दार्चुला–तिंकर सडक बनाउन खटिए सेना

दार्चुला । दार्चुला–तिंकर सडक निर्माणका लागि नेपाली सेनाको टोली दार्चुला पुगेको छ। चालु आर्थिक वर्षबाट दार्चुला–तिंकर सडकको निर्माण गर्ने जिम्मेवारी पाएसँगै नयाँ आर्थिक वर्षको पहिलो महिनामै सेनाको टोली निर्माण सामग्रीसहित जिल्ला आइपुगेको हो।

नेपाली सेनाका महासेनानी रमेश गुरुङको नेतृत्वमा ५३ जनाको टोली जिल्ला आइपुगेको दुर्गा दल गुल्म दार्चुलाका गुल्मपति सेनानी विक्रमदेव थापाले बताए। उनले भने ‘नेपाली सेनाका आठवटा गाडीमा निर्माण सामग्रीसहित सेनाको टोली सदरमुकाम खलंगा आइपुगेको छ।

सडक निर्माण गर्नुपर्ने क्षेत्रको स्थलगत अवलोकन गरी बन्दोबस्त गरिने छ।’ नेपाली सेनाको टोली केही दिन जिल्ला सदरमुकाम खलंगामै बस्ने र आवश्यक निर्माण सामग्री ढुवानीपश्चात् निर्माण स्थलमा खटिने सेनानी थापाको भनाइ छ।

सडक निर्माणको काम भाद्र महिनाबाट सुरु हुने थापाले संकेत गरे। बैशाख १४ गतेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले व्यास गाउँपालिका–२ घाँटी बगरदेखि तिंकरसम्म ८७ किलोमिटर सडक निर्माणको जिम्मा दिने निर्णय गरेको थियो।

२०६५/६६ बाट निर्माण सुरु भएको दार्चुला–तिंकर सडकको हालसम्म ४० किलोमिटर ट्र्याक खोलिएको छ। आव २०७७/०७८ बाट नेपाली सेनाले दार्चुला–तिंकर सडक निर्माणको जिम्मेवारी पाएको थियो।

सेनाको टोलीले चार सय ५० मिटर गोरेटो बाटोसमेत निर्माण गरिरहेको छ। गोरेटो बाटो निर्माणको कार्य करिब आधा भइसकेको जनाइएको छ। माथिल्लो क्षेत्रमा सडक निर्माण थाल्ने तयारी भइरहेको थापाले बताए।

भर्खरै प्रकाशित

चीनले बनायो पृथ्वीको जुनै स्थानमा पनि दुई घण्टामै पुग्न सकिने…

चीनका वैज्ञानिकहरुले पृथ्वीको जुनै स्थानमा पनि दुई घण्टामै पुग्न सकिने जेट इन्जिन बनाएको दाबी गरेका छन्। उक्त इन्जिन सुपरसोनिक विमानमा जडान गरिनेछ। सुपरसोनिक म्याच १६…

अमेरिकी पाठ्यक्रममा सच्याइयो बुद्धबारे गलत विवरण

काठमाण्डाै । संयुक्त राज्य अमेरिकाको न्यूयोर्क राज्यको माध्यमिक तहका पाठ्यक्रममा शान्तिका अग्रदूत गौतम बुद्ध भारतमा जन्मिएको भनेर राखिएको गलत विवरण सच्याइएको छ । नेपाली मुलका…

धुम्बाराहीमा सुरक्षा थ्रेट भन्दै बालुवाटारमा बोलाइयो नेकपा सचिवालय बैठक

१६ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमै बस्ने भएको छ । शनिबार बसेको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले…

नेपालमा अब सबै अन्तर्राष्ट्रिय उडान खुला

काठमाडौँ । नेपालले कोरोना माहामारीका कारण ०७६ चैत ९ गतेदेखि रोकेका भारतसहित सबै मुलुकका काठमाडौंका लागि हुने व्यवसायिक अन्तर्राष्ट्रिय उडान खुला गरेको छ । संस्कृति…

राजतन्त्रको पक्षमा कसले गर्दैछ देशका प्रमुख शहरहरुमा श्रृंखलाबद्ध प्रदर्शन ?

१६ मंसिर, काठमाडौं । नेपालमा राजतन्त्रको विधिवत अन्त भएको १२ वर्ष भएको छ । तर, केही दिनयता देशका प्रमुख शहरहरुमा राजतन्त्रको पक्षमा प्रदर्शनहरु भइरहेका छन्…