रुसी राष्ट्रपति पुटिन, जसले कोरोना भाइरसविरुद्धको खोप आफ्नै छोरीलाई लगाउन अनुमति दिए

एजेन्सी । रुसले कोरोना भाइरसविरुद्ध विश्वको पहिलो भ्याक्सिन दर्ता गरेको घोषणा राष्ट्रपति भ्यादिमिर पुटिनले गरेका छन् । विश्वव्यापी रुपमा फैलिएको प्रा ण घातक रोगविरुद्ध प्रतिरोधी क्षमता विकास गर्नका लागि यो डोज प्रभावकारी रहेको उनले बताए ।

‘मैले बुुझेअनुसार कोरोना भाइरसविरुद्धको विश्वको पहिलो भ्याक्सिन यसै बिहान रुसमा दर्ता भएको छ,’ राष्ट्रपति पुटिनले सरकारका सदस्यहरुलाई भने, ‘म ती सबैलाई धन्यवाद् दिन्छु, जसले भ्याक्सिन निर्माणमा काम गरे । यो पुरै विश्वका लागि महत्वपूर्ण क्षण हो ।’

पुटिनले रुसमा स्वेच्छाअनुसार भ्याक्सिन लगाउने कार्यक्रम अघि बढाउनुपर्ने बताए । उनले यस भ्याक्सिन लगाउन कसैलाई बाध्य नगरिने बताए । आफ्नी एक छोरीले पनि यस भ्याक्सिन लगाइसकेको खुलासा पुटिनले गरे ।

‘मलाई थाहा छ कि यसले स्थिर इम्युनिटी विकास गर्छ, प्रभावकारी काम गर्छ र म दोहोर्याएर भन्छु, यसले सबै परीक्षण पास गरिसकेको छ,’ उनले भने । कोभिड–१९ का कारण अहिलेसम्म विश्वभर ७ लाखभन्दा धेरैको मृत्यु भइसकेको छ । त्यस्तै २ करोडभन्दा धेरैमा संक्रमण देखिएको छ ।

पुटिनले स्वास्थमन्त्री मिखाइल मुरास्र्कोलाई भ्याक्सिनबारे थप जानकारी उपलब्ध गराउन भनेका थिए । मुरास्र्कोले आगामी जनवरीसम्म सबैसमक्ष भ्याक्सिन पुगिसक्ने आशा गरे । अहिले भने स्वास्थ्यकर्मी र शिक्षकहरुलाई प्राथमिकतामा राखिएको छ ।

विश्वका अति प्रभावित देशको सूचीमा अमेरिका, ब्राजिल र भारतपछि रुसको नाम आउँछ । रुसमा ८ लाख ९५ हजारमा कोरोना भाइरसको सं क्रमण पुष्टि भइसकेको छ भने १५ हजार १ सय ३१ जनाको मृत्यु भइसकेको छ ।

अमेरिकामा ५० लाखभन्दा धेरै, ब्राजिलमा ३० लाखभन्दा धेरै र भारतमा २० लाखभन्दा धेरैमा कोरोना भाइरसको सं क्रमण पुष्टि भइसकेको छ ।

भर्खरै प्रकाशित

मुख्यमन्त्री शेरधन राईको बिहेपछि अविश्वास प्रस्ताव बारे छिनोफानो

५ माघ, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई ५० वर्षको उमेरमा ११ माघमा वैवाहिक बन्धनमा बाँधिदैछन् । त्यसको चार दिन पनि प्रदेशसभाको अधिवेशन…

स्थिरता र विकासका लागि ताजा जनादेश, तोकिएको मितिमा निर्वाचन जरुरी…

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा निर्वाचन…

प्रचण्ड माधवको आग्रह : ‘संविधानको रक्षा गर्न सबै सडक संघर्षमा…

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माधव-प्रचण्ड समूहका अध्यक्षद्वय माधव कुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक घोषणा विरुद्ध र संविधानको रक्षा…

विनम्रता पनि कहीँ लम्पसारवाद हुन्छ ?

समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्तापछि सन् २०१७ को अगस्ट २५ मा नयाँ दिल्लीको हैदराबाद हाउसमा नेपालका प्रधामनन्त्री शेरबहादुर देउवासहितको पत्रकार सम्मेलन चलिरहेको थियो ।…

हिउँदे अधिवेशनलाई मध्यनजर गर्दै झिक्न नमिल्ने गरी जोडियो प्रदेशसभाका कुर्सी

५ माघ, विराटनगर । प्रदेश १, प्रदेशसभाले माघ ७ गतेदेखि सुरु हुने हिउँदे अधिवेशनको तयारी गरेको छ । यो अधिवेशनमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको…