२०० अर्ब मालिक बने अमेजनका संस्थापक जेफ, ४ वर्षको उमेरमै छुटेको थियो आमा बाबाको साथ

अमेजनका संस्थापक तथा सीइओ जेफ बेजोसको सम्पत्ति दुईसय अर्ब डलर (२०० बिलियन डलर) नाघेको छ । योसँगै उनले सवैभन्दा धनी व्यक्तिको रुपमा रेकर्ड बनाएका छन् । ब्लूमबर्ग बिलियेनियर इन्डेक्सका अनुसार बुधबार जेफ बेजोसको कुल सम्पत्ति दुईसय अर्ब डलर नाघेको छ । यससँगै बेजोस विश्वको पहिलो व्यक्ति बनेका छन् जोसँग दुईसय अर्ब डलरको सम्पत्ति छ ।

यस्तो छ विश्वको सबैभन्दा धनी व्यक्तिको कथा

बच्चामा थियो पैसाको समस्या

जेफ बेजोस आज अरबौंको मालिक छन् । तर उनको जीवनमा एक समय यस्तो थियो जब उनीसँग पैसाको अभाव थियो । बेजोस ४ वर्षको हुँदा उनका बुबाले छाडेर गए ।

आमाले दोस्रो विवाह गरिन् । उनको बाल्यकाल आमा बुबाको प्रेम बिना नै बित्यो । आमाले दोस्रो विवाह गरेपछि उनको पालन पोषण मामाघरका हजुरबुबाले गरेका थिए ।

पढाइमा अब्बल बेजोस सधैं घरमा रहेका सामानहरु खोल्ने र हेर्ने गर्थे र फेरी जोड्थे । उनको यही लगनले उनलाई एक यस्तो कम्पनी खडा गर्न सफल बनायो र ऊ विश्वको सबैभन्दा धनी मानिस बन्न सफल भयो । जेफ बेजोसको पुरा नाम जेफ प्रेस्टन बेजोस हो । जेफको जन्म १२ जनवरी १९६४ मा भएको थियो । जेफ एक अमेरिकी इन्टरनेट उद्यमी र लगानी कर्ता हुन् ।

सन् १९९४मा अमेजनको सुरुवात

जेफ बेजोसले १९८६ मा प्रिन्स्टन विश्वविद्यालयबाट स्नातक गरे र त्यसपछि कम्प्यूटर साइन्सको क्षेत्रमा काम गरे । त्यसपछि जेफले फिटेल भन्ने कम्पनीको लागि नेटवर्क निर्माण गर्ने काम गरे । १९९४ मा न्यूयोर्कबाट सिएटलसम्मको यात्रा पछि उनले अमेजन डट कम को स्थापना गरे ।

सकारात्मक कार्यको प्रभाव

एक अन्तर्वार्तामा जेफ बेजोसले भनेका छन् कि उनी यस्ता कर्मचारीहरु मन पराउँछन् जो सबैभन्दा अधिक सकारात्मक हुन्छन् । जसको कार्य प्रदर्शनमा निरन्तरता हुन्थ्यो ।

बेजोसका अनुसार सकारात्मक उर्जा भएका व्यक्तिहरु कुनै पनि कम्पनीका लागि अत्यन्त महत्वपूर्ण हुन्छन् र यस्तै व्यक्तिहरुले हो कम्पनीले अगाडी बढाउने पनि । यसबाट थाहा हुन्छ कि बेजोसको आफ्ना कर्मचारीहरुसँग निकै राम्रो सम्बन्ध रहन्छ । र उनी अधिकांश समय आफ्ना कर्मचारीहरु बीचमा बिताउँछन् ।

चुनौति लिन नहिच्किचाउनुहोस्

बेजोसका अनुसार उनी चुनौतिसँग कहिल्यै डराउँदैनन् र चुनौति लिन सक्ने क्षमता भएका मानिसलाई मन पराउँछन् । चुनौति लिन सक्ने व्यक्तिहरुले राम्रो नतिजा प्राप्त गर्नका लागि मुस्किल बाटो रोज्छन् । बेजोसले भने, ‘म पनि त्यस्ता व्यक्तिहरुलाई छनौट गर्नुअघि उसको ट्र्याक रेकर्ड हेर्न चाहन्छु ।’

भर्खरै प्रकाशित

हामीले थालेको आन्दोलन बल्ल सुरु हुँदै छ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो विदाई सम्बोधनको क्रममा आफूहरुले थालेको आन्दोलन बल्ल सुरु हुन थालेको बताएका छन् । एक भिडियो सम्बोधनमा ट्रम्पले भनेका…

नेपाल जतिसुकै भारत विरोधी भएपनि हामी नेपालसंग शत्रुताको कल्पना पनि…

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिएको भन्दै भारतको आलोचना भइरहेका बेला भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालसँग शत्रुता कल्पना पनि गर्न नसकिने बताएका…

चीनको अर्को चमत्कार : प्रतिघण्टा ६ सय २० किलोमिटर कुद्न…

एजेन्सी । चीनले नयाँ हाई स्पिड रेलको प्रोटोटाइप अर्थात् डिजाइन सार्वजनिक गरेको छ । यो रेल ६ सय २० किलोमिटर प्रति घण्टासम्मको गतिमा कुद्न सक्ने…

भारतले आजबाट नेपाललाई अनुदानमा खोप दिने

काठमाडौं । भारतले नेपाललाई कोरोनाबिरुद्धको खोप अनुदानमा दिने भएको छ । भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिडविरुद्धको खोप ‘कोभिसिल्ड’ छिट्टै नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या…

नागरिक एपको समस्या हटाउन अर्को एप बनाइँदै

नागरिक एपको समस्या हटाउन सरकारले अर्को अनलाइन प्रणाली बनाउन सुरु गरेको छ। धेरै सेवाग्राहीको नागरिकता नम्बर मेल नखाएकोले नागरिकतामा भएका सानातिना गल्ती सच्याउन अनलाइन प्रणाली…