यु’रेनियम बेच्न सके नेपालको प्रतिव्यक्ति आय संसारमै सबैभन्दा धेरै, मुस्ताङमा ३५ टन युरेनियम हुन सक्ने

युरेनियम सबैभन्दा बढी परमाणु भार भएको रेडियोधर्मी धातु हो । २ सय ३८ परमाणविक धार हुने यो धातुले लगातार ऊर्जावान विकिरणहरू फ्याँकिरहने भएकाले यसको सिमित आयु हुन्छ ।

विशेषज्ञहरू युरेनियम पत्ता लगाउन जीएम काउन्टर, सिन्टिलेसन काउन्टर आदि संयन्त्रको सहायताले विकिरण शक्ति मापन गर्छन् । यही विकिरणको मापनद्वारा नै युरेनियमको भण्डारका बारेमा यकिन गर्न सकिन्छ ।

युरेनियम मुख्यतया दुई प्रकारका पाइन्छन्, युरेनियम-२३८ र युरेनियम-२३५ ।

प्राकृतिक रूपमा युरेनियम-२३८ पाइन्छ र त्यसलाई आणविक प्रशोधन केन्द्रमा लगी प्रशोधन गरिएपछि युरेनियम-२३५ बनाइन्छ ।

एक किलो युरेनियम-२३५ को परिमाणबाट उत्पादित विधुत् शक्ति तीन लाख टन कोइला बाल्दा आउने शक्तिसरह हुन्छ । युरोपियन न्युक्लियर सोसाइटीको एक अध्ययन अनुसार एक किलो कोइलाबाट आठ किलोवाट र एक किलो तेलबाट करिब १२ किलोवाट ऊर्जा निस्किन्छ । तर, एक किलो युरेनियम-२३५ बाट २ करोड ४० लाख किलोवाट ऊर्जा उत्पादन हुन्छ ।

नेपालमा पेग्माटाइट र ग्रेनाइटजन्य चट्टानमा युरेनियम पाइएको छ । बालुवासँग मिश्रित युरेनियमको मात्रा विश्वमा ५० प्रतिशत बढी पाइएको एक अध्ययनमा देखिएको छ ।

ऊर्जा उत्पादन, चिकित्साशास्त्र, औद्योगिक र भौगर्भिक अध्ययनमा युरेनियमको उपयोग हुन्छ । अमेरिकी ऊर्जा मन्त्रालयको आधिकारकि वेबसाइट एनबीएल डट डीओई डट जीओभीका अनुसार १० ग्राम शुद्ध युरेनियम जसलाई ‘युरेनियम-२३५’ भनिन्छ, को अन्तर्राष्ट्रिय बजारको वैध मूल्य २० लाख ९ हजार अमेरिकी डलर (करीब १८ करोड रुपियाँ) पर्छ ।

यस आधारमा एक किलोको मूल्य २० करोड ९ लाख अमेरिकी डलर (करीब १८ अर्ब रुपियाँ) पर्न आउँछ, जुन सुनको बजार भाउभन्दा झन्डै ४ हजार ५ सय गुणा बढी हो ।

नेपालको प्रतिव्यक्ति आय संसारकै धेरै

यदि युरेनियमको उत्खनन गरेर अन्तर्राष्ट्रिय बजारमा बेच्न सकियो भने नेपालीहरूको प्रतिव्यक्ति आय संसारकै सबैभन्दा धेरै हुन सक्ने विज्ञ हरू बताउँछन् ।

खानी तथा भूगर्भ विभागको अनुसन्धानका अनुसार नेपालका धेरै ठाउँहरुमा युरेनियम पाइने सम्भावना देखिन्छ ।

गत असारमा सरकारले रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्ने विधेयक तयार पार्यो । त्यसयता नेपालमा युरेनियमको चर्चा व्हात्तै बढेको छ ।

नेपालका विभिन्न ठाउँहरूमा युरेनियम पाइने चर्चा पहिल्यैदेखि थियो तर सरकारले विधेयक नै ल्याएपछि यसको बारेमा बहस बढेको छ ।

परराष्ट्रविद तथा रुसका लागि नेपालका राजदूत रहिसकेका हिरण्यलाल श्रेष्ठले नेपालको युरेनियममा रूसको चासो रहेको हुन सक्ने सम्भावना व्यक्त गरेका थिए ।

नेपालमा युरेनियम रहेको पुष्टि भएसँगै रुसमात्र नभएर अमेरिका र भारतसमेतको विशेष चासो रहेको श्रेष्ठले बताएका हुन् ।

तर नेपालमा कति छ त युरेनियम ?

