नेपाल-चीन सैन्य अभ्यास स्थगित, चीनले नेपाली सेनालाई पठायो औपचारिक पत्र

काठमाडौं : कोरोना संक्रमणको जोखिमका कारण नेपाल-चीनबीच हुने भनिएको संयुक्त सैन्य अभ्यास स्थगित भएको छ। सन् २०२१ को जनवरीसम्मका सैन्य अभ्यास र दुवैतर्फका सम्पूर्ण सैन्य कार्यक्रम नहुने भएका छन्।

यसबारेमा चीनले नेपाली सेनालाई औपचारिक पत्र पठाएको छ। आगामी जनवरीमा दुवै पक्षको छलफलपछि स्थगित भएका कार्यक्रमबारे नयाँ मिति तय हुने सैनिक स्रोतले जनाएको छ। संयुक्त सैन्य अभ्यास पनि दुवैतर्पmका उच्च सैनिक अधिकारीको छलफल पछि स्थगित भएको हो। गत वर्ष नेपालमा भएको सैन्य अभ्यास यस पटक चीनमा हुने तालिका थियो।

सैनिक प्रवक्ता सन्तोषवल्लभ पौड्यालले महामारीका कारण नेपाली र चिनियाँ जनमुक्ति सेनाबीचको संयुक्त सैन्य तालिम तत्कालका लागि स्थगित भएको बताए। उनले भने, ‘अनुकूल वातावरण बनेलगत्तै दुवै पक्ष बसेर नयाँ मिति तय गछौं।’ आतंकवादबाट उत्पन्न हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई दृष्टिगत गरी दुवै देशका विशेष फौजले २०७४ देखि सैन्य अभ्यास गर्दै आएका छन्। २०७४ वैशाख ३ देखि १२ गतेसम्म पहिलो पटक काठमाडौंमा नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच संयुक्त सैन्य अभ्यास भएको थियो।

नेपाली र चिनियाँ सेनाबीच हुँदै आएको संयुक्त सैन्य अभ्यासलाई पश्चिमा मुलुकहरूले रणनीतिक रूपमा हेर्ने गरेका छन्। ‘सगरमाथा फ्रेन्डसिप’ नाम दिइएको सैन्य अभ्यास प्रतिआतंकवाद युद्धकला, विपद् व्यवस्थापनलगायत विषयमा केन्द्रित छ। सैन्य अभ्यासको दोस्रो संस्करण २०७५ मा चीनको सिचुवान प्रान्तको छेन्दुमा भएको थियो। गत वर्ष काठमाडौंमा भएको अभ्यासमा दुवैतर्फका सेनाको महासेनानीको नेतृत्वमा २२÷२२ जना सैन्य अधिकारी सहभागी भए।

नेपाली सेनाले अमेरिका, भारतलगायत मुलुकहरूसँग सैन्य अभ्यास गर्दै आएको छ। सैन्य कूटनीतिलाई दरिलो बनाउन नेपाली सेनाले अन्य मुलुकका सेनासँग पनि संयुक्त रूपमा विभिन्न अभ्यास र तालिम गर्दै आएको छ। बंगलादेशमा सन् २०१६ र २०१९ को अप्रिलमा श्रीलंकामा आतंकवादी आक्रमण भएपछि एसियाली मुलुकहरू थप सजग बनेका छन्। एसियाली मुलुकका सैनिक संगठनहरूले आतंकवादको सम्भावित चुनौतीलाई ध्यानमा राखेर द्विपक्षीय र बहुपक्षीय सैन्य अभ्यास गर्दै आएका छन्। नेपाल-चीन सैन्य अभ्यासबारे जापान, कोरिया, भारत, अमेरिका र युरोपेली मुलुकले असहजता प्रकट गर्दै आएका छन्।

नेपाली सेनाले चीनसँगको संयुक्त सैन्य अभ्यास नियमित र सामान्य भएको बताउँदै आएको छ। झन्डै दुई वर्षअघि बिमस्टेक राष्ट्रबीच हुने संयुक्त सैन्य अभ्यासमा नेपाली सेनाको सहभागितालाई लिएर विवाद भएको थियो। प्राविधिक र आर्थिक सहायताका लागि बनेको संगठनभित्र सैन्य अभ्यासको विषयले प्रवेश पाउनु असान्दर्भिक भएको भन्दै आलोचना भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनालाई उक्त सैन्य अभ्यासमा सहभागी नहुन निर्देशन दिएका थिए।

भर्खरै प्रकाशित

रेम्डिसिभिर तोकेको मूल्यभन्दा सस्तोमा दिएपछि तस्करहरूको दवावमा औषधि बिक्रीमा रोक

घोराही । दाङ जिल्लामा मिलेनियम फर्मास्युटिकल र कालिका मेडिकल हलले कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डिसिभिर औषधि सस्तोमा दिएको भन्दै विक्री वितरणमा औषधि व्यवस्था विभागको…

जसपाका चार सांसदलाई कारवाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाका तत्कालीन चार सदस्यलाई कारवाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले…

एउटै दुलहीलाई लिन २ दुलाहा पुगेपछि हंगामा, एक प्रेमी अर्का…

भारतको उत्तर प्रदेशमा रहेको कन्नौजमा चलिरहेको एक विवाह समारोहमा दुलही लिन एकैपटक दुईजना दुलाहा पुगेपछि हंगामा मच्चिएको छ । ती दुईमध्ये एक दुलहीका प्रेमी थिए…

दाङको कोरोना विशेष अस्पताल : जहाँ तन्नेरीहरुले मात्रै धानेका छन्…

द्रोण वली उमेरले ३१ वर्ष पुग्नुभयो । अहिले कोरोना विशेष अस्पतालको व्यवस्थापनमा खटिरहनुभएको छ । कहिले अक्सिजन व्यवस्थापन, कहिले संक्रमित भर्ना, कहिले त्यहा आउने आफन्तिहरुका…

अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता : अक्सिजन प्लान्ट भनेर ४९…

सल्यान । जिल्ला अस्पताल सल्यानमा जडान गरिएको अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता भएको खुलासा भएको छ । शनिबार अस्पतालमा अक्सिजन प्लान्ट भनेर कन्सन्ट्रेटर जडान भएपछि…