मोटा व्यक्तिमा कोरोना भाइरस संक्रमणको ख तरा बढी रहेको एक अध्ययनले देखाएको छ । मोटा तथा बढी वजन भएका व्यक्तिमा कोरोना संक्रमणको ख तरा कम वजन भएकामा भन्दा निकै बढी हुने पाइएको छ।
नर्थ क्यारोलिना विश्वविद्यालयका एक समूहले विश्वमा करिब चार लाख मानिसहरूमा गरिएको ७५ वटा अनुसन्धानमा अध्ययन गरेको छ ।
एक अध्ययनअनुसार मोटोपन भएका मानिसहरूलाई कोरोना संक्रमण भएमा उपचारका लागि अस्पतालमा भर्ना हुने जोखिम बढी हुन्छ । उनीहरूसँग यो जोखिम सामान्य मानिसमा भन्दा दुई गुणा बढी देखिन्छ ।
अमेरिकी अनुसन्धानकर्ताहरूले भनेका छन्, मोटाईले मधुमेह र उच्च रक्तचापको जोखिमलाई बढाउँछ । यदि प्रतिरक्षा प्रणाली कमजोर छ भने, तब संक्रमित व्यक्ति गम्भीर बिरामी हुन सक्छ ।
त्यसैले अनुसन्धानले सम्भावित खोप मोटो मानिसहरुमा कम प्रभावकारी हुन सक्छ भन्ने डर रहेको जनाएको छ ।
वृद्ध उमेरमा पनि कोरोना खोपको सकारात्मक प्रभाव
मेरिकी औषधी उत्पादन कम्पनी मोडर्ना इन्कर्पोरेशनले विकास गरिरहेको कोरोना खोपले वृद्ध उमेरका व्यक्तिमा पनि सकारात्मक प्रभाव परेको बताइएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार कम्पनीले बुधबार यसबारे जानकारी दिएको हो।
उक्त खोपले वयस्क उमेरका मानिसमा झैँ वृद्ध उमेरका मानिसमा पनि प्रतिरक्षात्मक प्रणाली विकास गरेको कम्पनी दाबी गरेको छ। यसले बढी उच्च जोखिममा हुने भनिएका वृद्ध उमेरका मानिसका लागि सकारात्मक समाचार सञ्चार गरेको छ।
तेस्रो चरणको परीक्षणमा रहेको खोपले ५६ देखि ७० वर्षभित्रका मानिसमा विकास गरेको प्रतिरक्षा प्रणाली ७० वर्षभन्दा माथि तथा १८ देखि ५५ वर्ष उमेरमा निर्माण गरेको प्रतिरक्षा प्रणाली समान देखिएको छ।
यसैबीच खोप निर्माताहरूले वृद्ध उमेरका लागि काम गर्नेमा स्वास्थ्य अधिकारीहरूले चासो व्यक्त गरेका छन्। सामान्यतः खोपले वृद्धावस्थाका मानिसमा राम्ररी प्रतिक्रिया नदिने भएकाले अधिकारीहरूले यस्तो चिन्ता व्यक्त गरेका हुन्। कम्पनीले १३ हजार बढी सहभागीहरूमा परीक्षण गरेको थियो। जसमध्ये करिब १८ प्रतिशत काला जाति, ल्याटिन तथा अमेरिकी आदिवासी रहेका थिए।
हाल विभिन्न देशका औषधी उत्पादक कम्पनीहरूले तेस्रो चरणको खोप परीक्षण गरिरहेका छन्। रुसले भने खोप उत्पादनका लागि अनुमतिसमेत दिइसकेको छ।
गत डिसेम्बरदेखि फैलिएको कोरोना भाइरसबाट हालसम्म विश्वमा २ करोड ४१ लाख ७८ हजार बढी संक्रमित भइसकेका छन्। जसमध्ये ८ लाख २५ हजार ७११ को ज्यान गएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकमा उल्लेख छ।