चीनमा एक महिना पहिलेदेखि नै कोरोना खोपको प्रयोग भइरहेको छ

काठमाडौं । चीनले क्लिनिकल परीक्षण नसकिए पनि एक महिनादेखि नै कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको सार्वजनिक प्रयोग भइरहेको बताएको छ । चीनले जुलाईको अन्तिमबाट अति जोखिममा रहेका मानिसहरुमा निर्माणको क्रममा रहेको खोपको प्रयोग शुरु गरेको हो ।

चीनको दाबी अनुसार रुसले आधिकारिक रुपमा दाबी गर्नुभन्दा तीन साता पहिला नै चीनले कोरोना खोपको प्रयोग शुरु गरेको हो । यद्यपि दुवै खोपले स्ट्याण्डर्ड मापदण्ड भने पूरा गर्न बाँकी नै छ ।

शनिबार चिनियाँ अधिकारीहरुले जुलाईको अन्तिमबाट नै केही स्वास्थ्यकर्मी र राष्ट्रिय कम्पनीका कर्मचारीहरुलाई खोप दिइएको उल्लेख गरेका छन् । चीनले आपतकालीन प्रयोगको प्रोटोकल अन्तर्गत खोप दिएको हो ।

अहिले विश्वभर नै कोरोना भाइरसविरुद्धको खोप सकेसम्म छिटो कसरी ल्याउने भन्ने प्रतिस्पर्धा चलिरहेको छ । यस्तो अवस्थामा खोप निर्माणको लागि तोकिएका धेरै चरण पूरा गर्नुभन्दा पहिला नै खोप तयार गर्ने गरी धेरै कम्पनीहरुले काम गरिरहेका छन् । तर, केही मुलुकहरुले भने अनिवार्य गर्नुपर्ने परीक्षणका प्रक्रिया पनि पूरा नगरी खोपको लागि अनुमति दिइरहेका छन् ।

गत साता पपुवा न्युगिनीसँगको कूटनीतिक विवादपछि चीनले खोपको घोषणा गरेको हो । पपुवा न्युगिनीले चीनबाट गएका खानीमा काम गर्ने कामदारको समूहलाई फिर्ता पठाएको थियो । उनीहरुलाई अहिले परीक्षणको क्रममा रहेको कोरोना खोप दिइएको बताइएको थियो ।

कोरोनाविरुद्धको खोप सन् २०२१ सम्म बजारमा आइपुग्न सक्ने अनुमान गरिएको छ । तर, रुस र चीनले भने समयभन्दा अगाडि नै यो खोपको प्रयोग शुरु गरेका छन् ।

यद्यपि चीनले खोप दिन थालेको एक महिनापछि मात्र किन घोषणा गर्‍यो भन्ने विषय भने रहस्यमय छ । एक महिनाभित्रमा कुनै साइड इफेक्ट देखिएको खण्डमा यसको प्रयोगमा रोक लगाउने तयारीका साथमा यो खोपको प्रयोग शुरु भएको हुन सक्ने समाचारहरुमा जनाइएको छ ।

स्रोत : वासिङटन पोस्ट

भर्खरै प्रकाशित

केपी ओलीले फ्याट्टै केन्द्रीय सदस्य बनाइदिहाल्छन् कि भनेर मानिसहरु बालुवाटारतिर…

दाङ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली समूहको पार्टी मेला मात्रै नभएर झमेला भइसकेको बताएका छन् । कार्यकर्ता भेला सम्बोधन गर्न दाङ…

ओली गन्हाएर बालुवाटार गइसक्नु छैन : भीम रावल

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका नेता भीम रावलले प्रधानमन्त्री केपी ओली गन्हाएर बालुवाटार गइनसक्नुभएको बताएका छन् । प्रचण्ड–माधव नेपाल पक्षको अनेरास्ववियू उपत्यका स्तरीय भेलालाई सम्बोधन…

प्रचण्डको आक्रोश : प्रतिगमनविरुद्ध बरु मर्न तयार छु तर झुक्दिनँ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा पुर्नस्थापनाका लागि कुनै हालतमा नझुक्ने बताएका छन् । प्रतिगमनविरुद्ध संघर्षका लागि आफू मर्न तयार…

भट्टराईको आक्रोश : केपी ओलीभन्दा बढी भोट ल्याएर जितेको हुँ,…

रामेछाप । नेकपा (प्रचण्ड-नेपाल) समूहका नेता योगेश भट्टराईले आफू केपी ओलीभन्दा बढी मत ल्याएर जितेको सांसद भन्दै केटो भनेर नहेप्‍न चेतावनी दिएका छन् । ‘म…

अर्नब गोस्वामीको गोप्य च्याट लिकः पाकिस्तानमा गरिएको एयरस्ट्राइकबारे पूर्व जानकारी

बालकोट एयरस्ट्राइकको बारेमा रिपब्लिक टिभीका एडिटर इन चीफ अर्नब गोस्वामीलाई पहिलेदेखि नै थाहा थियो । यो दाबी अल्ट न्यूजका कोफाउन्डर प्रतीक सिन्हाले गरेका हुन् ।…