प्रहरीकै सेटिङमा नेपाल भित्रिदैं भारतीय नागरिक, सीमामा प्रहरीलाई ५ हजार दिए नेपाल प्रवेश

विभिन्न नाकाबाट धमाधम भारतीयहरु नेपाल प्रवेश गर्न थालेपछि सुदूरुपश्चिममा कोरोना भाइरस(कोभिड१९)को जोखिम बढेको छ। भारतमा कोरोना भाइरस(कोभिड१९)संक्रमण र यसको मृ त्युदर पनि बढ्दो छ। तर भारतीयहरु भने सुदूरुपश्चिमका विभिन्न नाकाबाट खुलम खुला नेपाल प्रवेश गरिरहेको छन्।

कैलालीको त्रिनगर नाका र छेउछाउबाट तथा कंचनपुरको दोधाराचादनीबाट भारतीय नागरिक प्रवेश गरिरहेका हुन। सीमामा खटिएका प्रहरीकै सहयोगमा भारतीय नागरिक प्रवेश गरेका छन्। चैत ११ गतेदेखि सीमामा ओहोरदोहोर बन्द भएपछि रोकिएका भारतीयहरु समेत गत जेठमा भारत फर्केका थिए।

लकडाउन खुलेर व्यापार व्यवसाय संचालन भएपछि भारतबाट भारतीय व्यवसायी, यहाँका उद्योग, कपाल काट्ने पसल, ग्रिल, वर्कसप, ग्यारेज लगायतामा काम गर्ने मजदुर नेपाल प्रवेश गरिरहेका हुन।

यहाँ कपाल काट्ने पसल, उद्योग, ग्रिल,ग्यारेज भारतीय मजदुरले भरिभराउ भैसकेका छन्। भने कतिपय भारतीय नागरिले संचालन गरिरहेका व्यवसाय पनि उनीहरुले संचालन थालेका छन्। भारतबाट आएकाहरुलाई समुदायमा घुलमिल हुन दिनाले धेरै ठूलो खतरा भएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन।

‘भारतीय नागरिक आएर शैलुन, ग्यारेज, उद्योग, ग्रिल सवैतिर भरिसकेका छन् ’स्थानीय युवा किशोर जोशी भन्छन्,‘जाँच नगरि क्वारेन्टिनमा नबसी सिधै समुदायमा यसरी घुलमिल हुदाँ भयाभह हुने देखिएको छ।’ एकातिर लकडाउन खुला भएर चहलपहल र भिडभाड बढ्नु , अर्कोतिर क्वारेन्टिनमा नबसी र कुनै जाँच नगरि भारतीय नगारिक धमाधम आएर समुदायमा घुलमिन हुनु खतरनाक भएको स्थानीय बताउँछन्।

सेती प्रादेशिक अस्पतालका कोरोना उपचार विभाग प्रमुख तथा वरिष्ठ फिजिसियन शेरबहादुर कमरले भारतीय नागरिक प्रवेश गरेर समुदायमा काम गरिरहेको अवस्था गंभिर भएको बताए।‘यो बेला भारतीय नागरिक प्रवेश गर्न नै दिनु भएन, अनि भारतबाट आएर यहाँ काम गर्न झनै मिलेन’उनी भन्छन्,‘भारतमा संक्रमणको दर व्यापक रुपमा बढिरहेको छ र मृ त्युदर पनि बढिरहेको छ, त्यहाँबाट नागरिक भित्रिनुदिनु ठूलो संकट निम्त्याउनु हो।’

नेपालमा लकडाउन खुलेसँगै चहलपहल र भिडभाड बढ्दै गएको उनी बताउँछन्। ‘दुरी कायम गर्ने, मास्क लगाउने, पटक पटक हातधुने कुरालाई वेवास्था गर्न थालेका छन् , डर हराएजस्तो गरि भिडभाड बढ्नुले पनि जोखिम बढेको देखिन्छ।’उनले भने।

प्रहरीकै सेटिङमा भित्रिदै भारतीय

सरकारले चैत १० गतेदेखि अन्तराष्ट्रिय नाका बन्द गरेको छ। सरकारको पछिल्लो मन्त्रिपरिषद बैठकले साउन ३२ गतेसम्म अन्तराष्ट्रिय नाका बन्द गर्ने निर्णय गरेको छ। तर संक्रमण बढीरहेको भारतबाट भारतीय नागरिकलाई सीमामा खटिएका सुरक्षाकर्मीले नै प्रवेश गराइरहेको बताइएको छ।‘सीमामा प्रहरीलाई पैसा दिएमा प्रवेश गर्न पाइराखिएको छ, रु ५ हजार दिएर प्रवेश गरेको हुँ’ ग्रिल उद्योगमा काम गर्ने एक जनाले भने,‘सबैजना यसरी नै प्रहरीलाई मिलाएर आइरहेका छन्।’ रु ५ हजार दिएमा प्रहरी र शसस्त्र प्रहरीले आउन दिएको उनको भनाई छ। रु ५ हजार तिर्न नसक्ने नित्रगर नाका छेउ नजिकै पूर्वतिर मोहना नदी तरेर समेत आउने गरेको उनले बताए। मोहना नदी तरेर आउदाँ पनि प्रहरीलाई २ हजार दिनु परेको उनको भनाइ छ।

