लामो कुटनीतिक मौनता तोडिँदै दुई देश, नेपाल–भारतबीच आगामी सोमबार उच्चस्तरीय वार्ता हुने

काठमाडौं। नेपाल र भारतबीच लामो समयदेखिको कुटनीति मौनता तोडिँदै आगामी सोमबार (भदौ १) मा उच्चस्तरीय वार्ता हुने भएको छ। भारतीय विदेश मन्त्रालयको हवला दिँदै भारतीय सञचार माध्यम आजतकले उच्चस्तरीय वार्ता हुने तय भएको जनाएको छ।

काठमाडाैंमा हुने वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिब शंकार दास वैरागीले गर्ने छन् भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व काठमाडौंस्थित भारतीय राजदूत विनय मोहन क्वात्राले गर्ने जनाइएको छ।

यो वार्ता विशेष गरी भारतीय लगानीमा नेपालमा सञ्चालित परियोजनाको प्रगतिबारे हुने जनाइएको छ। यो किसिमको वार्ता २०१६ देखि हुँदै आए पनि पछिल्लो समय भने वार्ता रोकिएको थियो।

विदेश मन्त्रालय स्तरमा हुन लागेको यो वार्ताको विषय भारतीय लगानीका नेपालमा सञ्चालित परियोजना बताइए पनि खास एजेण्डाबारे भने केही खुलाइएको छैन।
भारतले गत वर्ष एकतर्फी रुपमा नक्सा जारी गर्दै नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी आफ्नो नक्सामा समेटेपछि सम्बन्धमा आएको चिसोपना नेपालले गत वैशाखमा नयाँ नक्सा जारी गरेपछि झनै बढेको थियो।

नेपालले नयाँ नक्सा जारी गर्नुअघि सीमा विवादका विषयमा भारतसँग वार्ताको पहल गरे पनि भारतले वार्ता गर्न रुची देखाएको थिएन। नक्सा जारीपछि पनि नेपालले वार्ताका लागि पहल गरेको थियो। तर, भारतीय पक्षबाट सकरात्मक जवाफ आएको थिएन।

तर, आगामी हप्ता काठमाडौंमा हुन लागिएको उच्चस्तरीय वार्ताले दुई देशबीच लामो समय बन्द रहेको कुटनीतिक वार्ता फेरि शुरु हुने भएको छ।

भर्खरै प्रकाशित

राष्ट्रपति र प्रधानमन्त्री दुवैले अब पद छोड्नुपर्छ : गगन थापा

महोत्तरी । आफूले गरेको गल्तीको लाज प्रधानमन्त्रीलाई नलागेको तर उनलाई लाग्नुपर्ने लाजको भारी संसद्ले बोक्न नसक्ने कांग्रेस नेता गगन थापाले बताएका छन् । संसद्ले अब…

हेलिकप्टर चढ्न मानेनन् ‘विप्लव’, गाडीमै काठमाडाैं आउँदै

काठमाडौं– सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ शुक्रबार राष्ट्रिय सभागृहमा हुने विशेष समारोहका लागि गाडीमै आउने भएका छन्। गृह मन्त्रालयले ‘विप्लव’…

‘विप्लव’का एक हजार बढी नेता कार्यकर्ता रिहा हुँदै

काठमाडौं । सरकार र नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहबीच तीन बुँदे सहमति भएसँगै सो समुहका एक हजार ३६ जना नेता कार्यकर्ता रिहाइ हुने भएका छन्…

प्रधानमन्त्री जनताको मन–मनमा मात्रै नभइ बारी–बारी र घर–घरमा पनि

२०५६ सालको चुनावमा कांग्रेसको नारा थियो: ‘गाउँगाउँमा शिक्षा, घरघरमा रोजगार । नेपाली कांग्रेसको बहुमतको सरकार ।’ तत्कालीन एमालेका नेता केपी ओलीले यो नारालाई कटाक्ष गर्दै…

‘पैसावाला मन्त्री’ले रुम्जाटार घुमाए मुख्यमन्त्री राई दम्पत्तिलाई

काठमाडौं, २० फागुन । मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश १ को अविस्वास प्रस्ताव सरेकै समयमा प्रदेश १ का भौतिक पूर्वाधार बिकास मन्त्री अम्बिरबाबु गुरुङले मुख्यमन्त्री शेरधन…