काठमाडौँ । भारतीय विदेश मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका नरहेको प्रष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तावले जारी गरेको विज्ञप्तिमा भनिएको- ‘बुद्ध लुम्बिनीमा जन्मिएका हुन् भन्नेमा कुनै शंका छैन, जुन नेपालमा पर्छ ।’
शनिबार नयाँ दिल्लीमा भएको एक कार्यक्रममा भारतीय विदेश मन्त्री एस. जयशंकरले बुद्धलाई महान् भारतीयका रुपमा चित्रण गरेपछि नेपालले यसको विरोध गरेको थियो ।
परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै बुद्ध नेपालमा जन्मिएकोमा कुनै दुविधा नभएको र यसको यथेष्ट प्रमाण पनि भएको बताएको थियो ।