आफ्नो कोरोना भ्याक्सिनबारे अन्तर्राष्ट्रियस्तरमा आलोचना हुन थालेपछि रुसले दियो यस्तो प्रतिक्रिया

एजेन्सी । रुसले आफुले निर्माण गरेको कोरोना भ्याक्सिनबारे अन्तर्राष्ट्रिय चिन्ताको ‘पूर्ण निराधार’ भन्दै खण्डन गरेको छ । मंगलबार रुसले कोरोना भ्याक्सिन निर्माण गरि दर्ता गरिएको घोषणा गरेको थियो । जुन भ्याक्सिनलाई २ महिनासम्म मानिसमा परीक्षण गरिएको र अनुमोदन गरिएको जनाइएको छ । तर विज्ञहरुले भने रुसको यो दाबीमाथि शंका गर्दै आइरहेका छन् ।

विशेषगरी जर्मनी, फ्रान्स, स्पेन र अमेरिकाका वैज्ञानिकहरुले रुसको यो दाबीप्रति शंका गर्दै सतर्क रहन भनेका छन् । बुधबार रुसका स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले रुसी समाचार एजेन्सी इन्टरफ्याक्ससँग भने, ‘यस्तो लाग्छ कि हाम्रा विदेशी साथीहरुले रुसी चिकित्सा प्रतिस्पर्धामा अगाडी बढ्न खोजेको आरोप लगाएका छन् र त्यसरी बुझेका छन्, जुन कुरा एकदमै निराधार हो ।’

रुसी अधिकारीहरुका अनुसार अक्टोबरदेखि ठूलो संख्यामा खोप लगाउन सुरु गरिनेछ । मंगलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले पहिलो कोरोना भ्याक्सिन निर्माण गरेको जानकारी दिएका थिए ।पहिलो खोप उनले आफ्नै छोरीलाई दिइएको बताएका छन् । विश्व स्वास्थ्य संगठनले भने यो खोपको समीक्षा गर्न रुसी अधिकारीहरुसँग सम्पर्क अघि बढाएको जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले अहिले विश्वमा निर्माण भैरहेका मुख्य ६ वटा खोपहरुको अनुगमन गरिरहेको छ । जुन खोपहरुको विकासको चरणमा रहेका छन् । तर रसियाले निर्माण गरिरहेको खोपलाई भने समावेश गरेको थिएन । रसियाले सो खोपको नामा ‘स्पुतनिक’ राखेको छ ।

भर्खरै प्रकाशित

राष्ट्रपति र प्रधानमन्त्री दुवैले अब पद छोड्नुपर्छ : गगन थापा

महोत्तरी । आफूले गरेको गल्तीको लाज प्रधानमन्त्रीलाई नलागेको तर उनलाई लाग्नुपर्ने लाजको भारी संसद्ले बोक्न नसक्ने कांग्रेस नेता गगन थापाले बताएका छन् । संसद्ले अब…

हेलिकप्टर चढ्न मानेनन् ‘विप्लव’, गाडीमै काठमाडाैं आउँदै

काठमाडौं– सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ शुक्रबार राष्ट्रिय सभागृहमा हुने विशेष समारोहका लागि गाडीमै आउने भएका छन्। गृह मन्त्रालयले ‘विप्लव’…

‘विप्लव’का एक हजार बढी नेता कार्यकर्ता रिहा हुँदै

काठमाडौं । सरकार र नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहबीच तीन बुँदे सहमति भएसँगै सो समुहका एक हजार ३६ जना नेता कार्यकर्ता रिहाइ हुने भएका छन्…

प्रधानमन्त्री जनताको मन–मनमा मात्रै नभइ बारी–बारी र घर–घरमा पनि

२०५६ सालको चुनावमा कांग्रेसको नारा थियो: ‘गाउँगाउँमा शिक्षा, घरघरमा रोजगार । नेपाली कांग्रेसको बहुमतको सरकार ।’ तत्कालीन एमालेका नेता केपी ओलीले यो नारालाई कटाक्ष गर्दै…

‘पैसावाला मन्त्री’ले रुम्जाटार घुमाए मुख्यमन्त्री राई दम्पत्तिलाई

काठमाडौं, २० फागुन । मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश १ को अविस्वास प्रस्ताव सरेकै समयमा प्रदेश १ का भौतिक पूर्वाधार बिकास मन्त्री अम्बिरबाबु गुरुङले मुख्यमन्त्री शेरधन…