चीनले गोर्खा सैनिकबारे चासो देखाएपछि भारतमा तनाव ! भारतीय मिडियामा नेपालबारे दुष्प्रचार सुरू

काठमाडौं। चीनले गोर्खाली सेनाबारे चासो देखाएको भन्दै अहिले भारतको रक्षा वृत्तमा आतंकको स्थिति सृजना भएको छ । भारतीय मिडिया द इकोनोमिक टाइम्सले यसबारे एक भिडियो रिपोर्ट तयार पारेको छ । रिपोर्टमा चीनको काठमाडौंस्थित दूतावासले चीनको एक गैर सरकारी संस्था ‘चाइना स्टडी सेन्टर’लाई यसबारे अनुसन्धान गर्न भनेको दावी गरिएको छ ।

रिपोर्टका अनुसार काठमाडौंस्थित चिनियाँ दूतावासले चाइना स्टडी सेन्टरलाई नेपाली युवाहरु किन भारतीय सेनाको गोर्खा रेजिमेन्टमा भर्ना हुन्छन् भन्नेबारे खोजी गर्न भनेको छ ।

दूतावासले गैर सरकारी संस्थालाई चीन र भारतबीचको तनावले नेपालमा के कस्तो सामाजिक आर्थिक प्रभाव पारेको छ भन्नेबारे पनि अनुसन्धान गर्न भनेको छ ।

भारतीय सेनामा गोर्खा रेजिमेन्ट सुरक्षाको हिसाबले बलियो स्तम्भ हो । गोर्खा रेजिमेन्टकै आडमा भारत यस क्षेत्रमा शक्तिशाली देशको रुपमा उभिएको पृष्ठभूमिमा चीनले यसरी गोर्खाली सेनाबारे चासो देखाएपछि भारत सशंकित भएको छ ।

भारतको रक्षा वृत्तमा यसले नयाँ तरंग ल्याएको छ । यस विषयमा भारतीय रक्षा विज्ञहरुले नेपालको दुष्प्रचार गर्ने प्रयास गरेका छन् ।

उनीहरुले चीनको चासोलाई नेपाल–भारत सीमा विवादबाट चीनले फाइदा उठाउन चाहेको र नेपालले चीनको उक्साहटमा सीमा विवाद उठाएको भन्दै दुष्प्रचार गरिरहेका छन् ।

केही दिनअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय सेनामा नेपाली गोर्खा सैनिक भर्तीबारे १९४७ मा भएको नेपाल–भारत–बेलायत त्रिपक्षीय सम्झौताको औचित्य सकिएको टिप्पणी गरेपछि यो विषय चर्चामा आएको हो ।

परराष्ट्रमन्त्री ज्ञवालीले यो सम्झौताले विगतमा ठूलो संख्यामा रोजगारी सृजना गरेको भए पनि यो अतीतको विरासत भएको र अहिले यसको औचित्य सकिएको हुँदा यो सम्झौताको समीक्षा गर्नुपर्ने टिप्पणी गरेका थिए ।

यसलगत्तै भारतीय पूर्वराजदूतहरुले नेपाललाई घुमाउरो भाषामा धम्की दिएका थिए । नेपालका लागि पूर्व भारतीय राजदूत मञ्जीभसिंह पुरीले यदि नेपालले गोर्खा भर्ती रोक्ने निर्णय गरेमा गोर्खाली मूलका (मगर, गुरुङ, राईलगायतमा मंगोलियन समुदाय) भारतीय नागरिक युवाहरुबाटै गोर्खा रेजिमेन्ट परिपूर्ति गरिने बताएका थिए ।

अर्का पूर्वराजदूत रञ्जीत रेले गोर्खा भर्तीबाट नेपालले ठूलो आथिृक लाभ लिइरहेकोले यसको समीक्षा गर्दा धेरै पक्ष सोच्नुपर्ने बताएका थिए । रेले प्रस्ट शब्दमै नेपालका मित्रराष्ट्रसँग भारतको तनाव हुँदा त्यहाँ गोर्खाली (नेपाली) सैनिक तैनाथ नगर्ने कुरा अस्वीकार्य भएको बताएका थिए ।

यसअघि पटक–पटक चीन वा पाकिस्तानविरुद्धको संघर्षमा भारतले गोर्गाली सैनिक तैनाथ गरेको विषयमा नेपालबाट विरोध हुँदै आएको छ ।

भर्खरै प्रकाशित

रेम्डिसिभिर तोकेको मूल्यभन्दा सस्तोमा दिएपछि तस्करहरूको दवावमा औषधि बिक्रीमा रोक

घोराही । दाङ जिल्लामा मिलेनियम फर्मास्युटिकल र कालिका मेडिकल हलले कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डिसिभिर औषधि सस्तोमा दिएको भन्दै विक्री वितरणमा औषधि व्यवस्था विभागको…

जसपाका चार सांसदलाई कारवाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाका तत्कालीन चार सदस्यलाई कारवाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले…

एउटै दुलहीलाई लिन २ दुलाहा पुगेपछि हंगामा, एक प्रेमी अर्का…

भारतको उत्तर प्रदेशमा रहेको कन्नौजमा चलिरहेको एक विवाह समारोहमा दुलही लिन एकैपटक दुईजना दुलाहा पुगेपछि हंगामा मच्चिएको छ । ती दुईमध्ये एक दुलहीका प्रेमी थिए…

दाङको कोरोना विशेष अस्पताल : जहाँ तन्नेरीहरुले मात्रै धानेका छन्…

द्रोण वली उमेरले ३१ वर्ष पुग्नुभयो । अहिले कोरोना विशेष अस्पतालको व्यवस्थापनमा खटिरहनुभएको छ । कहिले अक्सिजन व्यवस्थापन, कहिले संक्रमित भर्ना, कहिले त्यहा आउने आफन्तिहरुका…

अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता : अक्सिजन प्लान्ट भनेर ४९…

सल्यान । जिल्ला अस्पताल सल्यानमा जडान गरिएको अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता भएको खुलासा भएको छ । शनिबार अस्पतालमा अक्सिजन प्लान्ट भनेर कन्सन्ट्रेटर जडान भएपछि…