काठमाडौं। पछिल्लो केही महिनायता चीनको विश्वका अन्य ठूला अर्थतन्त्रसँग ठूलो ‘युद्ध’ चलिरहेको छ । पछिल्लो पटक अमेरिकाले चीनका कैयौं एपहरुलाई बन्द गरिदिने चेतावनी दिएको छ । अमेरिकाले कैयौं चिनियाँ एपका मालिक कम्पनीहरुसँग सीधा कारोबार बन्द गरिसकेको छ र यी एपहरुलाई पूरै बन्द गर्ने तयारीमा जुटेको छ ।
भारतले ५ दर्जन चिनियाँ एपमाथि प्रतिबन्ध लगाइसकेको छ । अस्ट्रेलिया र युरोपेली देश पनि चीनमाथि यस्तै किसिमका प्रतिबन्ध लगाउने तयारीमा जुटेका छन् ।
अमेरिकासहितका देशहरुले आफूविरुद्ध प्राविधिक र आर्थिक यु द्ध सुरु गरेपछि चीनले अब भने जवाफ दिने तयारी थालेको छ । चीनले अमेरिकालाई आर्थिक र प्राविधिक क्षेत्रमा निकै ठूलो झट्का दिने तयारी थालेको छ जुन झट्का अमेरिकाको लागि प्रविधि जगतमा अहिलेसम्मकै ठूलो झ ट्का हुन सक्छ । चीनले आफ्नो देशमा अमेरिकी कम्पनी एप्पललाई नै प्रतिबन्ध लगाइदिने चेतावनी दिएको छ ।
एप्पलइनसाइडरको रिपोर्टअनुसार चीनको विदेश मन्त्रालयले शुक्रबार यस्तो चेतावनी दिएको हो । चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले शुक्रबार यदि अमेरिकाले ‘वीच्याट’माथि प्रतिबन्ध लगाए चीनसँग पनि एप्पल र यसका उत्पादनहरु आफूसँग राख्ने कुनै कारण नभएको बताए ।
अमेरिकामा सामाजिक संजाल वीच्याट बन्द गर्ने माग तीब्र रुपमा उठिरहेको छ । अमेरिकाले यसलाई निकै छिटो बन्द गर्न सक्ने सम्भावना छ ।
यदि चीनले एप्पललाई बन्द गरिदिए यसले अमेरिकालाई निकै ठूलो झट्का लाग्नेछ किनकि एप्पल र एन्ड्रोइड उपकरणहरुको विश्वमै सबैभन्दा ठूलो बजार चीन हो ।
एप्पलइनसाइडरकै रिपोर्टअनुसार चीनले यी उपकरणहरुको ठूलो बजारको रुपमा अमेरिकालाई ७ वर्षअघि नै उछिनेको थियो । यदि एप्पलले आफ्नो सबैभन्दा ठूलो बजार गुमाउनुपरेमा उसलाई निकै ठूलो धक्का लाग्नेछ । यो धक्का सम्भवतः प्रविधि जगतकै सबैभन्दा ठूलो धक्का हुन सक्छ ।
उता अमेरिकी राष्ट्रपति ट्रम्पले भने टिकटक र वीच्याट बन्द गर्ने भनिसकेका छन् । अमेरिकाले यी दुवै एपमाथि सेप्टेम्बरमा प्रतिबन्ध लगाउन सक्छ । ट्रम्पले यी एपले राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गरेको बताएका छन् ।
ट्रम्पको यो घोषणापछि अमेरिका र चीनबीच व्यापारयुद्ध उत्कर्षमा पुगेको छ । टम्पको घोषणासँगै झाओ लिजियानले ‘अमेरिकाले वीच्याट बन्द गरे चिनियाँहरुसँग पनि एप्पलका उत्पादन प्रयोग गर्नुपर्ने कुनै कारण नदेखिने’ बताएका हुन् ।