टि-२० क्रिकेट ब्याट्सम्यानहरुको खेल भन्ने मान्यतालाई सन्दिप लामिछानेले गलत सावित गरिदिए

टि-२० क्रिकेट ब्याट्सम्यानहरुको खेल मानिने गरिन्छ। छोटो फर्म्याटको खेलमा ब्याट्सम्यानहरु आक्रामक ब्याटिंग गर्दै चौका र छक्काको वर्षा गर्ने गर्छन्। तर ट्रिनिडाड एन्ड टोबागोमा जारि करेबियन प्रिमियर लिग टि-२० ( सिपिएल ) मा नेपाली स्पिनर सन्दिप लामिछानेले त्यो मान्यतालाई गलत सावित गरिदिएका छन्। सन्दिपले जारि लिगको पछिल्लो २ खेलमा कुनै पनि चौका/छक्का प्रहार हुन नदिई बलिंग गरेका छन्।

नेपाली स्पिनरले लगातार ५२ बलमा चौका या छक्का नखाई बलिंग गरेका छन्। गायना बिरुद्ध लगातार २ खेलमा तथा त्यसअघि ट्रिनबागो नाइट राइडर्ससंगको खेलको अन्तिम ४ बलमा गरि उनको बाउन्ड्रीविहिन बलको संख्या ५२ पुगेको हो।

अन्तिम पटक सन्दिपलाई कोलिन मुनरोले चौका प्रहार गरेका थिए। ट्रिनबागो बिरुद्धको खेलमा मुनरोले सन्दिपको स्पेलको चौथो ओभरको दोश्रो बलमा उक्त चौका प्रहार गरेका थिए।

सन्दिपले गत खेलमा गायना बिरुद्ध ८ रन खर्चेर २ विकेट लिंदै नयाँ व्यक्तिगत किर्तिमान बनाएका थिए सिपिएल टि-२० अन्तर्गत पहिलो खेलमा सेन्ट लुसिया जुक्स बिरुद्ध २३ रन खर्चेर १ विकेट लिएका सन्दिपको बलमा १ चौका र १ छक्का प्रहार भएको थियो।

त्यसपछि दोश्रो खेलमा ट्रिनबागो बिरुद्ध ३० रन खर्चेर १ विकेट लिएका सन्दिपले मात्र २ चौका दिएका थिए। त्यसपछि गायना बिरुद्ध तेश्रो खेलमा ८ रन खर्चेर २ विकेट तथा चौथो खेलमा गायना बिरुद्धनै १२ रन खर्चेर १ विकेट लिएका सन्दिपले दुवै खेलमा चौका/छक्का दिएनन्।

अब सन्दिपको टिम जमैकाले आगामी खेल बिहिबार बिहान बार्बेडोस बिरुद्ध खेल्नेछ जसमा कति बलसम्म सन्दिपले बाउन्ड्री दिने छैनन् त्यो हेर्न रोचक हुनेछ।

लिगकै तेश्रो किफायती बलर

लिग अन्तर्गत ४ खेलमा १६ ओभर बलिंग गरेका सन्दिपले ५ विकेट लिने क्रममा प्रतिओभर मात्र ४.५६ को औशतले रन खर्चेका छन्। उनि जारि लिगमै १० ओभर भन्दा बढी ओभर गर्ने बलरहरुमा तेश्रो सबैभन्दा किफायती बलर हुन्।

गायनाका देब्रे हाते स्पिनर अशमेड नेड सबैभन्दा किफायती बलर हुन् जसले १२ ओभर बलिंग गर्दा ४७ रन खर्चेर ३ विकेट लिएका छन् र मात्र ३.९१ प्रतिओभर रन खर्चिएका छन्। दोश्रो किफायती जमैकाकै बलर मुजिब उर् रहमान रहेका छन्।

रहमानले १६ ओभरमा ६७ रन खर्चेर ९ विकेट लिएका छन् र ४.१८ प्रति ओभर रन खर्चेका छन्। चौथो किफायती बलर ट्रिनबागो नाइट राइडर्सका स्पिनर सुनिल नारायणले ४.५८ प्रति ओभर रन खर्चेका छन्।

भर्खरै प्रकाशित

मुख्यमन्त्री शेरधन राईको बिहेपछि अविश्वास प्रस्ताव बारे छिनोफानो

५ माघ, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई ५० वर्षको उमेरमा ११ माघमा वैवाहिक बन्धनमा बाँधिदैछन् । त्यसको चार दिन पनि प्रदेशसभाको अधिवेशन…

स्थिरता र विकासका लागि ताजा जनादेश, तोकिएको मितिमा निर्वाचन जरुरी…

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा निर्वाचन…

प्रचण्ड माधवको आग्रह : ‘संविधानको रक्षा गर्न सबै सडक संघर्षमा…

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माधव-प्रचण्ड समूहका अध्यक्षद्वय माधव कुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक घोषणा विरुद्ध र संविधानको रक्षा…

विनम्रता पनि कहीँ लम्पसारवाद हुन्छ ?

समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्तापछि सन् २०१७ को अगस्ट २५ मा नयाँ दिल्लीको हैदराबाद हाउसमा नेपालका प्रधामनन्त्री शेरबहादुर देउवासहितको पत्रकार सम्मेलन चलिरहेको थियो ।…

हिउँदे अधिवेशनलाई मध्यनजर गर्दै झिक्न नमिल्ने गरी जोडियो प्रदेशसभाका कुर्सी

५ माघ, विराटनगर । प्रदेश १, प्रदेशसभाले माघ ७ गतेदेखि सुरु हुने हिउँदे अधिवेशनको तयारी गरेको छ । यो अधिवेशनमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको…