एजेन्सी । भारत सरकारले इन्डियन प्रिमियर लिग (आईपीएल) देश बाहिर लैजान भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) लाई अनुमति दिएको छ । आईपीएलको १३ औँ संस्करण आगामी १९ सेप्टेम्बरबाट यूएईमा सुरु हुदैछ ।
आईपीएलमा सहभागी हुने ८ टिमका खेलाडी र सहयोगी कर्मचारीले कोरोना जाँचको प्रोट्रोकल र एकान्तवासको तयारी सुरु गरेका छन् । बीसीसीआईका एक अधिकारीकाअनुसार लिखित अनुमती भने केही दिनपछि मात्र प्राप्त हुनेछ ।
एक अधिकारीले भने–‘शैद्धान्तिक रुपमा अनुमती प्राप्त गरेका छौँ । लिखित अनुमती समेत प्राप्त भैहाल्छ । धेरै फ्रेन्चाईज टिम बीसीसीआईको निर्देशनअनुसार अगष्ट २० मा यूएई प्रस्थान गर्नेछन् ।’
चेन्नेई सुपर किंग्स अगष्ट २२ मा यूएई प्रस्थान गर्ने तयारी गरेको छ । मुम्बई इन्डियन्सले आफ्ना भारतीय खेलाडीलाई आफ्नै आधारमा एकान्तवासमा राखिदिएको छ । केही फ्रेन्चाईज टिमले खेलाडीको सम्बन्धित शहरमा कोरोना परीक्षणको व्यवस्था गरिरहेका छन् । परीक्षण पश्चात खेलाडीहरु मुख्य शहरमा निस्कनेछन् ।