक्षित…

काठमाडौं । चिनियाँ कम्पनी सिनोभ्याकले निर्माण गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ब्राजिलमा परीक्षणको क्रममा सुरक्षित देखिएको छ । सोमबार सार्वजनिक गरिएको अन्तिम चरणको क्लिनिकल…

यस्तो रहेछ फेसबुकले ‘म्यासेञ्जर एप’ रंगीविरंगी बनाउनुको कारण

काठमाडौं । यदि तपाईंले भर्खरै फेसबुक म्यासेञ्जर एप अपडेट गर्नु भएको छ भने पक्कै पनि केही न केही परिवर्तन भएको अवश्य महसुस गर्नु भएकै होला…

बाँस्कोटाको ७० करोड रुपैयाँ घुस प्रकरणको मुद्दा तामेलीमा राख्ने अख्तियारको…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन पर्याप्त प्रमाण नभेटिएको…

उपचार गर्न नसक्ने संक्रमितको सरकारले गर्ने भनेकै छ त, भ्रम…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमितले उपचार खर्च आफैं व्यहोर्नुपर्ने निर्णयबारे भ्रम फैलाइएको बताएका छन् । सरकारले हालै मात्र आर्थिकरुपमा विपन्न, अशक्त, असहाय,…

पत्रकारलाई खाममा पैसा बाँड्ने कांग्रेस महामन्त्रीको अनौठो धन्दा !

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पत्रकारहरुलाई ‘दसैं खर्च’ भन्दै खाममा हालेर १५ हजार रुपैयाँ बाँड्दै हिँडेको पाइएको छ । कोइरालाका स्वकीय सचिव भरत…