चीनलाई झट्का : हङकङका आन्दोलनकारीलाई पुरस्कृत गर्ने संकेत ! कस्तो होला चीन र नर्वेबीचको सम्बन्ध ?

एजेन्सी । चीनले नर्बेलाई हङकङमा आन्दोन भड्काउनेहरुलाई नोबेल शान्ति पुरस्कार नदिन आग्रह गरेको छ । नर्वेको भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ वीले हङकङकमा आन्दोलन गरिरहेका आ न्दोलनकारीहरुलाई नोबल शान्ति पुरस्कार दिइएमा दुई देशबीचको सम्बन्धमा संकट आउन सक्ने संकेत दिएका छन् ।

बिगतमा जस्तै यो पटक पनि हङकङमा आ न्दोलन गरिरहेको लोकतान्त्रिक पक्षधर नेतृत्वबाट नोबेल शान्ति पुरस्कारका लागि छनोट गर्न सक्ने समाचारहरु बाहिर आइरहेका छन् ।

विगतमा चिनियाँ मानवअधिकारकर्मी लियु शियोबो र तिब्बतका धार्मिक नेता दलाई लामालाई नोबेल शान्ति पुरस्कार दिइएको थियो । उनीहरुलाई पुरस्कार दिएपछि चीन र नर्बेबीच विवाद उत्पन्न भएको थियो ।

नर्वेका समकक्षीसँगको छलफलपछि आयोजित पत्रकार सम्मेलनमा विदेशमन्त्री वाङले नोबेल पुरस्कारको सम्बन्धमा पनि बोलेका थिए ।

पत्रकार सम्मेलनमा नोबेल शान्ति पुरस्कारका सम्बन्धमा सोधिएको प्रश्नमा उनले भने– ‘नोबेल शान्ति पुरस्कारमार्फत हाम्रो आन्तारिक मामिलामा हस्तक्षेप गर्ने कामलाई चीन पूर्णरुपमा अ स्वीकार गर्दछ । चीनले राजनीतिक प्रेरित नोबेल शान्ति पुरस्कार विरोध गर्दछ ।’

विदेशमन्त्री वाङले नर्वेसँगको सम्बन्धका सवालमा भने– यदि हामीले एक अर्कालाई सम्मान गर्ने र समान व्यवहार गर्यौं भने द्धिपक्षीय सम्बन्ध निश्चित रुपमा विकास हुन्छ ।’ विदेशमन्त्री वाङ अहिले युरोपियन युनियनका सदस्य मुलुकहरुको भ्रमणमा रहेका छन् ।

नर्वेमा भने चिनियाँ विदेशमन्त्रीको यो १५ वर्ष पछिको पहिलो भ्रमण हो । वाङले नर्वेका विदेशमन्त्री आइन एरिक्सिन सोरिडसँग संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको अस्थार्य सदस्यताको विषयलाई लिएर वार्ता गरेका थिए । चीन सुरक्षा परिषदको स्थायी सदस्य राष्ट्र हो ।

भर्खरै प्रकाशित

कमला ह्यारिसले लगाइन् प्रबल गुरूङले डिजाइन गरेको कोट

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले सपथ ग्रहणपछिको प्रार्थना सभामा प्रबल गुरूङको डिजाइन गरेको लुगा लगाएकी छन्। भर्चुअली भएको उक्त सभामा ह्यारिसले लगाएको लुगा आफूले डिजाइन गरेको…

भोलिबाट लाइसेन्सको कोटा हट्ने अनलाइन फारम खुल्ने

भोलिबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम खुल्ने भएको छ। योसँगै निश्चित कोटा सिस्टम पनि हट्ने यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी…

नेपाली ‘टिनेजर’ युवतीहरुको मनमा बस्ने यी युवा को हुन् ?

नेपालली सामाजिक संजालमा एउटा तस्विर छाइरहेको छ। शारीरिक सुपमा सुगठित, अग्लो कद, लामो कपाल त्यसैमा शरिरैभर ट्याट्यु। झट्ट हेर्दा नेपाली जनजाती युवा जस्तै देखिने अनुहार…

सत्ताबाट उत्रिएपछि डोनाल्ड ट्रम्पलाई उनकै समर्थकले गाली गर्न थाले

सत्ताबाट उत्रिएका अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनकै समर्थकले गाली गर्न थालेका छन्। गत वर्षको राष्ट्रपति निर्वाचनमा दोस्रो कार्यकालका लागि उम्मेदवार बनेका ट्रम्पले पराजित भएपछि…

ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ भने झैँ भयो पोम्पेओसहित…

काठमाडौं । चीनले अमेरिकाका पूर्व विदेशमन्त्री माइक पोम्पेओसहित डोनाल्ड ट्रम्प प्रशासनका २८ अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको छ । आफ्नो आन्तरिक मामिलामा दखल दिएको भन्दै चीनले…