युएई सरकारको भिषासम्बन्धी नयाँ नियम लागू, नेपालीहरुको लागि यस्तो छ व्यवस्था

युएई । युएईमा भिसा सम्बन्धी नयाँ नियम लागू भएको छ। अगष्ट १० तारिख देखि नयाँ नियम लागू भएको हो। भोलि अगष्ट ११ पछि टुरिष्ट भिसा अवधि सकिएका विदेशी नागरिकहरुको हकमा लाग्ने जरिवानाको समयलाई एक महिनाको लागि ग्रेस पिरीयड थप गरिएको युएई सरकारलाई उद्वत गर्दै खालिज टाईम्सले समाचार छापेको छ।

युएईको फेडेरल अथोरटी फोर आइडेन्टिटी एण्ड सिटिजनसिपले भोलि अगस्ट ११ देखि लागू हुने गरि १ महिनाको ग्रेस समय थपेको हो।तर मार्च १ अघि भिजिट भिसाको म्याद सकिएकाहरुमा भने यो लागू नहुने स्पष्ट पारेको छ।

परिवर्तित नयाँ नियमअनुसार मार्च १ तारिकभन्दा अघि भिजिट भिसा समय अवधि सकिएको विदेशी नागरिकको हकमा १० अगष्टसम्म रिन्यु वा युएई छाड्नु पर्नेछ भने मार्च १ पछाडि भिसा समयअवधि सकिएकाहरुले आगामी सेक्टेम्बर १० तारिकसम्म भिसा जरिबाना लाग्ने छैन। उनीहरुले सेप्टेम्बर १० सम्म भिसा स्ट्याटस चेन्ज गर्नु पर्छ वा युएई छाड्नुपर्ने नयाँ नियम लागू भएको छ।

आजै युएई सरकारले युएई बाहिर रहेका वा छुट्टीमा घर गएका रेसिडेन्ट वा ईम्प्लोइमेन्ट भिसा भएका नागरिकहरुलाई युएई फर्कन चाहिने अनुमति पत्र आवस्यक नपर्ने बताएको छ।अबुधाबी अन्तर्राष्ट्रिय एर्पोटबाट युएई भित्रने सबै राज्यमा ICA र GDDRFA मार्फत यात्रा अनुमतिपत्र अनिवार्य गरेको सूचना खारेज गर्दै, ११ अगष्ट २०२० देखि यस्तो नियम लागू गरिएको हो।

युएई सरकारले गत मार्च १ बाट जुनसुकै भिसा समय अवाधि समाप्त भएका विदेशीहरुको हकमा ३१ डिसेम्बर २०२० सम्म अटोमेटिक भिसा रिन्यु हुने निर्णय परिवर्तन गर्दै भोलि अगष्ट ११ सम्मको समय अवाधि छोट्याएको थियो ।

तर जुलाई ११ पछिबाट भिसा समय अवधि समाप्त भएकाहरुले पुरानै नियम अनुसार २८ दिनभित्र नयाँ भिसा लगाउनुपर्ने अथवा युएई छाड्नुपर्ने जनाइएको थियो।

भिसा सकिएर नेपालमा हुनेहरुको हकमा ६ महिना भित्र युएई आउन सक्नेछन्। तर ६ महिना पार भएकाहरुको हकमा भने दुई देश बीचको हवाई यातायात सुचारु भएको एक महिनाको अवधिलाई ग्रेस पिरिअड दिएको थियो । कमर्सियल फ्लाईट खुलेको १ महिना भित्रमा यूएई आएर नयाँ भिसा लगाईसक्नुपर्ने नियम जारी गरेको थियो।

यता युएईस्थित नेपाली दूतावासले युएई सरकारलाई भिसा अवधि सकिएका आफ्ना नागरिकहरुको जरिवाना मिनाहा वा अगस्ट ११ पछि पनि कम्तिमा ३ महिनासम्म एम्नेस्टी थप गर्नको लागि अनुरोध गरेको थियो। युएई सरकारको नयाँ नियमअनुसार युएईमा रहेका हजारौं नेपालीहरुको समस्यामा १ महिनाको लागि हल भएको छ।

युएईमा रहेका घर फर्कन चाहने नेपालीहरुको पछिल्लो दूतावासको तथ्याङ्क हेर्ने हो भने चालीस हजारभन्दा बढी नेपाली स्वदेश फर्कन चाहान्छन्। फर्कन चाहानेहरु संख्या अझै बढ्ने अनुमान छ। जसमध्ये फारम भर्ने संख्याको ३० प्रतिशत नेपालीहरु नेपाल फर्किसकेका छन् भने बाँकी युएईमा नै अलपत्र अवस्थामा छन्।

भर्खरै प्रकाशित

राष्ट्रपति र प्रधानमन्त्री दुवैले अब पद छोड्नुपर्छ : गगन थापा

महोत्तरी । आफूले गरेको गल्तीको लाज प्रधानमन्त्रीलाई नलागेको तर उनलाई लाग्नुपर्ने लाजको भारी संसद्ले बोक्न नसक्ने कांग्रेस नेता गगन थापाले बताएका छन् । संसद्ले अब…

हेलिकप्टर चढ्न मानेनन् ‘विप्लव’, गाडीमै काठमाडाैं आउँदै

काठमाडौं– सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ शुक्रबार राष्ट्रिय सभागृहमा हुने विशेष समारोहका लागि गाडीमै आउने भएका छन्। गृह मन्त्रालयले ‘विप्लव’…

‘विप्लव’का एक हजार बढी नेता कार्यकर्ता रिहा हुँदै

काठमाडौं । सरकार र नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहबीच तीन बुँदे सहमति भएसँगै सो समुहका एक हजार ३६ जना नेता कार्यकर्ता रिहाइ हुने भएका छन्…

प्रधानमन्त्री जनताको मन–मनमा मात्रै नभइ बारी–बारी र घर–घरमा पनि

२०५६ सालको चुनावमा कांग्रेसको नारा थियो: ‘गाउँगाउँमा शिक्षा, घरघरमा रोजगार । नेपाली कांग्रेसको बहुमतको सरकार ।’ तत्कालीन एमालेका नेता केपी ओलीले यो नारालाई कटाक्ष गर्दै…

‘पैसावाला मन्त्री’ले रुम्जाटार घुमाए मुख्यमन्त्री राई दम्पत्तिलाई

काठमाडौं, २० फागुन । मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश १ को अविस्वास प्रस्ताव सरेकै समयमा प्रदेश १ का भौतिक पूर्वाधार बिकास मन्त्री अम्बिरबाबु गुरुङले मुख्यमन्त्री शेरधन…