दाङमा बढ्दै कोरोन संक्रमित : एकैदिन १९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७ सय ६७ पुग्यो

घोराही।  दाङमा शनिवार थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा गरिएको नमूना परीक्षणमा १२ पुरुष र ७ जना महिला गरी १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा घोराही उपमहानगरका ११ जना, तुलसीपुर उपमहानगरका ७ जना र चितवनका १ जना रहेका छन् ।

घोराही उपमहानगरपालिका–८ का २५ बर्षका पुरुष, वडा नं. १० का २५, ३०, ३२ बर्षका पुरुष र ३४ बर्षका एक महिला, वडा नं. ११ का ५३ बर्षीय पुरुष र वडा नं. १५ का २०, ४२, ५४ र ५७ बर्षका पुरुष गरी १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

घोराहीका ८५ जनाको स्वाब परिक्षण गर्दा १० जनामा कोरोना देखिएको र अन्य ७५ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

यसैगरी तुलसीपुरबाट स्वाब संकलन गरिएका घोराही १५ का ३२ बर्षीयका एक जना र चितवन भरतपुर ५ घर भएका २६ बर्षीय एक जनामा पनि कोरोना पुष्टि भएको छ ।

यसैगरी तुलसीपुर उपमहानगरपालिका–५ का ३२ र ३७ बर्षका दुई जना, वडा नं. ६ का ३५ र ४१ बर्षका दुई जना, वडा नं. ९ का ५६ बर्षीय एक जना र वडा नं. १९ का ३५ बर्षीय एक जनामा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ ।

तुलसीपुरबाट संकलन भएको ५० जना मध्य ९ जनाको पोजेटिभ र ४१ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

यससँगै दाङमा कोरोना संक्रमितको संख्या ७ सय ६७ पुगेको छ भने ६ सय ८८ जना कोरोना मुक्त भएका छन् । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा अझै ४ सय ४ जनाको स्वाब परिक्षण हुन बाँकी छ ।

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेश : प्रदेशको राजधानी भएपछि तमसुक बनाउँदै महंगोमा जग्गा…

काठमाडौं । लुम्बिनी प्रदेशको राजधानी घोषणा हुनासाथ काठमाडौं बस्दै आएका नेकपाका एक नेताका नातेदार दाङको देउखुरी पुगे । उनले मजगाउँ भन्ने स्थानमा १३ कठ्ठा जग्गा…

गम्भीर बिरामीको पनि भर्ना नलिने सरकारी अस्पताल, उपचार नगरेबापत सरकारविरुद्ध…

काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) का जतिसुकै गम्भीर बिरामी भए पनि पैसा छैन भने कुनै पनि अस्पतालले भर्ना नलिने भएको छ । काठमाडौंस्थित सिभिल…

हङकङले ताइवानका विमानलाई विवादित प्राटस टापुमा पुग्न लगायो रोक

हङकङले ताइवानलाई विवादित प्राटस टापुमा पुग्न रोक लगाएको छ। विवादित क्षेत्र वरपरको हवाई क्षेत्र अर्को सूचना नआएसम्म बन्द रहने बताउँदै हङकङले ताइवानलाई विवादित प्राटस टापुमा…

उपचार नपाउँदा मौलिक हक हनन, सरकारी अस्पतालले कोरोना संक्रमितबाट पैसा…

काठमाडौं ।  संविधानको भाग ३ मा मौलिक हक र कर्तव्यअन्तर्गत धारा ३५ को स्वास्थ्यसम्बन्धी हकमा लेखिएको छ, ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त…

भारतको गोप्य सेनामा काम गर्ने तिब्बती सैनिक

घरको एउटा कुनामा निमा तेन्जिङको तस्विर राखिएको छ, त्यहाँ राखिएको तेलबाट बल्ने दियोको प्रकाश त्यसमाथि परिरहेको छ । छेउको कोठामा प्राथना जारी छ जसमा घरका…