नियम पालना गर्दैनन् भन्दै जापानका सैलुनमा नेपालीलाई प्रवेश निषेध ! नेपालीमै टाँसियो सूचना

काठमाडौं । जापानको एउटा शहरको सैलुनले नेपाली ग्राहकहरुलाई प्रतिबन्ध लगाएको छ । नेपालीमै सूचना टाँसेर सैलुनले नेपाली ग्राहकलाई प्रवेश निषेध गरेको हो । अहिले जापानको नेपाली समुदायमा उक्त तस्वीर भाइरल भएको छ ।

टाँसिएको सूचनामा लेखिएको छ– ‘निषेध प्रविष्टि, नेपालीको निकास, नेपालीहरुले नियम पालना गर्देनन् स्टोरमा कहिल्यै प्रवेश नगर्नुहोस् यहाँ नआउनुहोस् ।’

उक्त तस्वीर बुधवार ड्युटीमा जाँदै गर्दा नेपाली युवती अरुणा तामाङले खिचेकी थिइन् । तस्वीर जापानको इकेबुकुरो नजिकै रहेको एक कपाल काट्ने सैलुनको ढोकामा टाँसिएको अरुणाले डिसी नेपालसँग बताइन् । ‘आज बिहान काममा जाँदै थिएँ ।

बाटोमा एउटा कपाल काट्ने सैलुनको ढोकामा टाँसेको फोटोले नरमाइलो लाग्यो,’ जापानबाट सम्पर्कमा आएकी अरुणाले डिसी नेपालसँग भनिन्, ‘नराम्रो लागेर फोटो मात्रै लिएकी हुँ । आवश्यक भए भिडियो खिचेर पठाइदिउँला ।’

उनले किन यस्तो लेखियो भन्ने बारे आफूलाई केही थाहा नभएको समेत बताइन् । सैलुन सञ्चालकको बारेमा पनि आफू अनभिज्ञ रहेको उनले बताइन् ।

‘मलाइ केही पनि थाहा छैन यसको मान्छे को हो, किन यस्तो लेखेर राख्यो भनेर,’ उनले भनिन् । नेपालीको बारेमा त्यस्तो लेखिएको देख्दा निकै नरमाइलो अनुभव भएको उनले सुनाइन् ।

अहिले अन्यत्र जस्तै जापानमा पनि कोरोना संक्रमणले उग्ररुप लिएको छ । त्यहाँको सरकारले पनि कोरोना नियन्त्रणका लागि विभिन्न कडा नियमहरु जारी गरेको छ । त्यसमा सैलुन क्षेत्र पनि एक हो ।

जहाँ सैलुन सञ्चालक तथा ग्राहकले तोकिएका निश्चित मापदण्ड अनिवार्य रुपमा पालना गर्नैपर्छ । नेपाली ग्राहकले तोकिएका नियमहरु पालना नगर्दा सैलुनले यस्तो लेख्नुपर्ने बाध्यता परेको हुनसक्ने अनुमान जापानमै बस्ने कतिपय नेपालीले गरेका छन् । जापानमै बस्ने कतिपय नेपालीहरु यो तस्वीर सार्वजानिक भएसँगै दुखित समेत बनेका छन् ।

भर्खरै प्रकाशित

विदेशी च्यानल भए विज्ञापनमुक्त, क्लिन फिड नहुनेको प्रसारण बन्द

काठमाडौं । शुक्रबारबाट नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले म्याद नसार्ने अडान लिएपछि ऐनद्वारा…

शुक्रबार मध्यरातिबाट रोकिनेछ भारतीयसहित १८० भन्दाबढी विदेशी च्यानलको प्रसारण

काठमाडौं । आज (शुक्रबार) मध्यराति १२ बजेपछि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनमा क्लिन फिड लागू हुने भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बिहीबार…

दसैंमा पनि गौतम बुद्ध क्रिकेट रंगशालाको निर्माण कार्य निरन्तर

चितवन । ३ अर्ब अनुमानित लागतको महत्त्वाकांक्षी परियोजना जनस्तरबाट अभियान सञ्चालन गरी निर्माण गर्ने लक्ष्यमा अघि बढेको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट…

प्रधानमन्त्रीलाई सामाजिक सञ्जा‍‍लमा प्रश्न- शुभकामना सन्देशमा चुच्चे नक्सा खोइ

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँको शुभकामना व्यक्त गर्नका लागि प्रयोग गरेको निशान छापमा रहेको नक्सालाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रश्न गरेका छन् ।…

भीम रावलले भने, प्रधानमन्त्रीले रअका प्रमुख भेट्नु आपत्तिजनक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ)…