अमेरिकाले विच्याटमाथि प्रतिबन्ध लगाए हामी एप्पलका उत्पादन बहिष्कार गर्छौं : चीन

काठमाडौँ । अमेरिकाले ‘विच्याट’ माथि प्रतिबन्ध लगाए चीनले पनि अमेरिकी कम्पनी एप्पलका उत्पादन बहिष्कार गर्ने जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले शुक्रबार अमेरिकाले विच्याटमाथि प्रतिबन्ध लगाए चिनियाँ नागरिकले एप्पलको उत्पादन बहिष्कार गर्ने बताएका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्य सेप्टेम्बरदेखि चिनियाँ एपहरु ‘विच्याट’ र ‘टिकटक’ माथि प्रतिबन्ध लगाउने घोषणा गरिसकेका छन् । ट्रम्पले यी चिनियाँ एपका कारण अमेरिकाको राष्ट्रिय सुरक्षामा चुनौती थपिएको बताएका थिए ।

त्यसैले ट्रम्पले अमेरिकी कम्पनीलाई स्वामित्व नबेचे यी एपमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका थिए । पछिल्लो समय यसै विषयलाई लिएर पनि वासिङ्टन र बेइजिङबीच तनाव बढेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओले शुक्रबार ट्वीटमा भनेका छन्, ‘यदि विच्याटमाथि प्रतिबन्ध लगाउने हो भने चिनियाँ नागरिकले आइफोन र एप्पलका उत्पादन बोकिरहनुपर्छ भन्ने कुनै कारण देखिँदैन ।’

यसअघि बिहीबार नै प्रवक्ता झाओले भनेका थिए, अधिकांश चिनियाँ नागरिकले विच्याटमाथि प्रतिबन्ध लगाए आइफोन प्रयोग नगर्ने भनिसकेका छन् । अमेरिकाले योजनाबद्ध रुपमै गैरअमेरिकी कम्पनीहरुमाथि आक्रमण गरिरहेको छ ।’

झाओको टिप्पणीपछि चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ताले मिश्रित प्रतिक्रिया दिएका छन् । चीनमा ट्विटर प्रतिबन्ध भए पनि भर्चुअल प्राइभेट नेटवर्क(भीपीएन) को सहयोगमा चलाउने गरेको पाइन्छ ।

‘म एप्पल प्रयोग गर्छु, तर म मेरो देशलाई पनि उत्तिकै माया गर्छु । यो द्वन्द्व होइन,’ट्विटर जस्तै चिनियाँ प्लेटफर्म वेइपोका एक प्रयोगकर्ताले भन्छन् ।

‘एप्पल जतिसुकै राम्रो भए पनि यो एउटा फोन त हो । यसको साटो अर्को प्रयोग गर्न पनि सकिन्छ तर विच्याट फरक कुरा हो,’ अर्का प्रयोगकर्ता भन्छन्, ‘आधुनिक चिनियाँ नागरिक विशेषगरी व्यावसायिक मान्छेले विच्याटबिना बस्न सक्दैनन् ।’ चिनियाँ स्मार्टफोन बजारमा एप्पलले करिब ८ प्रतिशत हिस्सा ओगटेको बताइन्छ ।

चीनमा ‘वेक्जिन’ का नामले परिचित ‘विच्याट’ का प्रयोगकर्ता करिब एक अर्ब २० करोड रहेका छन् । अमेरिकामा मात्रै विच्याटका प्रयोगकर्ता करिब एक करोड ९० लाख भएको बताइन्छ ।

भर्खरै प्रकाशित

प्रधानमन्त्री ओलीको ब्रिफिङ : मोदीले दूत पठाउँछु भने, सामन्त पो…

काठमाडौं । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयललाई बालुवाटारमा रातारात भेट गरेपछि विवादमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले यो…

प्रहरीले अनुसन्धान थालेपछि भिटेनले प्राइभेट गरे भिडिओ

भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेपछि उनले युट्युबमा राखेको भिडि‌ओ प्राइभेट गरेका छन्। बिहीबार दिउँसोसम्म युट्युबको…

कैदी नभएपछि जेल बन्द गर्दै नेदरल्याण्डस्, नर्वेबाट पैँचोमा कैदी झिकाउँदै

विभिन्न खाले अ’पराधको कसुर प्रमाणित भएका दोषीहरुलाई कैदमा राख्नका लागि दुनियाँका सबैजसो देशमा जेलको व्यवस्था छ । विश्वका अधिकांश देशमा अ’पराधको दरमा बढोत्तरी भैरहेको छ…

एप्पलकै बाटो पछ्याउदै सामसुङ, स्मार्टफोनसँग चार्जर र इयरफोन नदिने

एप्पलले हालै सार्वजनिक आइफोन १२ सिरिजसँग चार्जर तथा इयरफोन नदिने घोषणा गरेसँगै आइफोन प्रयोगकर्ताहरु मात्र होइन विभिन्न स्मार्टफोन कम्पनीहरुले पनि एप्पलको आलोचना गरे । यद्यपि…

अपर्झट पुगेको प्रहरीलाई झुक्याउन जुवाडेहरू आपसमा टीकाटालो गरेको अभिनय गर्नथालेपछि

बाँकेको नेपालगञ्जवाट साढे २९ लाख रकमसहित प’क्राउ परेका दस जना जुवाडेलाई प्रहरीले सार्वजनिक गरेको छ। प’क्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ का सन्तोष…