रुसद्वारा विश्वकै पहिलो कोरोना भ्याक्सिन स्वीकृत ! पुटिनले घोषणा गरे, छोरीले लगाइन् भ्याक्सिन

काठमाण्डाै ।  रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले कोरोना भाइरसविरुद्धको खोप विकास गरेर प्रयोगमा ल्याएको दाबी गर्नु भएको छ । पुटिनले कोरोनाविरुद्धको खोप आफ्ना दुई छोरीलाई लगाएको र उनीहरुलाई कुनै ‘साइड इफेक्ट’ नदेखिएको बताएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पुटिनले मङ्गलबार खोपको विकास गरी दर्ता भएको जानकारी दिनुभएको हो । कोरोनाविरुद्धको खोप दर्ता गर्ने रुस पहिलो राष्ट्र बनेको छ । रुसका अधिकारीहरुले यो खोप डाक्टर, स्वास्थ्यकर्मीसहित मेडिकल कर्मचारी, शिक्षक र अरु उच्च जोखिममा रहेका वर्गमा दिइने जनाएका छन् ।

समाचार एजेन्सी एजेन्सी एएफपीकाे जानकारी अनुसार याे खाेप मस्काेकाे गामेल्या इन्स्टिच्युटले बनाएकाे हाे । रुसी राष्ट्रपति पुटिनले रुसमा चाँडै नै याे खाेपकाे उत्पादन सुरु गर्ने र ठूलाे सङ्ख्यामा खाेपकाे डाेज बनाउने बताउनुभएकाे छ ।

अब यदि रुसले गरेकाे दाबी सही साबित भएर विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले खाेपलाई मञ्जुरी दियाे भने विश्वकाे लागि याे एउटा ठूलाे राहत साबित हुन सक्छ ।

अहिले विश्वभर नै काेराेना भाइरसविरुद्धकाे खाेप बनाउनकाे लागि कैयाैँ ठाउँमा परीक्षण भइरहेकाे छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार झण्डै सयभन्दा धेरै खाेप बनाउनकाे लागि काम भइरहेकाे छ । जसमा अमेरिका, बेलायत, इजरायल, चीन, रुस, भारत जस्ता देश सामेल छन् ।

रुसमा अहिलेसम्म आठ लाख ९७ हजार पाँच सयभन्दा धेरैमा कोरोनाकाे सङ्क्रमण पुष्टि भएकाे छ । कोरोनाका कारण त्यहाँ १५ हजार एक सयभन्दा धेरैको मृत्यु भएकाे छ । कोरानाकाे कारण विश्वमा सबैभन्दा धेरै प्रभावित भएको देशको सूचीमा रुस चौथो स्थानमा छ ।

भर्खरै प्रकाशित

प्रचण्डलाई लेखराज भट्टले दिए यस्तो निम्तो

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीमा फर्किन निम्तो दिएका छन् । उनले प्रचण्डको पछिल्लो अभिव्यक्तिमाथि आपत्ति जनाउंदै यसरी…

नेपाली महिलामाथि भारतीय सुरक्षा बलले हा’तपात र दु’र्व्यवहार गरेपछि बेहलीयावासी…

भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपालीमाथि ज्या’दती गरेको भन्दै रूपन्देहीको नेपाल-भारत सीमानाका बेलहियावासीले बुधबार साँझ प्रदर्शन गरेका छन्। सिमापारि सुनौली गएकी बेलहियाकी देवी आलेलाई चेकजाँचको…

छोराले ओगटेको सम्पत्ति फिर्ता गर्न माग गर्दै बुबा–आमा मिडियामा

काठमाडौं, १९ फागुन । जेठो छोरा प्रेमराज श्रेष्ठले काठमाडौंमा भएको घर ओगटेकोे भन्दै बाबु आमाले सम्पत्ति फिर्ता गर्न माग गरेका छन् । आज (बुधबार) काठमाडौंमा…

प्रधानमन्त्री ओलीले एउटा गैंडाको एक वर्षभरि पालनपोषणको सम्पूर्ण जिम्मा लिने

१९ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा गैंडाको एक वर्षभरि पालनपोषणको सम्पूर्ण जिम्मा लिएका छन् । नेपाल प्रकृति संरक्षण कोषले विश्वजन्तु दिवस तथा…

प्रधानमन्त्रीका लागि मरिहत्ते गरेको छैन, पाए छाड्ने कुरै हुदैन :…

चितवन । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि आफू मरिहत्ते नगर्ने तर पाएदेखि नभाग्ने बताएका छन् । चितवनको रत्‍ननगरमा पार्टीका नेता स्वर्गीय एकनाथ रानाभाटको…