काठमाडौं। भारत र चीनबीच तनाव बढिहरेका बेला चीनको सरकारी सञ्चार माध्यम ग्लोवल टाइम्सले एक सर्वे गरेको छ। चिनियाँ एक एजेन्सीसँग मिलेर भारत–ची सम्बन्धका बारेमा सर्वे गरिएको ग्लोवल टाइम्सले जनाएको छ।
सर्वेमा करिब २ हजार मानिस सहभागी रहेको जनाइएको छ। सर्वोमा बेइजिङ, वुहान, सांघाई शहरका मासिहरु सहभागी रहेको ग्लोवल टाइम्सले जनाएको छ। सर्वेमा सहभागी मध्ये ९० प्रतिशतले भारत र चीनबीच तनाव हुँदा सैन्य कारबाही गर्नुपर्ने मत जाहेर गरेका छन्।
यस्तो सर्वे भारत र चीनबीच सीमा क्षेत्रमा तनाव जारी रहेका बेला गरिएको हो। हालै लद्दाखमा चीन भारतका सेनाबीच भएको हिं’स्रक झ’ड’पामा २० जना भारतीय सै’निक मा’रिएका थिए। सो घ’ट’नायता भारत र चीनबीच त’नाव जारी छ।
ग्लोवल टाइम्सका अनुसार सर्वेमा सहभागी ५१ प्रतिशत मानिसहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मन पराउने बताएका छन्।
यस्तै ७० प्रतिशतले चीन र भारतबीच श’त्रुता’पूर्ण व्यवहार रहेको विचार राखेका छन्। जबकी २६ प्रतिशतले भारतलाई राम्रो छिमेकी भनेका छन्। यो सर्वे १७ देखि २० अगस्टसम्म गराइएको थियो।
भारत र चीनबीच सीमामा तनाव बढेपछि दुबै मुलुकहरुले ठूलो संख्यामा से’ना सीमा क्षेत्रमा तैनाथ गरेका छन्। सीमा क्षेत्रमा ल’डा’कु विमान र अ’त्या’धुनिक ह’ति’यार पनि दुबैतर्फ जम्मा पारिएको छ। तर, दुबैदेशबीच कूटनीतिक स्तरमा पनि लगातार वार्ताहरु भइरहेका छन्। भारत र चीनबीच १९६२ मा यु’द्ध भइसकेको छ। जसमा भारतले प’राजय भोगेको थियो।