रुसले विकसित गरेको कोरोना विरुद्धको खोपमा डब्लूएचओले उठायाे प्रश्न

काठमाण्डाै । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले रुसले विकसित गरेको कोरोना विरुद्धको खोपमा प्रश्न उठाएको छ ।

रुसले विकसित गरेको खोपबारे जानकारी नभएकाले मूल्याङकन गर्न नसक्ने डब्लूएचओले जनाएको हो । डब्लूएचओका जरबास बारबोसाले कोरोना विरुद्धको खोप बनाउने जो कोहीले पनि डब्लूएचओले सिफारिस गरेको नियम पालना गर्नुपर्नेमा जोड दिनुभयो । यो नियमले कोरोना विरुद्ध बनाइएको भनिएको खोप सुरक्षित रहने पनि उहाँको दाबी छ ।

गएको हप्ता विश्व स्वास्थ्य संगठनले रुसलाई कोरोना विरुद्धको खोप बनाउन अन्तराष्ट्रिय मापदण्ड पालना गर्न आग्रह गरेको थियो ।

तर रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले विकास गरेको कोरोना भाइरस विरुद्धको खोप अबको दुई महिनाभित्र धेरै मानिसलाई दिने तयारी भएको बताउनुभएको छ ।

आफ्नो छोरीलाई पनि खोप दिइएको जानकारी दिँदै उहाँले कोरोना विरुद्ध रुसले तयार गरेको खोपको सबै परीक्षण सकिएको दाबी गर्नुभयो ।

कोरोना विरुद्धको खोप स्वीकृत गर्ने रुस पहिलो राष्ट्र बनेको छ । तर वैज्ञानिकले भने तेस्रो पटकसम्म परीक्षण नगरी खोप स्वीकृत गरेको भन्दै विश्वसनीयतामा प्रश्न उठाएका छन् ।

विश्व स्वास्थ्य संगठनले तीन चरणमा परीक्षण गरिएको ६ वटा खोपको सूची तयार गरेको छ । त्यो सूचीमा रुसले विकास गरेको खोप समावेश छैन ।

विश्वभर अहिले सय भन्दा धेरै खोप पहिलो चरणको परीक्षणमा रहे पनि सन् २०२१ अघि कोरोना विरुद्धको खोप आउनेमा धेरैले शंका व्यक्त गरेका बीबीसीले जनाएको छ ।

भर्खरै प्रकाशित

रेम्डिसिभिर तोकेको मूल्यभन्दा सस्तोमा दिएपछि तस्करहरूको दवावमा औषधि बिक्रीमा रोक

घोराही । दाङ जिल्लामा मिलेनियम फर्मास्युटिकल र कालिका मेडिकल हलले कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डिसिभिर औषधि सस्तोमा दिएको भन्दै विक्री वितरणमा औषधि व्यवस्था विभागको…

जसपाका चार सांसदलाई कारवाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाका तत्कालीन चार सदस्यलाई कारवाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले…

एउटै दुलहीलाई लिन २ दुलाहा पुगेपछि हंगामा, एक प्रेमी अर्का…

भारतको उत्तर प्रदेशमा रहेको कन्नौजमा चलिरहेको एक विवाह समारोहमा दुलही लिन एकैपटक दुईजना दुलाहा पुगेपछि हंगामा मच्चिएको छ । ती दुईमध्ये एक दुलहीका प्रेमी थिए…

दाङको कोरोना विशेष अस्पताल : जहाँ तन्नेरीहरुले मात्रै धानेका छन्…

द्रोण वली उमेरले ३१ वर्ष पुग्नुभयो । अहिले कोरोना विशेष अस्पतालको व्यवस्थापनमा खटिरहनुभएको छ । कहिले अक्सिजन व्यवस्थापन, कहिले संक्रमित भर्ना, कहिले त्यहा आउने आफन्तिहरुका…

अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता : अक्सिजन प्लान्ट भनेर ४९…

सल्यान । जिल्ला अस्पताल सल्यानमा जडान गरिएको अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता भएको खुलासा भएको छ । शनिबार अस्पतालमा अक्सिजन प्लान्ट भनेर कन्सन्ट्रेटर जडान भएपछि…