लेबनान बिस्फोटले सिकाएको पाठ : नेपालमा पनि यस्तो नहोला भन्न सकिन्न

४ अगस्त २०२० को साँझ लेबनानको राजधानी बेरूत सहरमा श्रृंखलाबद्ध बि’स्फोट भयो। जोखिमपूर्ण रसायन भएको थाहा हुँदाहुँदै पनि ६ वर्षदेखि बेरूतको बन्दरगाहमा राखिरहेको अमोनियम नाइट्रेटमा बि’स्फोटन’पश्चात् त्यहाँ आगो लाग्यो। यो घ’टनामा कम्तिमा १५७ जनाको मृ’त्यु भयो। कम्तिमा ८० जना हराइरहेका छन् र ५००० भन्दा बढी घा’इते भएका छन्।

बेरूतका गभर्नर मारवान अबुदले अनुमान गरेअनुसार बि’स्फोटनबाट ३००,००० मानिसहरु घरबारविहीन भएका छन्। सरकारले दुई हप्ताको आपतकालीन अवस्थाको घोषणा गरेको छ।

बि’स्फोटन करिब २७५० टन अमोनियम नाइट्रेटसँग जोडिएको थियो जुन, टीएनटीको १,१५५ टन बराबर थियो, जसलाई सरकारले परित्याग गरिएको जहाज एमभी रोससबाट ज’फत गरेको थियो। यो रासायनिक पदार्थ ६ वर्षदेखि उचित सुरक्षा उपायविना बन्दरगाहमा भण्डार गरिएको थियो। संयुक्त राज्य अमेरिकाको भौगर्भिक सर्भेले बि’स्फोट’बाट ३.३ म्याग्निच्युडको भूकम्प सिर्जना भएको उल्लेख गरेको छ।

अमोनियम नाइट्रेट बि’स्फोटको घटना नयाँ होइन, सन् १९१५ देखि यस्ता थुप्रै घटना भएका छन्।अस्ट्रेलियाको क्वीन्सल्याण्डमा ६ सेप्टेम्बर २०१४, चीनको तिएन्जिन बन्दरगाहमा अगस्ट २०१५ मा र अमेरिकाको टेक्सासमा १७ अप्रिल २०१३ मा बि’स्फोटको घटना भएर करोडौको धन जनको क्षति भएको थियो।

तातो हुँदा अमोनियम नाइट्रेटले बि’स्फोटक पदार्थलाई अक्सिजन, नाइट्रोजन र पानीको बाफमा विघटन गर्दछ। यद्यपि यो बि’स्फोटक विघटनका लागि नाइट्रस अक्साइड र पानी वाष्पमा बि’स्फोटन गर्न प्रेरित गर्न सकिन्छ। नाइट्रोजन डाइअक्साइड बि’स्फोटहरूमा सुन्तला(रातो रंग देखिन्छ। अमोनियम नाइट्रेटको ठूला भण्डारहरू आगो बल्न सहयोगी हुने कारणले पनि ठूलो जोखिम हुनसक्दछ, र वि’स्फोटै पनि हुन सक्दछ। सन् १९४७ मा अमेरिकाको टेक्सास सहरमा पनि यस्तै घटना भएको थियो। जसले भण्डारण र ओसारपसारका नियमहरूमा ठूलो परिवर्तन गरायो।

जोखिमपूर्ण रसायन भएको थाहा हुदाहुदै पनि किन ६ वर्षदेखि उचित सुरक्षा उपायबिना बन्दरगाहमा भण्डार गरियो भन्ने कुरा मुख्य रहेको छ।जसले २(३ खर्ब बराबरको भौतिक क्षति गर्‍यो।

तर विभिन्न भन्सार अधिकारीहरूले सीमा न्यायाधीशलाई पत्र पठाउँदै जफत गरिएको कार्गोको मुद्दामा समाधानको अनुरोध गरेका थिए र अमोनियम नाइट्रेट निर्यात गर्ने, सेनालाई दिने वा लेबनानको निजी कम्पनीलाई बेच्ने प्रस्ताव गरिएको थियो। त्यस्ता पत्रहरु २७ जुन र ५ डिसेम्बर २०१४, ६ मे २०१५, २० मे र १ अक्टुबर २०१६, र २ अक्टुबर २०१७ मा पठाइएका थिए। २०१६मा पठाइएको एउटा पत्रले के देखउदछ भने न्यायाधीशले अघिल्ला अनुरोधहरूको जवाफ दिएनन्।
मृ’तकप्रति समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामनासहित पुनः यसतो घटना नहोस् भन्ने हो। समयमा नै केही गर्न सकेको भए ठूलो घटना हुने थिएन।

सुशासन नहुँदा लेबनानले यति ठूलो क्षति बेहोर्‍यो। यो अल्पविकसित र विकासशील मुलुकहरुको समस्या हो। नेपालमा पनि यस्तो नहोला भन्न सकिन्न।

हालै काठमाडौँमा अन्तरव्यक्ति द्व’न्द्व सिर्जना भई अनुहारमा एसिड फ्याँकेको घटनाले एसिडको बिक्री वितरण र प्रयोगलाई नियमन र नि’यन्त्रण गर्न कानुनी र संस्थागत संरचना तयार गर्ने कुरा आइरहेको छ, जुन आवश्यक छ।

