नेपालीकै कारण भारतको ४ हजार ५ सय करोडको अर्थतन्त्रमा ठूलो धक्का

काठमाडौं। नेपाली श्रमिक नपाउँदा भारतको ४ हजार ५ सय करोडको स्याउ व्यवसायलाई नराम्रो धक्का लागेको छ । कोभिड–१९ महामारीका कारण सीमा बन्द भएपछि दक्ष नेपाली कामदार भारत जान नसक्दा भारतको हिमाचल प्रदेशका स्याउ उत्पादकहरुले निकै महंगो मूल्यमा श्रमिकलाई काममा लगाउनु परेको हिन्दूस्तान टाइम्सको रिपोर्टमा उल्लेख छ ।

अहिले हिमाचल प्रदेशको तल्लो पहाडी क्षेत्रमा स्याउ टिप्ने काम भइरहेको छ र त्यहाँका स्याउ उत्पादकहरु दक्ष नेपाली कामदारको खोजीमा छन् । ४ हजार ५ सय करोडको स्याउ अर्थतन्त्रका लागि दक्ष नेपाली कामदार मेरुदण्ड हुन् ।

कोभिड १९ महामारीका कारण मात्र नभइ पछिल्लो समय नेपाल र भारतबीच सीमा विवादका कारण सम्बन्ध बिग्रिएकोले पनि नेपालबाट भारतमा श्रमिक जान अवरोध सृजना भएको छ । शिमला, कुल्लु, किन्नौर, मन्दीसहित चम्बा र सिरमौर जिल्लाका केही भागहरुमा मुख्य आयस्रोत नै स्याउ अर्थतन्त्र हो । त्यहाँको तल्लो पहाडी क्षेत्रमा स्याउ टिप्ने सिजन अब सकिँदैछ र उच्च पहाडी क्षेत्रमा भने मध्य अक्टोबरसम्म जारी रहनेछ ।

यहाँका स्याउ बगैंचामा काम गर्ने कैयौं नेपाली कामदार नेपाल–भारतबीच सीमा विवाद भएपछि घर फर्केका छन् । काममा फर्केर केही कमाउन चाहने अन्य नेपाली कामदार पनि सीमा बन्द भएका कारण जान सकिरहेका छैनन् ।

नेपालको अछाम जिल्लाको नड्डा गाउँका ४२ वर्षका सोमनाथ जैसीले स्याउ बगैंचामा एक वर्षको ६ महिना काम गर्थे तर अहिले उनी काममा फर्किन सकिरहेका छैनन् । ‘पहिलो चोटी हामी जान खोज्दा बनबासामा भारतीय सुरक्षाकर्मीले राखे, फेरि अर्को पटक जान प्रयास गर्दा नेपाली सुरक्षाकर्मीले रोके’ उनले भने ।

यसअघि हिमाचल प्रदेश सरकारले राज्यबाहिरबाट आउने श्रमिकलाई बगैंचामै १४ दिन क्वारेन्टाइनमा राखेर काममा लगाउन अनुमति दिएको थियो । तर, अहिले सरकारले नियममा कडाइ गर्दै ती श्रमिकलाई सरकारी भवन नजिकै बनाइएका क्वारेन्टाइन स्थलमा बस्नुपर्ने अनिवार्य बनाएको छ ।

त्यसरी बसेका श्रमिकलाई खानासहित अन्य सबै सुविधा बगैंचा मालकले दिनुपर्ने नियम छ जसले उनीहरुलाई समस्या थपेको छ । कुल्लु जिल्लाका स्याउ उत्पादक ज्ञानचन्द ठाकुर भन्छन् ‘अहिले उपलब्ध भएका श्रमिक भनेको स्थानीय र मन्दी जिल्लाका हुन् । अहिले कुनै पनि नेपाली श्रमिक छैनन् । भएका श्रमिकलाई दैनिक १ हजार ज्याला दिने बाहेक हामीसँग विकल्प छैन ।’

शिमलाको कोटगढका उत्पादक पनि श्रमिकलाई अधिक ज्याला दिन बाध्य भएका छन् । यहाँ भएका सीमित नेपाली कामदारको माग उच्च छ त्यसैले उनीहरुले अघिल्ला वर्षभन्दा धेरै ज्याला मागिरहेका छन् । कोटगढका आलोक चौहानले भने ‘यस वर्ष एक जना नेपाली श्रमिकले ५०० दैनिक ज्याला लिन्छन् ।

यो अघिल्लो वर्षको भन्दा १ सय बढी हो ।’ यहाँका श्रमिकले पछिल्लो समय निर्माणका काममा रुचि देखाउन थालेका छन् । निर्माणको काम गर्नेहरुले दिनको ७ सय रुपैयाँ ज्याला सोही दिन पाउने भएकोले उनीहरुले स्याउ टिप्ने काममा रुचि नदेखाउँदा स्याउ उत्पादकलाई समस्या थपिएको छ ।

भर्खरै प्रकाशित

रोल्पाली मह दैनिक एक चम्चा, स्वास्थ्यमा हुनेछन् फाइदै फाइदा

लमजुङ । लमजुङमा सासू–ससुरालाई स्याहार–सुसार गर्ने बुहारीहरूलाई सम्मान गरिएको छ । वृद्ध सासू–ससुरालाई सम्मानपूर्वक स्याहार–सम्भार, पालनपोषण गर्ने बुहारीहरूलाई सम्मानित गरिएको हो । ज्येष्ठ नागरिक समाज…

रोल्पाली मह दैनिक एक चम्चा, स्वास्थ्यमा हुनेछन् फाइदै फाइदा

काठमाडौं । शताब्दियौंदेखि महको प्रयोग महत्त्वपूर्ण औषधिका रूपमा भइरहेको छ । यसको सेवनले स्वास्थ्यसम्बन्धी समस्या निर्मूल पार्छ । सुन्दरता बढाउन समेत यसको प्रयोग गरिन्छ ।…

धान्नै नसक्ने गरी कोरोना संक्रमित बढ्ने संकेत प्राप्त भयो :…

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक ४ दिनमा कोरोना संक्रमण दोब्बर बनिरहेको बताएको छ। बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर…

सर्वोच्च अदालतको आदेश : अख्तियारले स्टिङ अपरेसन गर्न नपाउने

काठमाडौँ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अपरेसन गर्न नपाउने फैसला सुनाएको छ । घुस लिने व्यक्ति प’क्राउ गर्न आयोगले स्टिङ अपरेसनबाट संकलन…

‘हेभी ल्यान्डिङ’ ले बिग्रिएको वाइडबडीको गियर राख्‍न २२ करोड खर्च…

नेपाल एयरलाइन्सको एयरब ए-३३० वाइडबडी जहाजको ल्यान्डिङ गियर प्रतिस्थापन गर्न २२ करोड खर्च हुने भएको छ। गएको पुसमा नेपाल एयरलाइन्सको ‘एन नाइन–एएलजेड’ नेपाली दर्ता नम्बर…