बिहारका मुख्यमन्त्री नितिश कुमारको आरोप : ‘नेपालले बिहारमा बाढी नियन्त्रण गर्न सहयोग गरेन’

भारतको बिहारका मुख्यमन्त्री नितिश कुमारले नेपालले बाढी नियन्त्रणमा सहयोग नगरेको आरोप लगाएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भिडियो कन्फरेन्सको क्रममा उनले बिहारको उत्तरी क्षेत्रमा बाढी नियन्त्रण गर्न नेपाली पक्षले सहयोग नगरेको उल्लेख गरेको एनडीटिभीले जनाएको छ।

नेपाली क्षेत्रबाट बग्ने नदीले बिहारमा बाढी जाने क्रम बढेको नितिशको भनाइ थियो।

‘अत्याधिक वर्षाका कारण नेपाली क्षेत्रमा रहेको ब्यारेजमा पानीको सतह बढ्दै जाँदा उत्तरी बिहारमा बाढी गइरहेको छ।

नेपाल र भारतबीचको सम्झौता अनुसार बिहारको पानी संसाधन विभागले बाढी नियन्त्रणको प्रयास गरिरहेको छ।’ नितिशले भने, ‘तर केही वर्षयता नेपालले हामीलाई बाढी नियन्त्रण गर्न सहयोग गरिरहेको छैन।’

नितिशले मोदीलाई यस विषयमा सहयोग गर्न आग्रह गरेका छन्।

नितिशको उक्त अभिव्यक्तिपछि युनेस्कोको अन्तर्राष्ट्रिय जल सहयोगका अध्यक्ष र उपसाला विश्वविद्यालय प्रोफेसर अशोक स्वैनले भारतले बाढी नियन्त्रणमा असफल भएपछि नेपाललाई दोष लगाउने पुरानो खेल फेरि सुरु गरेको टिप्पणी गरेका छन्।

‘नेपालमा रहेको ब्यारेज भारतको नियन्त्रणमा छ र त्यसको व्यवस्थापन पनि भारतले नै गरिरहेको छ।’ स्वैनले ट्वीट गर्दै लेखेका छन्।

भर्खरै प्रकाशित

प्रचण्ड निकट नेकपा नेता पुरीका नाममा भेटियो थप १४ बिगाहा…

झापा दमकका नेकपा नेता रेवतराज पुरी ‘गगन’ले थप १४ बिगाहा सरकारी जग्गा आफ्नो नाममा ल्याएर बिक्री गरेको भेटिएको छ। मंसिर ९ गते पुरी पक्राउ परेपछि…

एनआइसी एसिया बैंकका सिइओ रोशनकुमार न्यौपानेको तलब साढे २ करोड

काठमाडौं । एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले वार्षिक तलब भत्ता तथा बोनस बापत २ करोड ५० लाख रुपैयाँ बुझेका छन्। एनआएसी एसियालाई…

सिरानीमा मोबाइल राखेर सुत्ने गर्नुभएको छ ? अब यो भूल…

काठमाडौं- मोबाइल फोन जीवनको अभिन्न अंग वनिसकेको छ भन्दा फरक पर्दैन । पछिल्ला दिनहरुमा मानिस मोबाइलमा धेरै समय विताउनमै व्यस्त हुन थालेका छन् । जुनसुकै…

पोखराले काठमाडौंबाट पाठ सिक्नुपर्छ: मेयर शाक्य

काठमाडौं  महानगरका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको अवस्थाबाट पोखराले पाठ सिक्नु पर्ने बताएका छन्। काठमाडौं र पोखराको चुनौती अनियन्त्रित बसाइँसराइ रहेको भन्दै शाक्यले व्यवस्थित बसोबासका योजना…

अधुरै रहयो ३० वर्षीय प्रेमबहादुर खत्रीको परिवारसँग घुम्‍ने योजना

दाङ — बिहीबार राति ११ बजेसम्म प्रेमबहादुर खत्री बुबा र श्रीमतीसँग भिडियो कलमा कुराकानी गर्दै थिए । चार वर्षदेखि अमेरिकामा रहेका भाइ लोकराज पनि कुराकानीमा जोडिएका…