दाङमा एकै दिन २९ जना नेपाली सेनाका जवानमा कोरोना पुष्टि

दाङ : दाङमा एकै दिन २९ जना नेपाली सेनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । दाङको तुलसीपुरमा रहेको १९ नं. बाहिनीमा कार्यरत २९ जना नेपाली सेनामा कोरोना पुष्टि भएको हो ।

भेरी अस्पताल नेपालगञ्ज बाँकेमा गरिएको पीसीआर परीक्षणमा १९ नम्बर बाहिनीका २९ जना नेपाली सेनाका जवानमा कोरोना देखिएको बाहिनीले पुष्टि गरेको छ ।

साउन १८ गते संक्रमण देखिएका जवानाको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक ट्रेसिङ गर्दा २९ जनामा संक्रमण देखिएको १९ नम्बर बाहिनीलका सहायक बाहिनीपति अलिन सिहले जानकारी दिए ।

प्युठानमा कार्यरत एक जवान साउन १४ गते ट्रेनिङका लागि नेपालगञ्ज जाँदै गरेको समयमा स्वास्थ्य समस्या देखिएपछि साउन १६ गते स्वाब संकलन गरी परीक्षण गर्दा संक्रमण देखिएको थियो ।

ती जवानमा संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका ३१ जनाको साउन २३ गते स्वाब संकलन गरिएको थियो । जसमा २९ जनाको पोजिटिभ र २ जनाको रिर्पोट नेगेटिभ आएको हो ।

कोरोना संक्रमण पुष्टि भएका २९ जना सबै बाहिनीभित्रैको आइसोलेसनमा बसिरहेको सहायक बाहिनीपति अलिन सिंहले जानकारी दिए ।तालिमका लागि आएका र केही बाहिनीभित्रकै सेनामा संक्रमण पुष्टि भएको उनले बताए ।

सिहले एकजनालाई संक्रमण देखिएपछि उनीको सम्पर्कमा रहेका सबैलाई आइसोलेसनमा राखिएको अवस्थामा रिपोर्ट पनि पोजिटिभ आएको बताए । संक्रमति सेनामा कुनै पनि लक्षण देखिएको छैन । अन्नपुर्णपोस्टबाट तस्विर : गुगल 

भर्खरै प्रकाशित

चीन-अमेरिका व्यापार यु’द्ध: चीनले ल्यायो निकासीसम्बन्धी कडा कानुन

अमेरिकालाई लक्षित गरी चीनले जारी गरेका नयाँ कठोर कानुनले थप ‘नि’यन्त्रित वस्तु’ निर्यातमा रोक लगाएको छ। यी नियमहरू चिनियाँ राष्ट्रिय सुरक्षामा प्रतिकूल प्रभाव पार्न सक्ने…

चीनले बनायो पृथ्वीको जुनै स्थानमा पनि दुई घण्टामै पुग्न सकिने…

चीनका वैज्ञानिकहरुले पृथ्वीको जुनै स्थानमा पनि दुई घण्टामै पुग्न सकिने जेट इन्जिन बनाएको दाबी गरेका छन्। उक्त इन्जिन सुपरसोनिक विमानमा जडान गरिनेछ। सुपरसोनिक म्याच १६…

अमेरिकी पाठ्यक्रममा सच्याइयो बुद्धबारे गलत विवरण

काठमाण्डाै । संयुक्त राज्य अमेरिकाको न्यूयोर्क राज्यको माध्यमिक तहका पाठ्यक्रममा शान्तिका अग्रदूत गौतम बुद्ध भारतमा जन्मिएको भनेर राखिएको गलत विवरण सच्याइएको छ । नेपाली मुलका…

धुम्बाराहीमा सुरक्षा थ्रेट भन्दै बालुवाटारमा बोलाइयो नेकपा सचिवालय बैठक

१६ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमै बस्ने भएको छ । शनिबार बसेको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले…

नेपालमा अब सबै अन्तर्राष्ट्रिय उडान खुला

काठमाडौँ । नेपालले कोरोना माहामारीका कारण ०७६ चैत ९ गतेदेखि रोकेका भारतसहित सबै मुलुकका काठमाडौंका लागि हुने व्यवसायिक अन्तर्राष्ट्रिय उडान खुला गरेको छ । संस्कृति…