चिनियाँ भिभोपछि आईपीएललाई अर्को झट्का : फेरी अर्को प्रायोजक कम्पनीले साथ छोड्यो

एजेन्सी । १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) को मिति नजिकिदै गर्दा आईपीएललाई फेरी एक कम्पनीले साथ छोडेको छ ।

यसअघि मुख्य प्रायोजन गर्दै आएको चिनियाँ मोबाइल कम्पनी भिभोले मुख्य प्रायोजन गर्नबाट हात उठाएको केहि हप्ता पछि अहिले एसोसियट प्रायोजक फ्युचर ग्रुपले पनि प्रायोजन नगर्ने घोषणा गरेको छ ।

पछिल्लो पाँच वर्ष देखि फ्युचर ग्रुप आईपीएलसँग जोडिएको थियो । योसँगै भर्खरै मुख्य प्रायोजन खोजिरहेका बेला भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई ) लाई फेरी अर्को कसरत गर्नुपर्ने भएको छ ।

मुख्य प्रायोजन गर्दै आएको भिभोले साथ छोडेपछि अहिले भारतको अग्रणी गेमिङ फ्यान्टसी कम्पनी ड्रीम-११ आईपीएलसँग २ सय ३२ करोडमा जोडिएको छ ।

ठूलो रकमसहित आईपीएलसँग जोडिएको भिभोले पछिल्लो समय भारत र चीनबीच सिमा विवाद जारी रहँदा भारतमा चिनियाँ विरोधी जनलहरसँगै चिनियाँ सामाग्री प्रयोगमा नल्याउने अभियान चल्दै गर्दा त्यसैलाई मध्यनजर गर्दै आपसी समझदारीमा साथ छोडेको थियो।

भारतीय संचारमाध्यमका अनुसार माहोल ठिक भएको खण्डमा भिभो पुन : आईपीएलसँग जोडिने उत्तिकै सम्भावना रहेको छ । त्यसकारण बिसीसीआईले ड्रीम-११ सँग यहीँ वर्षको लागि मात्र सम्झौता गरेको छ । यदि भिभो फर्किन चाहेमा ड्रीम-११ को विदाई हुने छ । भिभो जोडिन नआएको खण्डमा भने ड्रीम-११ ले नै निरन्तरता पाउँने छ ।

यता यस संस्करणको आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म युएईमा हुँदैछ । प्रतियोगितालाई लिएर तयारी पनि तीब्र गतिमा अहिले जारी रहेको छ ।

भर्खरै प्रकाशित

क्यान्सर पिडित खनालको उपचारकालागि जापानमा दुई हप्तामै संकलन भयो साढे…

काठमाडौँ  । विद्यार्थी भिसामा जापान गएका सुदूरपश्‍चिम प्रदेश लम्किचुवा-२ कैलालीका क्यान्सर पिडित केशव खनालको उपचारका लागि जापानमा दुई हप्तामै साढे ५१ लाख रुपैयाँ संकलन भएको छ…

धुर्मुस-सुन्तली फाउण्डेसनलाई भरतपुर महानगरले दियो चार करोड

चितवन । धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिका १५ मा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढाउन भरतपुर महानगरले बुधबार धुर्मुस सुन्तली फाउण्डेसनलाई…

बिपन्न परिवारमा जन्मीएका कमान सिंह थापाको ‘कार्यालय सहयोगीदेखि उपसचिव सम्मको…

दुर्गम पहाडी जिल्ला रोल्पा नगरपालिका ४ तित्रिकोटको बिपन्न परिवारमा जन्मीएका ३३ वर्षिय कमान सिंह थापामगर नेपाल सरकारको उपसचिवमा सिफारीस भए पछि गाउँ नै खुसि भएको…

यातायात कार्यालयको सोफामा भेटियो २ लाख २३ हजार रुपैयाँ

१४ माघ, जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालयको सोफामा लुकाएको २ लाख भन्दा बढी रुपैयाँ फेला पारेको छ । लाइसेन्स…

भाइरल सचिन : राजेश हमालसँग भिडियोदेखि ‘मेरी बास्सै’मा अभिनयसम्म

नेपाली गीतसंगीत पछिल्लो केही समयदेखि भ्यूज, ट्रेन्डिङ र टिकटकमा रमाएको छ । गीत सफलताको मापन त्यसको शब्द, संगीत, स्वर र भिडियो भन्दा पनि भ्यूज, ट्रेन्डिङ…