चीनले मितेरी पुल सम्म मात्रै ल्याउँदै आएको समान अब नेपालसम्मै ल्याइदिने

विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण चीनबाट सामग्री आयात र व्यवस्थापनमा समस्या हुँदै आएकोमा अब केही सहज हुने भएको छ। कोरोना संक्रमणको त्रासका कारण चिनियाँ पक्षले सामग्री मितेरी पुलमा झार्दै आएकोमा अब नेपालसम्म नै ल्याइदिने भएपछि सहज हुने भएको हो।

नेपालतर्फको खुला स्थानमा सामग्री झार्नका लागि चिनियाँ टोली सहमत भएको छ। मितेरी पुलमा सामग्री झार्दा नेपाली पक्षलाई सामग्री लोड गरेर ल्याउन समस्या हुँदै आएको थियो। रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काका अनुसार ६ महिनादेखि सामग्री गोदाममा अड्किएको तर सामग्रीको आयात न्यून भएको छ।

नेपाली पक्षले आयातमा भएको समस्या र गोदाममा सामग्री अड्किएको बताएपछि चिनियाँ पक्षले सामग्री आयातमा सहज बनाउने बताएको उनले बताए। ‘नाका सञ्चालनमा आएपनि सामग्री आयातमा समस्या हुँदै आएको थियो’, उनले भने, ‘यसलाई सहज बनाउनका लागि हामीले आग्रह गरेका हौं।’

चिनियाँ पक्षले नेपालको खुला स्थानमा सामग्री झारिदिने र नेपाली कन्टेनरको संख्या पनि बढाउने सकिने बताएको छ। गत माघ भन्दा अघि नेपाली कन्टेनर पाङसाङसम्म पुगेर सामग्री लिएर आउने गरेका थिए।

शुक्रबारबाट आयात सुरु 

गत साउन ३२ गते आएको पहिरोका कारण अवरुद्ध भएको चीनतर्फको सडक आउँदो शुक्रबारसम्ममा खुल्ने सम्भावना रहेको चिनियाँ अधिकारीले बताएका छन्। रसुवागढी–केरुङ सडक खण्ड अन्तर्गत ठोङ्सा मुनि रहेको घुम्तीमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ।

चिनियाँ टोलीले १० दिनदेखि पहिरो पन्छाउने काम गरिरहेको छ। जिल्लाभरी नै कोरोना भाइरस फैलिएको भ्रामक सूचना चिनियाँ पक्षमा पुगेका कारण नाकामा रहेका नेपाली कामदारको पिसिआर जाँच गर्न चिनियाँ पक्षले आग्रह गरेको थियो।

चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, फलफूल र टेलिकमका सामग्री आयात हुँदै आएको छ। त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ।

२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए। चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो। रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ।

भर्खरै प्रकाशित

भीम रावलले भने, प्रधानमन्त्रीले रअका प्रमुख भेट्नु आपत्तिजनक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ)…

ब्राजिलमा कोरोनाभाइरसविरुद्धको खोप लगाएका व्यक्तिको ज्या’न गयो

अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोरोनाभाइरस विरुद्धको खोप दिइएका एक व्यक्तिको ब्राजिलमा मृ’त्यु भएको छ । ब्राजिलको स्वास्थ्य सेवा विभाग एन्भिसाले तेस्रो चरणको परीक्षणका…

‘रअ’का प्रमुखले प्रधानमन्त्री ओलीलाई भेटेको पुष्टि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता भएको पुष्टि भएको छ ।…

रअ प्रमुख प्रचण्डलाई भेटे भन्नु भ्रम हो : सचिवालय

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय गुप्तचर संस्थाका प्रमुखसँग भेट गरेको भन्न्नु भ्रम भएको सचिवालयले जनाएको छ। बिहीबार बिहान विज्ञप्ति…

के नेपाल आफ्नो भूमिको दावीबाट पछि हटेको हो ? नेपाल…

काठमाडौं। कालापानी लिपुलेक र लिम्पियाधुरामाथि आफ्नो दावीबाट नेपाल पछि हटेको भन्दै भारतमा खुसीयाली बढेको छ । भारतीय विश्लेषकहरुले नेपाल पछिल्लो समय भारतसँग सीमा विवाद नबल्झाउने…