निषेधाज्ञाका कारण दूध बिक्री नभएपछि सडकमा फ्याँकियो

काठमाडौं । निषेधाज्ञाका कारण बिक्री नभएपछि भक्तपुरको सूर्यबिनायकमा दूध सडकमा फ्याँकिएको छ । सूर्यबिनायक नगरपालिका-८ सूर्यविनायक चोकमा रहेको रानीकोट डेरीका सञ्चालकले बिक्री नभए पछि सडकमा दूध फ्याँकेका हुन् ।

किसानबाट संकलन गरेको दूध बिक्री ठप्प भएपछि शुभमाया श्रेष्ठ सञ्चचालक रहेको डेरीले सडकमा खन्याइदिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले अनलाइनखबरलाई बताए ।

‘आज बिहान दूध पोखिएको जानकारी आयो, कारण बुझ्दा नबिकेर फ्याँकिएको भनेर सञ्चालकले जानकारी दिए,’ प्रवक्ता प्रहरी नायव उपरिक्षक गिरीले भने ।

भक्तपुरमा निषेधाज्ञाको समयमा बिहान ९ः१५ बजेसम्म मात्रै दूध तथा खाद्यन्न पसल सञ्चालन गर्न पाइन्छ । त्यस बाहेकका समयमा पानी र औषधिजन्य व्यवसाय मात्रै सञ्चालन गर्न पाइने भएकाले दूग्ध पदार्थको संकलन र बिक्री प्रभावित भएको छ ।

निषेधाज्ञाका कारण बिक्री घट्दा किसान र व्यवसायी दुवै मारमा परेको नेपाल डेरी एशोसिएसनले जनाएको छ । चार महिना लामो लकडाउनका कारण समस्यामा परेका व्यवसायी र किसानले साउन पहिलो हप्तादेखि केही राहात पाए पनि निषेधाज्ञाका कारण फेरि दूग्ध पदार्थ खपत ओरोलो लागेको एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले बताए ।

‘बिहान ९ बजेसम्म खुल्न दिने भने पनि प्रहरीले बिहानैदेखि धरपकड थाल्छ, मानिसहरु बाहिर निस्कनै डराएका छन्, बिक्री ५० प्रतिशतमा घटेको छ,’ सापकोटाले भने ।

काठमाडौंमा दैनिक ७ लाख लिटर दूध खपत हुने गरेकोमा निषेधाज्ञाका कारण अहिले तीन लाख लिटर हाराहारी मात्रै दूग्ध पदार्थ बिक्री हुने गरेको एशोसिएसनले जनाएको छ ।

भर्खरै प्रकाशित

रहेनन् दाङका एक निर्भिक र निडर पत्रकार अधिकारी

दाङ । दाङ घोराही निवासी पत्रकार दामोदर अधिकारीको कोरोना भाइरस संक्रमनका कारण नि’धन भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १७ बेलभार निवासी ४० बर्षीय…

खाडी मुलुक हिँडेका १२६ जना विमानस्थलबाटै फर्काइए

काठमाडौं । कोरोना परीक्षणसम्बन्धी सुरिया ल्याबको रिपोर्ट बोकेका १२६ जनालाई विमानस्थलबाटै फर्काइएको छ। खाडी मुलुक उड्ने तयारीमा रहेका १२६ जना नेपाली र भारतीय कामदारलाई त्रिभुवन…

एसएलसी फेल भएर दुबई गए, बुर्ज खालिफामा काम गरेर ‘इञ्जिनियर’…

घुम्नका लागि दुबई जाने धेरैजसो बुर्ज खालिफा चढेर मात्र फर्कन्छन्। नभए, यो टावरलाई पृष्ठभूमि पारेर फोटो खिचाउन त प्राय: कसैले छोड्दैनन्। विख्यात अमेरिकी आर्किटेक्ट एड्रिन…

रुख चढेर क्रिकेट हेर्ने नेपाली दर्शकको बेन कुपरले गरे तारिफ

काठमाडौंमा अहिले त्रिकोणात्मक टी-२० सिरिज क्रिकेट चलिरहेको छ । गत शनिबारदेखि सुरु भएको सिरिजमा सुरुको तीन दिन दर्शकसहितको खेल भएको थियो । तर सरकारको पछिल्लो…

जथाभावी मास्क फ्याँक्नेलाई कारबाही हुने, अब पाँच दिनसम्म मास्कलाई सुरक्षित…

काठमाण्डौ । कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि काठमाण्डौ उपत्यकामा कडाइ गर्न थालिएको छ । स्थानीय प्रशासनमार्फत स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा विशेष निगरानी थालिएको छ । विशेषगरी…