पारमाणविक अनुसन्धान केन्द्र स्थापना हुँदै

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकमा पारमाणविक अनुसन्धान केन्द्र तथा बहुविधागत प्रयोगशालाको स्थापनाका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को कार्य अगाडि बढाइएको बताएका छन् ।

नेपाल फिजिकल सोसाइटीको एनपिस स्कूल अफ एड्भान्सड कम्प्युटिङको आज उद्घाटन गर्दै उनले विज्ञान प्रविधि तथा नवपर्वतन नीति, २०७६, रेडियोधर्मी पदार्थको (नियमन तथा उपयोग) सम्बन्धी ऐन, २०७७ का आधारमा कीर्तिपुरस्थित बिपी कोइराला विज्ञान सङ्ग्रहालय अब्जरभेटरी तथा प्लानेटोरियमको सञ्चालन, विधि विज्ञान प्रयोगशालाको प्रदेशस्तरमा विस्तार पनि गरिने जनाए ।

मन्त्री पोखरेलले स्थानीय तहमा प्राविधि शिक्षा विस्तार भइरहेको र विज्ञान तथा प्रविधिको एक विशिष्टकृत विश्वविद्यालयको रूपमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना कार्य अघि बढेको पनि जानकारी दिए ।

भर्खरै प्रकाशित

२२ वर्षे ब्लगर : जसले इन्टाग्रामको एक पोष्टबाट १५ लाख…

फेसबुक, टि्वटर तथा इन्स्टाग्राम जस्ता सोसल मिडियामा दैनिक करोडौँ प्रयोगकर्ताहरुले विभिन्न सामाग्रीहरु पोष्ट गर्ने गर्छन् । आफ्ना विचार, गतिविधि, तस्वीर, भिडियो, टिप्पणी जस्ता सामाग्रीहरु सोसल…

दैनिक ३ करोडभन्दा बढीको बिजुली खेर जाँदै

काठमाडौं । यो साता केही दशैंका कारण विद्युतको माग धेरै कम भयो । सामान्यतयाः दशैंका बेलामा यसरी बिजुलीको मागमा भारी कमी आउँछ । दशैंका कारण…

दसैं मान्न घर आएका युवामा कोरोना पुष्टि, पाँच दिनका लागि…

बागलुङ : जिल्लाको काठेखोला गाउँपालिका ३ धम्जा पाँच दिनका लागि सिल गरिएको छ । दसैं मनाउन घर आएका एक युवामा दसैंकै दिन कोरोना संक्रमण पुष्टि…

मङ्गल ग्रहमा तीनवटा भूमिगत ताल, हिउँ पग्लिने तापक्रम छैन तर…

मङ्गल ग्रहको दक्षिणी ध्रुवनजिकै तीनवटा नयाँ भूमिगत ताल फेला परेका छन्। वैज्ञानिकहरूले सन् २०१८ मा सङ्केत पाइएका पाइएकामध्ये एकचौथाइ वास्तवमै अस्तित्वमा भएको पुष्टि गरेका छन्।…

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे कार्तिक १९ गते नेपाल आउंदै

काठमाडौँ । भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे कार्तिक १९ गते चार सदस्यीय भ्रमण दलकासाथ नेपाल आउँदै आउने भएका छन् । प्रधान सेनापति पूर्णचन्द्र थापाको…