खानी तथा भूगर्भ विभागको टोलीले मुस्ताङको लोमाङथाङमा १० किमि लम्बाइ र तीन किमि चौडाइ क्षेत्रमा बहुमूल्य धातु युरेनियम भण्डार भएको पुष्टि गरेको थियो । उक्त तथ्य सार्वजनिक भएसँगै नेपाली सेनाको एक टोलीले सो क्षेत्रको निगरानी गर्दै आइरहेको छ ।

विज्ञहरूका अनुसार सो क्षेत्रमा ३५ टनसम्म युरेनियम हुन सक्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय बजारमा १ केजी शुद्ध युरेनियमको मूल्य १८ करोडससम्म रहेको छ ।

मुस्ताङमा मात्र नभएर मकवानपुर धियालको तीनभंगाले, मकवानपुरकै चिरुवा र चाँदेखोला, काठमाडौंको उत्तर पश्चिमी क्षेत्र, शिवपुरी, नुवाकोटको ककनीलगायतका भेगमा समेत युरेनियम रहेको विभागले बताएको छ ।

अहिलेसम्मको अध्ययनअनुसार ठूलो र फराकिलो खानी भने लोमाङथाङमा रहेको पुष्टि भएको हो ।

नेपालमा पहिलो पटक बरामद

नेपालमा पहिलोपटक युरेनियम बरामद गरिएको छ । काठमाडौं महानगरपालिका–६ बौद्धबाट महानगरीय प्रहरी कार्यालयको टोलीले बिहीबार साढे २ किलो युरेनियम बरामद गरेको हो । आखिर के हो त युरेनियम ? धर्तीभित्र एउटा यस्तो चीन पाइन्छ, जो देख्नमा अत्यन्त सुन्दर, सफा र चमकदार छ र हावाको सम्पर्कमा आउनासाथ स्वयम् जल्छ । यसको नाम हो युरेनियम ।

रासायनिक रुपमा यसलाई अंग्रेजी ‘यू’ बाट दर्शाइन्छ र यसको परमाणुक्रमांक ९२ हुन्छ । यसलाई मेटल अफ होप नामले पनि चिनिन्छ । विश्वमा यो सबैभन्दा धेरैअस्ट्रेलियामा पाइन्छ । पृथ्वीको माथिल्लो सतहमा युरेनियमको १०४० टन मात्रा छ, युरेनियम चमकदार सेतो रंगको धातु हो ।

वैज्ञानिकहरुका अनुसार यो निकै ज्यादा सक्रिय तत्व हो । जसको अर्थ, यसले कुनै पनि पदार्थसँग चाडै नै क्रिया उत्पन्न गर्छ । र, यदि हामीले युरेनियमलाई खुला हावा छाड्यौं भने यो पदार्थ जल्न थाल्छ ।

यो त यसको स्वभाव भयो, तर के तपाईंलाई थाहा छ यसको प्रयोग कहाँ–कहाँ हुन्छ ?

यो अत्यन्त उपयोगी र मुल्यवान् धातु हो । परमाणु उर्जामा यसको उपयोग बिजुली उत्पादनका लागि गरिन्छ । पृथ्वीमा आजको समय युरेनियाको सबैभन्दा अधिक उपयोग परमाणु उर्जाका रुपमा गरिन्छ भन्दा सही हुन्छ । तर युरेनियमको प्रयोगले संसारमा धेरै विवाद पनि सिर्जना गरेको छ । किनकी, धेरै देशले युरेनियमलाई परमाणुशक्तिको रुपमा प्रयोग गर्छन् ।

सायद, तपाईलाई थाहा हुनुपर्छ, युरेनियमलाई परमाणुबमको निर्माणमा पनि प्रयोग गरिन्छ । विश्वका धेरै देशमा पर’माणु ब’मको निर्माण प्रतिबन्धित छ । तर केही देशले शक्तिशाली बन्ने होडमा , त केहीले आफुलाई सुरक्षित राख्नका लागि यसको प्रयोग गर्ने गरेका छन् ।

यदि युरेनियमको उत्खनन गरेर अन्तर्राष्ट्रिय बजारमा बेच्न सकियो भने नेपालीहरूको प्रतिव्यक्ति आय संसारकै सबैभन्दा धेरै हुन सक्ने विज्ञ हरू बताउँछन् । केही अघि खानी तथा भूगर्भ विभागको अनुसन्धानका अनुसार नेपालका धेरै ठाउँहरुमा युरेनियम पाइने सम्भावना देखिन्छ । अन्तर्राष्ट्रिय बजारमा १ केजी शुद्ध युरेनियमको करोडौं पर्ने बताइन्छ ।

 

भर्खरै प्रकाशित

भारतमा साधु ‘बाबा’ को अवतारमा पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा !

काठमाडौं । यो तस्बिर कस्को होला ? झट्ट हेर्दा यो तस्बिर पशुपतिको कुनै सन्यासी/जोगीको जस्तो लाग्छ । तर, होइन यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल…

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…