रुसले भाेली कोरोना विरुद्धको औषधि लन्च गर्ने, पुटिनले गरे घोषणा

मस्को । रुसले कोरोना विरुद्धको खोप आफुले निर्माण गर्न सफल भएको दाबी गरेको छ । के अब यसले कोरोना भाइरस विरुद्धको लडाँइलाई जित्नसंसारभर रुसले बनाएको भनेको यो खोपबारे निकै चर्चा चलिरहेको छ । रुसले १२ अगस्टमा कोरोना विरुद्धको खोप दर्ता गर्ने जनाएको छ ।

रुसका उपस्वास्थ्य मन्त्री ओलेग ग्रीडनेभले १२ अगस्टमा कोरोना भाइरस विरुद्धको खोप दर्ता गर्ने र आगामी महिनाबाट उत्पादन सुरु गर्ने जानकारी दिनुभएको छ । उहाँले खोप बताउनुभयो । यो खोप रक्षा मन्त्रालय र गामलेया रिसर्च इन्स्टिच्यूटले संयुक्त रुपमा विकास गरेका हुन् ।

रुसले मानिसमा गरिएको अन्तिम चरणको खोपको परीक्षण सफल भएको र छिट्टै बजारमा खोप ल्याउने बताएको छ । जुन १८ देखि क्लिनिकल ट्रायल भएको थियो ।

परीक्षणमा सहभागी सबैको रोग प्रतिरक्षा विकास भएको पाइएको थियो । पहिलो चरणको परीक्षणमा सहभागि भएकालाई जुलाई १५ र दोस्रो चरणकोलाई जुलाइ २० मा डिस्चार्ज गरिएको थियो ।

स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले सेप्टेम्बरको अन्त्यसम्ममा खोपको उत्पादन हुने बताउनुभयो । संसारभर सय भन्दा बढी खोपको परीक्षण भइरहेको छ जसमा केहीको अन्तिम परीक्षण चलिरहेको छ यद्यपी हालसम्म आधिकारिक रुपमा कोरोना विरुद्धको खोप आइसकेको छैन ।

गत डिसेम्बरबाट देखिएको कोरोना संक्रमणबाट संसारभर १ करोड ९४ लाख ९९ हजार मानिस बिरामी भएका छन् भने ७ लाख २३ हजार ८८९ संक्रमितको मृत्यु भइसकेको छ । १ करोड १८ लाख ६४ हजार संक्रमित निको भएका छन् । एजेन्सी

भर्खरै प्रकाशित

प्रचण्ड निकट नेकपा नेता पुरीका नाममा भेटियो थप १४ बिगाहा…

झापा दमकका नेकपा नेता रेवतराज पुरी ‘गगन’ले थप १४ बिगाहा सरकारी जग्गा आफ्नो नाममा ल्याएर बिक्री गरेको भेटिएको छ। मंसिर ९ गते पुरी पक्राउ परेपछि…

एनआइसी एसिया बैंकका सिइओ रोशनकुमार न्यौपानेको तलब साढे २ करोड

काठमाडौं । एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले वार्षिक तलब भत्ता तथा बोनस बापत २ करोड ५० लाख रुपैयाँ बुझेका छन्। एनआएसी एसियालाई…

सिरानीमा मोबाइल राखेर सुत्ने गर्नुभएको छ ? अब यो भूल…

काठमाडौं- मोबाइल फोन जीवनको अभिन्न अंग वनिसकेको छ भन्दा फरक पर्दैन । पछिल्ला दिनहरुमा मानिस मोबाइलमा धेरै समय विताउनमै व्यस्त हुन थालेका छन् । जुनसुकै…

पोखराले काठमाडौंबाट पाठ सिक्नुपर्छ: मेयर शाक्य

काठमाडौं  महानगरका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको अवस्थाबाट पोखराले पाठ सिक्नु पर्ने बताएका छन्। काठमाडौं र पोखराको चुनौती अनियन्त्रित बसाइँसराइ रहेको भन्दै शाक्यले व्यवस्थित बसोबासका योजना…

अधुरै रहयो ३० वर्षीय प्रेमबहादुर खत्रीको परिवारसँग घुम्‍ने योजना

दाङ — बिहीबार राति ११ बजेसम्म प्रेमबहादुर खत्री बुबा र श्रीमतीसँग भिडियो कलमा कुराकानी गर्दै थिए । चार वर्षदेखि अमेरिकामा रहेका भाइ लोकराज पनि कुराकानीमा जोडिएका…