बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निध नपछि नेपोटिजमको मुद्दाको विषयमा सोसल मिडियामा चर्चित फिल्मनिर्माता करन जोहरमाथि कंगना रनौतका साथै थुप्रै सोसल मिडिया प्रयोगकर्ताले प्रश्न उठाए ।
यस्तै करन जोहरले बहसमाथि कुनै पनि प्रतिक्रिया दिएका छैनन् । यतिमात्रै होइन, उनले दुई महिनासम्म आफूलाई सोसल मिडियामा अलग पारे ।
अब उनी बिस्तारै सोसल मिडियामा फिर्ता भइरहेका छन् । गत शनिबार उनले ट्वीटरमा फिर्ती जनाए तर यसपटक पनि उनले ट्रोलिङको सामना गर्नुपर्यो । महिनौंपछि गरिएको उनको ट्वीटर पोस्टमा विभिन्न प्रतिक्रिया आइरहेका छन् जसमा प्रयोगकर्ताले करनलाई विभिन्न प्रश्नले घेरिरहेका छन् ।
करनले केही दिन अघि भारतको स्वतन्त्रता दिवसको मौकामा इन्स्टाग्राममा पोस्ट गरेका थिए । यसका साथै उनले शनिबार भगवान गणेशको फोटो सेयर गरेका थिए ।
यो फोटोसहित करन जोहरले लेखे, ‘भगवान गणेशको शक्तिले सबै खराब तत्वबाट तपाईं र तपाईंको परिवारलाई रक्षा गरुन् । यो शक्तिले सकारात्मकता फैलाओस् र प्रेम मात्र फैलाओस्… कृपयाा सुरक्षित रहनुहोस् ।’
उनको यहि पोस्टमा थुप्रैले तथानाम भनेका छन् । एक प्रयोगकर्ताले लेखे, ‘करन जोहर बलिउडमा नेपोटिजमका राजा हुन् ।’ यसका साथै थुप्रै प्रयोगकर्ताले यो ट्वीटमा करण जोहरको निर्माणमा बनेको सबै चलचित्रलाई बहिष्कार गर्ने पनि बताएका छन् ।
भारतीय सामाजिक सन्जालमा माग– कंगनालाई बहिष्कार गरौँ
बलिउड अभिनेत्री कंगना रनौट पनि सामाजिक सन्जालमा ट्रेन्ड हुन थालेकी छिन् । उनले केही दिनअघि मात्र ट्विटर सुरु गरेकी थिइन् । र, केही दिनमा नै उनीविरुद्ध सामाजिक सन्जालमा चर्को आवाज उठ्न सुरु भएको छ ।
पछिल्लो समय अभिनेता सुशान्त सिंह राजपुतको घ टनामा आफ्नो आवाजलाई चर्को रुपमा राख्दै आएकी कंगनाविरुद्ध अब सामाजिक सन्जालमा नै आवाज उठ्न थालेको हो ।
त्यसो त यसअघि नै सुशान्तको पारिवारिक वकिलले अहिले कंगनाले जति गरिरहेकी छिन्, यो सबै उनले आफ्ना दुश्मनसँग बदला लिन गरेको बताएका थिए । यसबारे कंगनाले एउटा भिडियो पनि बनाएकी छिन् । विकासले राम्रो काम गरेको भन्दै उनले बोलेको यो भिडियो आएपछि उनको आलोचना सुरु भएको हो । कतिपयले उनलाई पब्लिसिटी खोज्ने अभिनेत्री भएको भन्दै आलोचना गरिरहेका छन् ।