एसिड परेपछि अंगहरु दुख्ने हुनाले असर देखापरिहाल्छ।तर एसिडभन्दा पनि खतरापूर्ण त्यस्ता रसायन छन जसले थाहा नै नदिएर सानो(सानो परिमाणले पनि मानिसलाई दीर्घरोगीजस्तै उच्च रक्तचाप, मधुमेह कलेजोमा समस्या, क्यान्सरलगायत समय नपुगी मृ’त्यु हुने रोग र पुस्तौंपुस्तासम्म समस्या देखा पर्ने हुन्छ्न्। ती रसायनहरुको कलकारखाना, प्रयोगशालामा र विभिन्न कार्यका लागि आयात र प्रयोग भएको तर तिनीहरुको समुचित व्यवस्थापन नभएर मानवलगायत जनावर र बोटविरुवामा समेत असर परिरहेको देखिन्छ्।

भारत, अमेरिका, बेलायत, युरोपियन मुलुकमा एसियाका थुप्रै देशमा जोखिमपूर्ण रसायनको व्यवस्थापनका लागि ऐन र नियमावलीबाट सम्बोधन भएको पाइन्छ। नेपालमा जोखिमपूर्ण रसायनको व्यवस्थापनका लागि भनेर कुनै कानुन छैन। नेपाल विभिन्न सन्धि–अभिसन्धिको पक्ष राष्ट्र भए पनि र मौजुदा कानुनमा फोहोरमैला व्यवस्थापन ऐन नियमावली, वातावरण संरक्षण ऐन र नियमावली र लागुऔषध र वि’स्फोटक पदार्थको ओसारपसार नि’यन्त्रण गर्ने कानुन भए पनि सम्बोधन गर्नु पर्ने क्षेत्र ठूलो तथा ऐन कानुनको सम्वोधन सानो र सतही भएकाले नेपालमा जोखिमपूर्ण रसायनको प्रयोग र पहुँच नि’यन्त्रण हुन सकेको छैन।

प्रयोग र प्रयोगपश्चात सुरक्षित विसर्जनसम्वन्धी दस्तावेज तयार गरेको पाइदैन। अन्यत्र प्रतिबन्धित रसायनहरु खुल्ला सिमानाको उपयोग र कमजोर प्राविधिक पक्षको फाइदा उठाउँदै नेपाल भित्रिएको हुन सक्ने देखिन्छ।

स्वास्थ्यसम्वन्धी अध्ययनबाट नेपालीमा दीर्घरोगी जस्तै उच्च रक्तचाप, मधुमेह कलेजोमा समस्या, क्यान्सरलगायत समय नपुगी मृ’त्यु हुने समस्या बढिरहेको देखिन्छ। जुन जोखिमपूर्ण रसायनको असरले गर्दा पनि हुन्छ्।

विज्ञको संलग्नता नहुँदा प्रयोगकर्तालाई के प्रयोग गरिरहेकोछु भन्नेसमेत थाहा नभएको स्थिति छ भने राम्रो संस्थागत संरचना नहुँदा यसको नियमन र नि’यन्त्रण राम्रोसँग हुन सकेको छैन।

त्यसैले एसिडमात्रै होइन याेसहित थुप्रै रसायनको नियमन र नि’यन्त्रण हुनु अति आवश्यक छ। यसकाे व्यवस्थापनका लागि ऐन वा अन्य कानुन लागू गरि संस्थागत संरचना निर्माण गर्नु अति नै जरुरी छ।

(पौडेल खानी तथा भूगर्म विभागमा सिनियर डिभिजनल केमिष्ट पदमा कार्यरत छन् ) नेपाललाइभबाट 

भर्खरै प्रकाशित

विदेशी च्यानल भए विज्ञापनमुक्त, क्लिन फिड नहुनेको प्रसारण बन्द

काठमाडौं । शुक्रबारबाट नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले म्याद नसार्ने अडान लिएपछि ऐनद्वारा…

शुक्रबार मध्यरातिबाट रोकिनेछ भारतीयसहित १८० भन्दाबढी विदेशी च्यानलको प्रसारण

काठमाडौं । आज (शुक्रबार) मध्यराति १२ बजेपछि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनमा क्लिन फिड लागू हुने भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बिहीबार…

दसैंमा पनि गौतम बुद्ध क्रिकेट रंगशालाको निर्माण कार्य निरन्तर

चितवन । ३ अर्ब अनुमानित लागतको महत्त्वाकांक्षी परियोजना जनस्तरबाट अभियान सञ्चालन गरी निर्माण गर्ने लक्ष्यमा अघि बढेको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट…

प्रधानमन्त्रीलाई सामाजिक सञ्जा‍‍लमा प्रश्न- शुभकामना सन्देशमा चुच्चे नक्सा खोइ

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँको शुभकामना व्यक्त गर्नका लागि प्रयोग गरेको निशान छापमा रहेको नक्सालाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रश्न गरेका छन् ।…

भीम रावलले भने, प्रधानमन्त्रीले रअका प्रमुख भेट्नु आपत्तिजनक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ)…