दाउद इब्राहिमकी नयाँ प्रेमिका यी चर्चित नायिका : ६४ वर्ष पुगेका दाउदको २७ वर्ष कान्छी प्रेमिका

मुम्बई ह’मला’का मुख्य आरोपी दाउद इब्राहिमका नाम आजकाल पाकिस्तानको प्रमुख फिल्म अभिनेत्री ‘ग्ल्यामरस गर्ल’ मेहविश हयातसँग जोडिँदै छ । दाउदले हयातलाई थुप्रै फिल्ममा काम दिलाएको बताइन्छ भने मेहविशलाई ‘ग्याङ्गस्टर गुडिया’ को नामले पनि चिनिन्छ ।

प्रधानमन्त्री इमरानसँग पनि नजिकको सम्बन्ध, पाइन् सम्मानः

भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार हयातको दाउदसँग मात्रै नभई थुप्रै क्रिकेटर र पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग पनि नजिकको सम्बन्ध छ । गत वर्ष मेहविश हयातलाई पाकिस्तानको नागरिक पुरस्कारमध्ये एक तमगा–ए–इम्तियाजबाट सम्मान गरिएको थियो ।

उनले उक्त सम्मान पाएपछि विभिन्न चर्चा परिचर्चा भएका थिए । थुप्रै मानिसहरुले हयातको थुप्रै शक्तिशाली मानिसहरुसँग सम्बन्ध भएका कारण उक्त पुरस्कार पाएको बताएका थिए । एक प्रमुख वेबसाइटले त्यति नै बेला दाउद इब्राहिमसँग उनको निकटताबारे पनि संकेत दिएको थियो ।

आइटम नम्बर गरेपछि पाइन् चर्चाः

आफ्नो सुन्दरताका लागि परिचित हयात पाकिस्तानकी एक चर्चित गायिका पनि हुन् र उनले थुप्रै पटक चर्चित हस्तीसँग कार्यक्रम सञ्चालन पनि गर्ने गरेकी छिन् । यीमध्ये क्रिकेट खेलाडी, राजनेता र उद्योगपती पनि छन् । मिडिया रिपोर्टका अनुसार हयातले पाकिस्तानी फिल्ममा आइटम नम्बर गरेपछि चर्चा पाइन् । त्यसपछि उनी दाउद इब्राहिमको सम्पर्कमा आइन् र उनकै कारण उनले थुप्रै हाई बजेट फिल्ममा काम पनि पाइन् ।

दाउदले पाकिस्तानका फिल्मी उद्योगमा लगानी गर्ने गरेको पनि बताइन्छ । उनको कराची र लाहौरा थुप्रै ठूला निर्माता र निर्देशकसँग सम्बन्ध भएको पनि जानकारीमा उल्लेख छ ।

सोसल मिडियामा भइरहेकी छिन् ट्रोलः

दाउद इब्राहिम ६४ वर्ष पुगे । उनीभन्दा २७ वर्ष कान्छी ३७ वर्षकी हयातको ट्वीटरमा १४ लाख फलोअर्स छन् । हालै हयातलाई सोसल मिडियामा निकै ट्रोल गरिएको थियो । थुप्रै भारतीयले उनलाई ट्वीटरमा ट्रोल गर्दै लेखेका छन्, ‘जसले सन् १९९३ मा मुम्बईमा बम बिस्फोटमार्फत् सयौं निर्देष मानिसहरुको हत्या गरेका थिए, त्यस्ता व्यक्तिसँग उनी कसरी निकट हुन सक्छिन् ?’

पाकिस्तानका मानिसहरुले पनि हयातलाई सर्वोच्च नागरिक सम्मानबाट सम्मानित गरेकोमा प्रश्न उठाएका छन् ।

मविरुद्ध षड्यन्त्र रचिदैछः हयात

ट्वीटरमा ट्रोल भएपछि हयातले उनीविरुद्ध षड्यन्त्र रचिएको बताएकी छिन् । उनले दाउदसँग आफ्नो सम्बन्ध अस्विकार गर्दै उनीसँग भेटघाट गर्ने व्यक्तिले नै यस्तो अफवाह फैलाएको उनको आरोप छ । स्रोतः जीन्यूज

भर्खरै प्रकाशित

२२ वर्षे ब्लगर : जसले इन्टाग्रामको एक पोष्टबाट १५ लाख…

फेसबुक, टि्वटर तथा इन्स्टाग्राम जस्ता सोसल मिडियामा दैनिक करोडौँ प्रयोगकर्ताहरुले विभिन्न सामाग्रीहरु पोष्ट गर्ने गर्छन् । आफ्ना विचार, गतिविधि, तस्वीर, भिडियो, टिप्पणी जस्ता सामाग्रीहरु सोसल…

दैनिक ३ करोडभन्दा बढीको बिजुली खेर जाँदै

काठमाडौं । यो साता केही दशैंका कारण विद्युतको माग धेरै कम भयो । सामान्यतयाः दशैंका बेलामा यसरी बिजुलीको मागमा भारी कमी आउँछ । दशैंका कारण…

दसैं मान्न घर आएका युवामा कोरोना पुष्टि, पाँच दिनका लागि…

बागलुङ : जिल्लाको काठेखोला गाउँपालिका ३ धम्जा पाँच दिनका लागि सिल गरिएको छ । दसैं मनाउन घर आएका एक युवामा दसैंकै दिन कोरोना संक्रमण पुष्टि…

मङ्गल ग्रहमा तीनवटा भूमिगत ताल, हिउँ पग्लिने तापक्रम छैन तर…

मङ्गल ग्रहको दक्षिणी ध्रुवनजिकै तीनवटा नयाँ भूमिगत ताल फेला परेका छन्। वैज्ञानिकहरूले सन् २०१८ मा सङ्केत पाइएका पाइएकामध्ये एकचौथाइ वास्तवमै अस्तित्वमा भएको पुष्टि गरेका छन्।…

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे कार्तिक १९ गते नेपाल आउंदै

काठमाडौँ । भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे कार्तिक १९ गते चार सदस्यीय भ्रमण दलकासाथ नेपाल आउँदै आउने भएका छन् । प्रधान सेनापति पूर्णचन्द्र थापाको…