चिनियाँ कम्पनी भीभोले झट्का दिएपछि बीसीसीआइ अध्यक्षले भने, ‘भारतका लागि यस्तो सामान्य हो’

काठमाडौं। चिनियाँ कम्पनी भिभोले इण्डियन प्रिमियर लिग (आइपिएल)को शीर्ष प्रायोजकबाट पछि हटेपछि अहिले भारतीय क्रिकेट बोर्ड आर्थिक समस्यामा परेको छ । यसै वर्ष आइपीएल संचालन गर्ने गरी तालिका सार्वजनिक भइसकेको छ तर बीसीसीआइले अर्को प्रायोजक पाएको छैन ।

भीभो बाहिरिएपछि बीसीसीआइलाई ४४० करोड घाटा लागेको छ । अर्को प्रायोजक यही मूल्यमा पाउने सम्भावना छैन जसका कारण आइपिएललाई निश्चित रुपमा ठूलो रकम घाटा लाग्नेछ । यद्यपि भारतीय क्रिकेट बोर्ड (बीसीसीआइ)का अध्यक्ष सौरभ गांगुलीले भने यसलाई सामान्य झट्का भएको दावी गरेका छन् ।

गांगुलीले यसबाट बीसीसीआइलाई खासै फरक नपर्ने दावी गरे । गांगुलीले बीसीसीआइको जग बलियो भएको दावी गर्दै यस किसिमका सामान्य धक्कालाई झेल्न सक्ने बताए । बीसीसीआइसँग यस्ता परिस्थितिसँग जुध्नको लागि पहिले नै प्लान बी हुने पनि उनले दावी गरे ।

भीभोले आइपिएललाई दिने रकममा आधा रकम आठ फ्रेन्चाइजी टिमहरुलाई बराबर बाँडिन्छ । हरेक फ्रेन्चाइजीले हरेक वर्ष २७.५ करोड पाउँछन् । सम्झौता रद्द हुँदा ८ वटै फ्रेन्चाइजीले यो रकम गुमाउनेछन् ।

बीसीसीआइले दबाबमा यो वर्षको डील कायम राख्न नसके पनि अर्को वर्ष भीभोलाई नै मुख्य प्रायोजक बनाउने योजना बनाइरहेको छ । २०२१ मा तीन वर्षको लागि नयाँ सम्झौता गर्ने तयारी छ । यद्यपि भीभोलाई कायम राख्न नसके पनि बीसीसीआइले चिनियाँ कम्पनीलाई नै मुख्य प्रायोजक बनाउने तयारी गरिरहेको छ ।

नयाँ प्रायोजकको दौडमा बैजू, अमेजन, रिलायन्स जियो र कोकाकोला इण्डिया छन् । बैजू भारतको राष्ट्रिय टिमको पहिलेदेखि नै प्रायोजक भएकोले उसले आइपिएलको नयाँ प्रायोजकको अवसर पाउन सक्ने सम्भावना उच्च भएको बताइएको छ ।

बैजूले प्रायोजक पाए पनि आइपिएल चिनियाँ कम्पनीबाट बाहिर निस्कन सक्ने छैन किनकि बैजूमा पनि चिनियाँ बहुराष्ट्रिय कम्पनी टेनसेन्टको लगानी छ । बैजूले आइपिएलको प्रायोजनको लागि ३०० करोड दिने प्रस्ताव गरेको छ । यदि यस्तो भएमा आइपिएललाई शीर्ष पयोजकबाट आउने रकममा १४० करोड घाटा लाग्नेछ । यसबाट हरेक फ्रेन्चाइजी टिमलाई ८.७५ करोड घाटा लाग्नेछ ।

भर्खरै प्रकाशित

रेम्डिसिभिर तोकेको मूल्यभन्दा सस्तोमा दिएपछि तस्करहरूको दवावमा औषधि बिक्रीमा रोक

घोराही । दाङ जिल्लामा मिलेनियम फर्मास्युटिकल र कालिका मेडिकल हलले कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डिसिभिर औषधि सस्तोमा दिएको भन्दै विक्री वितरणमा औषधि व्यवस्था विभागको…

जसपाका चार सांसदलाई कारवाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाका तत्कालीन चार सदस्यलाई कारवाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले…

एउटै दुलहीलाई लिन २ दुलाहा पुगेपछि हंगामा, एक प्रेमी अर्का…

भारतको उत्तर प्रदेशमा रहेको कन्नौजमा चलिरहेको एक विवाह समारोहमा दुलही लिन एकैपटक दुईजना दुलाहा पुगेपछि हंगामा मच्चिएको छ । ती दुईमध्ये एक दुलहीका प्रेमी थिए…

दाङको कोरोना विशेष अस्पताल : जहाँ तन्नेरीहरुले मात्रै धानेका छन्…

द्रोण वली उमेरले ३१ वर्ष पुग्नुभयो । अहिले कोरोना विशेष अस्पतालको व्यवस्थापनमा खटिरहनुभएको छ । कहिले अक्सिजन व्यवस्थापन, कहिले संक्रमित भर्ना, कहिले त्यहा आउने आफन्तिहरुका…

अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता : अक्सिजन प्लान्ट भनेर ४९…

सल्यान । जिल्ला अस्पताल सल्यानमा जडान गरिएको अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता भएको खुलासा भएको छ । शनिबार अस्पतालमा अक्सिजन प्लान्ट भनेर कन्सन्ट्रेटर जडान भएपछि…