केही वर्षभित्रै रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता हटाउँछौं : प्रधानमन्त्री ओली

काठमाडौं। विश्वमा कोरोना महामारी हुनुभन्दा पहिला नेपालबाट दैनिक १ हजारभन्दा बढि युवाहरु रोजगारीका लागि विदेशीने गरेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ। देशमा उचित रोजगारीको अवसर नपाएकाले युवाहरु विदेशीन बाध्य भएका हुन्।

तर, अब त्यस्तो बाध्यता नहुने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बुधबार आयोजित विशेष कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही वर्षभित्रै रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता हटाउने गरी सरकारले काम गरिरहेको बताएका छन्। उनले रोजगारीकै लागि विदेश जानुपर्ने स्थिति अन्त्ये गर्नेगरी सरकारले रणनीति बनाएको बताएका छन्।

प्रधानमन्त्री ओली तीन करोड जनसंख्या भएको देशका २६ लाख युवा बाहिर हुनु खुसीको कुरा नभएको बताए। ‘देश निर्माण गर्नुपर्ने मुख्य शक्ति नै देश बाहिर जानु अवश्य नै खुसीको कुरा होइन’, उनले भने, ‘त्यसैले हामीले यस दिशामा ठोस प्रयासहरु अगाडि बढाएका छौं। र हामी केही वर्षभित्र रोजगारीका लागि, छनौटका हिसाबले बाहिर जानु बेग्लै कुरा हो, बाध्यताको हिसाबले बाहिर जाने स्थितिलाई अन्त्य गर्ने रणनीतिका साथ सरकार काम गरिरहेको छ।‘

देशमा अहिले ६० प्रतिशत जनसंख्या सक्रिय जनशक्ति रहेको र त्यस मध्ये पनि ४० प्रतिशत युवा रहेको भन्दै प्रधानमन्त्री ओलीले नेपालको विकासको एक महत्वपूर्ण आधार युवाजनशक्ति भएको बताए। उनले युवा जनशक्तिको उचित प्रयोग गर्न सकिने हो भने देश विकास गर्न कुनै समय नलाग्ने बताए।

भर्खरै प्रकाशित

रेम्डिसिभिर तोकेको मूल्यभन्दा सस्तोमा दिएपछि तस्करहरूको दवावमा औषधि बिक्रीमा रोक

घोराही । दाङ जिल्लामा मिलेनियम फर्मास्युटिकल र कालिका मेडिकल हलले कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डिसिभिर औषधि सस्तोमा दिएको भन्दै विक्री वितरणमा औषधि व्यवस्था विभागको…

जसपाका चार सांसदलाई कारवाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाका तत्कालीन चार सदस्यलाई कारवाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले…

एउटै दुलहीलाई लिन २ दुलाहा पुगेपछि हंगामा, एक प्रेमी अर्का…

भारतको उत्तर प्रदेशमा रहेको कन्नौजमा चलिरहेको एक विवाह समारोहमा दुलही लिन एकैपटक दुईजना दुलाहा पुगेपछि हंगामा मच्चिएको छ । ती दुईमध्ये एक दुलहीका प्रेमी थिए…

दाङको कोरोना विशेष अस्पताल : जहाँ तन्नेरीहरुले मात्रै धानेका छन्…

द्रोण वली उमेरले ३१ वर्ष पुग्नुभयो । अहिले कोरोना विशेष अस्पतालको व्यवस्थापनमा खटिरहनुभएको छ । कहिले अक्सिजन व्यवस्थापन, कहिले संक्रमित भर्ना, कहिले त्यहा आउने आफन्तिहरुका…

अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता : अक्सिजन प्लान्ट भनेर ४९…

सल्यान । जिल्ला अस्पताल सल्यानमा जडान गरिएको अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता भएको खुलासा भएको छ । शनिबार अस्पतालमा अक्सिजन प्लान्ट भनेर कन्सन्ट्रेटर जडान भएपछि…