‘भारतमा भयाभह रुपमा संक्रमण फैलिरहेको छ, त्यहाँबाट नगारिक आउनै दिनु नपर्ने हो, यदी आउन दिनु नै पर्ने भएपनि क्वारेन्टिनमा राखी जाँच गरेर कोरोना नभएको पुष्टि भएपछि मात्र समुदायमा काम गर्न दिनु पर्ने हो’नागरिक समाजका अगुवा प्रमोद पाठक भन्छन्,‘प्रहरीले घुस खाएर भारतीय नगारिक प्रवेश गराएको मैले पनि सुने, जताततै मौलाएको भ्रष्टाचारले जनतालाई निराश बनाइसक्यो।’

भ्रष्टाचारीको संरक्षण हुने भएकाले जताततै भ्रष्टाचार मौलाएर देश नै चुर्लुम्म डुबेकोले अवस्था भयाभह बन्दै गएको उनी बताउछन्।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बोहराले अन्तराष्ट्रिय सीमा नाका बन्द भएकाले अहिले भारतीय नगारिक नेपाल प्रवेश गर्न रोक लगाइएको दाबी गरे। सीमामा कडाइ गरेर भारतीय नागरिक आउन रोक लगाइएको उनको दाबी छ। सीमामा प्रहरीलाई पैसा दिएर भारतीय नागरिक प्रवेश गरेको सुन्नमा आएको उल्लेख गर्दै यसको बारेमा छानबिन गर्न प्रहरी प्रमुखहरुलाई निर्देशन दिइसकेको बताए।

‘सीमामा प्रहरीलाई पैसा दिएर भारतीय नागरिक प्रवेश गरेको हो भने यो गंभिर बिषय हो’उनले भने,‘मैले नेपाल प्रहरी र शसस्त्र प्रहरी दुवै एसपीलाई यो बिषयमा छानबिन गर्न कडाइका साथ निर्देशन दिइसकेको छुँ।’

शसस्त्र प्रहरीका एसपीले छानबिन समिति गठन गरेर छानबिन शुरु गरिसकेको उनले बताए। पैसा लिएर प्रवेश गरेको पाइएमा कारवाही गरिने उल्लेख गर्दै छानबिन गरेर पत्ता लगाउनमा सहयोग गर्न उनले आग्रह गरे।

पछिल्लो दिनमा सुदूरपश्चिममा संक्रमणको दर बढेको छ। भारतका बिभिन्न ठाउँमा काम गर्न गएकाहरु फर्केका कारण जोखिममा रहेको सुदूरपश्चिम भारतीय नाागरिकलाई अबैध रुपमा प्रवेश गराएर समुदायमा जान दिएपछि अझ बढी जोखिम भएको छ।

भारतका बिभिन्न ठाउँबाट आइरहेका नेपालीहरुलाई समेत क्वारेन्टिनमा नराखी घर घर पठाउने गरिएको छ। चरम लापरवाहीका कारण सुदूरपश्चिममा बिष्फोट भएर संकट निम्तीने खतरा रहेको वरिष्ठ फिजिसियन शुभेस राज कायस्थ बताउँछन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुृसार सुदूरपश्चिममा ४ हजार ७ सय ६० जना संक्रमित भएका छन्। संक्रमित मध्य ९ जनाको मृत्यु भएको छ। नागरिकन्यूजबाट 

भर्खरै प्रकाशित

प्रचण्ड निकट नेकपा नेता पुरीका नाममा भेटियो थप १४ बिगाहा…

झापा दमकका नेकपा नेता रेवतराज पुरी ‘गगन’ले थप १४ बिगाहा सरकारी जग्गा आफ्नो नाममा ल्याएर बिक्री गरेको भेटिएको छ। मंसिर ९ गते पुरी पक्राउ परेपछि…

एनआइसी एसिया बैंकका सिइओ रोशनकुमार न्यौपानेको तलब साढे २ करोड

काठमाडौं । एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले वार्षिक तलब भत्ता तथा बोनस बापत २ करोड ५० लाख रुपैयाँ बुझेका छन्। एनआएसी एसियालाई…

सिरानीमा मोबाइल राखेर सुत्ने गर्नुभएको छ ? अब यो भूल…

काठमाडौं- मोबाइल फोन जीवनको अभिन्न अंग वनिसकेको छ भन्दा फरक पर्दैन । पछिल्ला दिनहरुमा मानिस मोबाइलमा धेरै समय विताउनमै व्यस्त हुन थालेका छन् । जुनसुकै…

पोखराले काठमाडौंबाट पाठ सिक्नुपर्छ: मेयर शाक्य

काठमाडौं  महानगरका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको अवस्थाबाट पोखराले पाठ सिक्नु पर्ने बताएका छन्। काठमाडौं र पोखराको चुनौती अनियन्त्रित बसाइँसराइ रहेको भन्दै शाक्यले व्यवस्थित बसोबासका योजना…

अधुरै रहयो ३० वर्षीय प्रेमबहादुर खत्रीको परिवारसँग घुम्‍ने योजना

दाङ — बिहीबार राति ११ बजेसम्म प्रेमबहादुर खत्री बुबा र श्रीमतीसँग भिडियो कलमा कुराकानी गर्दै थिए । चार वर्षदेखि अमेरिकामा रहेका भाइ लोकराज पनि कुराकानीमा जोडिएका…