जतिनै कडा गरेपनि नेपालमा ६४ प्रतिशत जनसंख्या संक्रमित हुनसक्ने, खराब अवस्थामा ४९ हजार बढीको मृ’त्यु

काठमाडौं । नेपालमा कोभिड–१९ को सम्भावित अवस्थाबारे गरिएको गणितीय मोडलिङले निकै भयावह अवस्थाको संकेत गरेको छ । गत मेइमा गरिएको यस मोडलिङ २५ अगस्टमा रिलिफ वेव वेवसाइटमा प्रकाशित छ ।

यस पूर्वानुमानअनुसार अति खराब अवस्थामा २०२० को अन्त्यसम्म नेपालको ८१ प्रतिशत जनसंख्यामा संक्रमण देखिनसक्छ । त्यस्तै ४९ हजार २ सयको ज्या’न जानसक्छ ।

रिपोर्टअनुसार कडाई अति नै भएपनि वर्षको अन्त्यसम्म ६४ दशमलव ८ प्रतिशत जनसंख्यामा कोरोना संक्रमण देखिनेछ, ३२ हजार २ सयको ज्या’न जानेछ ।

मोडलिङ गर्दाको अवस्थामा नेपालमा केवल ९९ जनामा सं’क्रमण देखिएको थियो । अक्सफोर्ड विश्वविद्यालयका लागि प्रोफेसर लिसा ह्वाइट, डाक्टर निकोलास लिट्चफर्ड, डाक्टर सुनिल पोखरल, डाक्टर दिप्ती लता र डाक्टर रसिद जमानले नेपालमा कोभिड–१९ रणनीतिबारे मोडलिङ रिपोर्ट तयार गरेका हुन् ।

यस्तो छ पूर्वानुमान 

रोकथामको रणनीति अति खुकुलो भएको अवस्थामा झन्डै ८१ प्रतिशत जनसंख्या संक्रमित हुनेछ । अति खुकुुलो अवस्था भन्नाले सुरुवाती ८ देखि १० हप्ता लकडाउनपछि सबै क्षेत्र एकैपटक खुकुुलो गर्ने भन्ने हो । यस अवस्थामा वर्षको अन्त्यसम्म ४९ हजार २ सय जनाको ज्या’न जानसक्छ । जुनदेखि सेप्टेम्बरसम्म महामारी उच्च अवस्थामा हुनेछ ।

यतिबेला दैनिक अधिकतम ८ लाख ४६ हजार नयाँ व्यक्तिमा संक्रमण फैलनसक्छ, तर सरकारी निकायले यसको १० प्रतिशतभन्दा कम अर्थात् ७५ हजार जनाको मात्रै पहिचान गर्नसक्छ । (नोट – यस्तो दुुुुभाग्र्य टरिसकेको छ । )

कडाई मध्यम अवस्थामा रहे वर्षसको अन्त्यसम्म ७३ दशमलव १ प्रतिशत जनसंख्या संक्रमित हुुने प्रक्षेपण गरिएको छ । यस अवस्थामा जुलाईको मध्यदेखि अक्टुुबरको सुरुवातसम्म संक्रमणको जोखिम उच्च हुनेछ । दैनिक अधिकतम ५ लाख ४८ हजारमा संक्रमण देखिएपनि स्वास्थ्य संस्थाले गर्ने चेकजाँचमा दैनिक ५० हजारको हाराहारीमा मात्रै पहिचान हुनेछ । यस अवस्थामा ४४ हजार २ सयको मृ’त्युु कोरोनाका कारण हुनसक्छ । यस अवस्थामा सरसफाईको प्रभाव २० प्रतिशत, विद्यालय बन्द (८५ प्रतिशत) र भ्रमण प्रतिबन्धको प्रभाव ९० पर्ने आँकलन गरिएको छ ।

यस मोडलअनुसार अति कडाई गर्दा पनि ६४ दशमलव ८ प्रतिशतमा वर्षको अन्त्यसम्म कोरोना देखिनसक्छ । जुनको मध्यदेखि अक्टुुबरको सुरुवातसम्म महामारी उच्च अवस्थामा हुनेछ । उच्च अवस्थामा छँदा दैनिक ५ लाख ३१ हजारमा कोरोना देखिनेछ, तर स्वास्थ संस्थामा त्यसको १० प्रतिशतभन्दा कम अर्थात् अधिकतम ४६ हजार ८ सय संक्रमितको मात्रै पहिचान हुुनेछ । यस अवस्थामा सेल्फ आइशोलेशनको प्रभावकारीता ५० प्रतिशत रहनेछ । वर्षको अन्त्यसम्म ३२ हजार ९ सय व्यक्तिको मृ’त्यु कोरोनाका कारण हुनेछ ।

भर्खरै प्रकाशित

रहेनन् दाङका एक निर्भिक र निडर पत्रकार अधिकारी

दाङ । दाङ घोराही निवासी पत्रकार दामोदर अधिकारीको कोरोना भाइरस संक्रमनका कारण नि’धन भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १७ बेलभार निवासी ४० बर्षीय…

खाडी मुलुक हिँडेका १२६ जना विमानस्थलबाटै फर्काइए

काठमाडौं । कोरोना परीक्षणसम्बन्धी सुरिया ल्याबको रिपोर्ट बोकेका १२६ जनालाई विमानस्थलबाटै फर्काइएको छ। खाडी मुलुक उड्ने तयारीमा रहेका १२६ जना नेपाली र भारतीय कामदारलाई त्रिभुवन…

एसएलसी फेल भएर दुबई गए, बुर्ज खालिफामा काम गरेर ‘इञ्जिनियर’…

घुम्नका लागि दुबई जाने धेरैजसो बुर्ज खालिफा चढेर मात्र फर्कन्छन्। नभए, यो टावरलाई पृष्ठभूमि पारेर फोटो खिचाउन त प्राय: कसैले छोड्दैनन्। विख्यात अमेरिकी आर्किटेक्ट एड्रिन…

रुख चढेर क्रिकेट हेर्ने नेपाली दर्शकको बेन कुपरले गरे तारिफ

काठमाडौंमा अहिले त्रिकोणात्मक टी-२० सिरिज क्रिकेट चलिरहेको छ । गत शनिबारदेखि सुरु भएको सिरिजमा सुरुको तीन दिन दर्शकसहितको खेल भएको थियो । तर सरकारको पछिल्लो…

जथाभावी मास्क फ्याँक्नेलाई कारबाही हुने, अब पाँच दिनसम्म मास्कलाई सुरक्षित…

काठमाण्डौ । कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि काठमाण्डौ उपत्यकामा कडाइ गर्न थालिएको छ । स्थानीय प्रशासनमार्फत स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा विशेष निगरानी थालिएको छ । विशेषगरी…