भारतबाट नेपाल प्रवेशमा कडाई, भारतबाट आउनेलाई सिमानामै क्वारेन्टाइनमा राख्नेबारे छलफल

कोभिड नाइन्टिन क्राइसिस सेन्टर सिसिएमसीले सिमानामा कडाई गर्न र अस्पतालमा बेड थप्न सरकारलाई सिफारिस गर्ने भएको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गठन गरेको सिसिएमसीको आइतबार साँझ बसेको बैठकले कोरोना भाइरसको संक्रमण र मृ’त्युदर बढिरहेका बेला अस्पतालहरु थप गर्ने, क्वारेन्टाइन स्थलहरुको थप गर्नेबारेमा छलफल गरेको प्रवक्ता महेन्द्र गुरागाईले रातोपाटीलाई जानकारी दिए ।

बैठकले भारतबाट नेपालमा आउनेलाई थप कडाई गर्न सरकारलाई सिफासिर गर्ने, भदौं १ गतेबाट लामो दुरीको बस सेवा र हवाई यातायात पछि सार्नेबारे मन्त्रीपरिषदको बैठकबाट निर्णय भएकोले मन्त्रीपरिषदको बैठकबाटै पछि सार्न प्रस्ताव गर्नेबारेमा छलफल भएको हो ।

उनले भने–‘अहिले कोभिडको संक्रमणदर बढिरहेको छ, थप अस्पताल र ति अस्पतालहरुमा बेड थप गर्न स्वास्थ्य मन्त्रालयले प्रवन्ध गर्नेबारे छलफल भएको छ । भारतबाट संक्रमित भित्रिदा तराईका जिल्लामा बढ्यो, त्यहाँबाट उपत्यकामा संक्रमण भित्रियो । भारतबाट आउनेलाई सिमानामै क्वारेन्टाइनमा राख्नेबारे छलफल भएको छ ।’

पहिले स्थानीय तहको क्वारेन्टाइनमा राखिने भएपनि यात्रामा जोखिम बढ्ने भएकोले सिमानामै क्वारेन्टाइनमा राखेर मात्र पठाउने बारे निर्णय गर्न सिफारिस गरिएको छ ।

भर्खरै प्रकाशित

प्रचण्डलाई लेखराज भट्टले दिए यस्तो निम्तो

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीमा फर्किन निम्तो दिएका छन् । उनले प्रचण्डको पछिल्लो अभिव्यक्तिमाथि आपत्ति जनाउंदै यसरी…

नेपाली महिलामाथि भारतीय सुरक्षा बलले हा’तपात र दु’र्व्यवहार गरेपछि बेहलीयावासी…

भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपालीमाथि ज्या’दती गरेको भन्दै रूपन्देहीको नेपाल-भारत सीमानाका बेलहियावासीले बुधबार साँझ प्रदर्शन गरेका छन्। सिमापारि सुनौली गएकी बेलहियाकी देवी आलेलाई चेकजाँचको…

छोराले ओगटेको सम्पत्ति फिर्ता गर्न माग गर्दै बुबा–आमा मिडियामा

काठमाडौं, १९ फागुन । जेठो छोरा प्रेमराज श्रेष्ठले काठमाडौंमा भएको घर ओगटेकोे भन्दै बाबु आमाले सम्पत्ति फिर्ता गर्न माग गरेका छन् । आज (बुधबार) काठमाडौंमा…

प्रधानमन्त्री ओलीले एउटा गैंडाको एक वर्षभरि पालनपोषणको सम्पूर्ण जिम्मा लिने

१९ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा गैंडाको एक वर्षभरि पालनपोषणको सम्पूर्ण जिम्मा लिएका छन् । नेपाल प्रकृति संरक्षण कोषले विश्वजन्तु दिवस तथा…

प्रधानमन्त्रीका लागि मरिहत्ते गरेको छैन, पाए छाड्ने कुरै हुदैन :…

चितवन । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि आफू मरिहत्ते नगर्ने तर पाएदेखि नभाग्ने बताएका छन् । चितवनको रत्‍ननगरमा पार्टीका नेता स्वर्गीय एकनाथ रानाभाटको…